back
NMB ad

नायिका सन्नी लियोनेले कमाईको ४० प्रतिशत सेयरमा लगानी गर्छिन् !

Kumari bank ad

पोर्न स्टारबाट बलिउड नायिका बनेकी सन्नी लियोने वित्तीय व्यवस्थापनमा निक्कै चतुर देखिन्छन्। उनले जोखिम हेरेर सेयर, जग्गा र सुनमा लगानी गरेकी छन्।इकोनोमिक टाइम्सकी रश्मी मेननले सन्नीलाई सोधिन्,

तपाईं सेयर सुन र जग्गामा कसरी लगानी गर्नुहुन्छ ः तपाईंका लागि पैसाको के अर्थ छ ?

पैसा हाम्रो जीवनको एक हिस्सा हो। हामीले कसरी काम गर्छौं, हामी कसरी अघि बढ्छौं, हामीले गर्न चाहेको चिज कसरी गर्न सक्षम हुन्छौं। म धेरै पैसा हुने पारिवारिक पृष्ठभूमीबाट आएकी होइन्। मैले मेरा अभिभावकले गरेको संघर्ष देखेकि छु। मैले मेरा पिताबाट धेरै कुरा जान्ने अवसर पाएँ।

पैसाको सवालमा तपाईंले पाएको वा पढेको सबैभन्दा महत्वपूर्ण सुझाव के थियो ?

मेरा अभिभावकबाट पाएको थिएँ। उहाँहरु मलाई संधै स्वतन्त्र रुपमा र आफ्नै बलमा रहन सुझाव दिनुहुन्थ्यो। तिमीले आफ्नो सबै आफैले व्यवस्थापन गर्नुपर्छ, अरुको गणना गर्नुहँदैन्। मलाई लाग्छ मैले जीवनमा पाएको यो नै सबैभन्दा महत्वपूर्ण सुझाव थियो।

पैसा खर्च गर्ने मामिलामा तपाईं आफूलाई जोखिम उठाउन चाहनेका रुपमा व्याख्या गर्नुहुन्छ वा सम्झि बुझी काम गर्नेका रुपमा ?

नाफाघाटा हेर्ने तथा नियन्त्रित भन्नुहोस्। मैले गरेका धेरै व्यापार तथा लगानी (म्युचुअल फण्ड, सेयर) त्यसैगरी लस्ट (लियोनेज डियो एण्ड पर्‍फुयम) सबै नाफा घाटा हेरेर गरेको लगानी हो। म पैसाको मामिलामा नियन्त्रित छु, त्यसैले धेरै कुरा क्यालकुलेट गर्छु। लगानीमा पक्कै पनि जोखिम त हुन्छ नै तर त्यो पनि क्यालक्लुट गरेको जोखिम हो।

तपाईंको आफ्नो पहिलो लगानी कुन थियो, तपाईंका लागि यो कसले गरेको थियो ?

म १८ वर्षको भएपछि आफै मनोरञ्जन व्यापारमा हात हालें। र मैले आफूलाई र आफ्नो नामको ब्राण्डमा लगानी गरें। मैले जे कमाएँ, त्यो सबै मैले आफ्नै कम्पनीमा लगानी गरें। मैले वेवसाइट कसरी बनाउने भन्नका लागि एचटिएमएल पढें। म आवद्ध भएको पहिलो कार्यक्रम गरें, तस्वीरहरु सम्पादन गर्न सिकें। यसमा धेरै पैसाको लगानी भयो भने समय पनि खर्च गर्नुपर्यो। त्यसैले मेरा लागि यो सबैभन्दा ठूलो लगानी भयो। म विभिन्न वेवमास्टरकहाँ पुग्थें, कार्यक्रमहरुमा पुग्थें र वेवसाइटमा ट्राफिक व्यवस्थापनका विषयमा जानकारी लिन्थें। तपाईंले आफ्नो पहिलो तलवबाट के गर्नुभयोरु मैले त्यो पैसा चक्लेटमा खर्च गरें। म सात वा नौ वर्षको हुँदा गर्मीका महिनामा लेमनेड स्ट्याण्ड राखेर केही पैसा जोगाएकी थिएँ। तर मैले सबैभन्दा ठूलो खर्च भने १३ वर्षको उमेरमा अभिभावकको अनुमति विना साल्ट एण्ड पेपाको टेप खरिद गरेकी थिएँ। यो नैदेखि २० डलर जतिको खर्च थियो।

सुन, जग्गा र सेयर यी तीन चिजलाई कुन प्राथमिकतमा लगानी गर्न चाहनुहुन्छ। र तपाईंले अहिलेसम्म यी तीन चिजमा कति प्रतिशतका दरले लगानी गर्नुभएको छ ?

मैले ४० प्रतिशत सेयरमा तथा ३०/३० प्रतिशतका दरले घर र सुनमा लगानी गर्छु। मेरै सबैभन्दा ठूलो लगानी अमेरिकाको म्युचुअल फण्डमा छ। मैले अहिले पनि भारतमा आफ्नो लगानीको बाटो पहिल्याउने कोशिस गरिरहेकी छु। घरजग्गामा गरेको लगानी संधै सुरक्षित रहन्छ। सुनको मामिलामा म भौतिकरुपमा सुन किन्न भन्दा पनि सुनको बोण्डहरु किन रुचाउँछु। तपाईं कुन कुरामा आँखा चिम्लिएर लगानी गर्नुहुन्छ र किनरु हामीले केहि रकम इरा (इन्डिभिजुअल रिटायरमेन्ट अकाउण्ट)मा गरेका छौं। र अरु केही रकम अमेरिकामा सुरक्षित लगानीमा छ।

त्यसैगरी एउटा दलाल कम्पनी छ उसले हाम्रो लगानीको केही हिस्सा सेयर बजारमा लगानी गरिदिन्छ। रमाईलो ब्रेक्जिट (युरोपियन युनियनबाट बेलायत बाहिरिने चुनाव)मा हामीले केही रकम गुमायौं। तर पछि यो लगानी उकासियो। मैले आँखा चिम्लिएर गरेको अर्को लगानी हो लस एन्जेल्सको हलिउड हिल्समा रहेको पाँच हजार स्क्वायर फिटको घरमा गरेको लगानी। मैले यो घर जोड्नका लागि धेरै लगानी गरेकी छु। यदी मलाई कुनै दिन यो सम्पत्ती बेच्नुपर्यो भने मलाई थाहा छ मैले राम्रो मुनाफा कमाउने छु।

– बिजमाण्डु, ६ भदौ २०७३, ३।००

वि.सं.२०७३ भदौ ६ सोमवार १५:२८ मा प्रकाशित

You can share this post!

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...