back
NMB ad

नयाँ वर्षको दिन १२ हजार धार्मिक पर्यटक, मन्दिरको भेटीले बिद्यालय संचालन

Kumari bank ad

अर्घाखाँची । धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

एक वर्ष पहिलाको तुलनामा आजभोलि आउने दर्शनार्थीको सङ्ख्यामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । विगतका वर्षमा दैनिक दुई सयदेखि एक हजार जनाले दर्शन तथा पूजाआजा गर्ने गरेकामा अहिले एक हजारदेखि दुई हजारसम्मले दर्शन गर्ने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष पृतम थापाले बताए । वैशाख १ गते नयाँ वर्षको दिन १२ हजारभन्दा बढीले दर्शन गरेको र उक्त दिन मन्दिरमा रु एक लाख नौ हजार आठ सय भेटी चढेको थापाको भनाइ छ ।

सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिर धेरै भेटी सङ्कलन हुने मन्दिरमध्येको एक हो । यहाँ उठेको भेटीबाट विकास निर्माणका काम भइरहेका छन् ।

मन्दिरमा चढाइएको भेटीबाट आदर्श मावि खाँचीकोटमा छ र शान्ति निमावि सीतापुरमा चार शिक्षक राखिएको छ । भेटीबाट सङ्कलित रकममध्ये मासिक रुपमा आदर्श मावि र शान्ति निमाविलाई रु एक लाख २० हजार उपलब्ध गराइएको मन्दिर व्यवस्थापन समितिका सचिव यादव घिमिरेले बताए ।

यस्तै सन्धिखर्कमा रहेको पाणिनि वेदविद्या आश्रमका लागि वार्षिक रु एक लाख २० हजार उपलब्ध गराइने घिमिरेको भनाइ छ । “विद्यालयसँगै अन्य विकासनिर्माणका काममा पनि सहयोग पु¥याउने गरेका छौँ”, उनले भने, “खानेपानी प्लटिङ, मोटरबाटो निर्माणजस्ता विकास निर्माणका काम भएका छन् । विभिन्न खाले जटिल खालका बिरामीको उपचार खर्चमा समेत सहयोग पु¥याउँदै आएका छौँ ।”
मन्दिरमा गत वर्ष रु ६० लाख आम्दानी भएको थियो । यस वर्ष बढेर रु ८० लाख पुग्ने सचिव घिमिरेले बताए । मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान, गुल्मी र रुपन्देहीबाट बढी मात्रामा पर्यटक आउने गर्छन् । भारतको उत्तर प्रदेश, विहारबाट समेत यहाँ दर्शन गर्न आउने गरेका छन् ।
विद्यालय चलाउन कठिन भएका समयमा मन्दिरको भेटीबाट प्राप्त रकमले शिक्षक राखेर विद्यालय सञ्चालन गर्दा धेरै सहज भएको आदर्श मावि खाँचीकोटका प्रअ डिल्लीराज थापाले बताए । “मन्दिरबाट सहयोग नमिलको भए यो विद्यालय प्रावि नै रहने थियो” उनले भने, विद्यालयलाई यो अवस्थासम्म ल्याउन पाउँदा हामी निकै खुसी छौँ ।”

मन्दिर व्यवस्थापन समितिले यहाँ उठेको रकमबाट मन्दिर र विद्यालय सञ्चालन, विकासनिर्माण र बिरामीको उपचारमा सहयोग गर्दै आएको बताएको छ । सुपा देउराली मन्दिर वरिपरिको वातावरणलाई व्यवस्थित गरी यसको प्रचारप्रसारमा ध्यान दिनुपर्ने संरक्षण समितिका उपाध्यक्ष गोबर्धन थापाले बताए । “मन्दिरको भेटी विद्यालय जस्तो सामाजिक संस्थालाई दिनु राम्रो कार्य हो”, उनले भने ।

सुपा मन्दिरको शिरमा जान सकिने केबुलकार र साहसिक पदमार्ग बनाउन सके यहाँ पर्यटन व्यवसायबाट राम्रो आम्दानी लिन सकिने सहायक प्रजिअ नारायण खत्रीले बताए । सुपाको पूर्वमा रहेको भैँसी मेलामा मन्दिर बनाएर केबुलकार बनाउने, पश्चिमको सिद्ध मन्दिरमा पुल बनाउने तथा साहसिक पदमार्गको निर्माण गर्न सके नेपालकै प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बनाउन सकिने खत्रीले बताए । सन्धिखर्क गोरुसिङ्गे सडकखण्डसँगै जोडिएकाले पनि यसको महत्व बढ्दो छ ।

सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । यहाँ राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो ओहदामा पुगेका व्यक्तिसमेतले दर्शन गर्छन् । कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास छ ।
सुपा देउराली नजिकै मनोरम दृश्यले भरिपूर्ण नरपानीको डाँडाले पनि यस क्षेत्रमा पर्यटन विकासले फड्को मार्नेमा विश्वास लिइएको छ । नरपानी डाँडा चिसो हावा र पानीले प्रसिद्ध छ । यहाँबाट धेरै हिमाल देख्न पाइन्छ । मनमोहक दृश्य देख्न पाइने हुँदा गर्मीयाममा तराईबाट गर्मी छल्न यहाँ धेरै पर्यटक आउने गर्छन् । यहाँ भारतबाट आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको छ । रासस
९ बैशाख २०७४

वि.सं.२०७४ वैशाख ९ शनिवार ०९:३० मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...