back
NMB ad

भदौ १६ देखि सुपथ मूल्यको पसल सञ्चालनमा आउने,कहाँ–कहाँ खुल्छन् पसल ?

Kumari bank ad

काठमाडौ। सरकारले आसन्न चाडपर्वलाई लक्षित गरेर उपभोग्य वस्तुमा उपभोक्तालाई सहुलियत दिने गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । कम आय भएका सर्वसाधारणलाई लक्षित गरेर सरकारले दशैंदेखि छठसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।

सरकारी स्वामित्वका खाद्य संस्थान र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले यही भदौ १६ गतेदेखि कात्तिक १६ गतेसम्म यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्न लागेका हुन् । उपत्यकासहित विभिन्न ३ दर्जन स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइने आपूर्ति मन्त्रालयले बताएको छ ।

सुपथ मूल्य पसलमा चामल, फापर, चिनी, घ्यूदेखि खसीबोकासम्ममा सहुलियत दिईने आपूर्ति मन्त्रालयले जनाएको छ । दशैं, तिहार र छठका लागि यसपटक साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले चिनीमा प्रतिकिलो ५ रुपैयाँ र नूनमा प्रतिकिलो २ रुपैयाँ छुट दिने संस्थानका सहायक महाप्रवन्धक कुमार राजभण्डारीले बताए । हाल चिनीको उपभोक्ता मूल्य ८२ रुपैयाँ ५० पैसा छ भने नूनको त्यस्तो मूल्य २० रुपैयाँ छ । उपभोक्ता मूल्यमा सहुलियत रकम घटाएर ती वस्तुको विक्री गरिने छ ।

अन्य उपभोग्य वस्तु दाल, चामल, पिठो लगायतमा पनि न्यूनतम मुनाफा राखेर विक्री गरिने संस्थानले जनाएको छ ।त्यस्तै, खाद्य संस्थानले मोटो चामलमा प्रतिकिलो ५ रुपैयाँ र मसिनो बास्मती चामलमा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिनेछ । त्यस्तै, खसी, बोका, च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ र फापरको पीठोमा पनि प्रतिकिलो १० रुपैयाँ सहुलियत दिने संस्थानले जनाएको छ ।

आपूर्ति मन्त्रालयकी उपसचिव उर्मिला केसीका अनुसार ती संस्थानले स्वीकृत वाषिर्क बजेटबाटै सहुलियत दिनेछन् । त्यसका लागि साल्ट ट्रेडिङलाई चिनी र नूनको सहुलियतबापत १ करोड ८५ लाख रुपैयाँ बजेट खर्च गर्न मन्त्रालयको स्वीकृत दिएको उपसचिव केसीले बताईन् । त्यस्तै, खाद्य संस्थानलाई ६० लाख रुपैयाँ बजेट सहुलियतबापत खर्च गर्न स्वीकृत दिएको मन्त्रालयले जनाएको छ ।

उपभोक्तालाई राहत दिन नेपाल आयल निगम र दूग्ध विकास संस्थानलाई पनि आग्रह गरिएको मन्त्रालय बताउँछ । त्यस्तै, चाडवाडका समयमा उपभोक्तालाई सहुलियत दिन निजी संघसंस्था र व्यापारीलाई पनि आग्रह गरिएको मन्त्रालयले बताएको छ । उपत्यकामा यस्ता सहुलियत पसल कोटेश्वर, थापाथली, जावलाखेल, कालीमाटी, भक्तपुर, ललितपुर लगायतका ९ स्थानमा रहने मन्त्रालयले बताएको छ । मोवाइल भ्यानबाट पनि यस्ता सुपथ मूल्य पसल सञ्चालन गरिनेछ ।

त्यस्तै, उपत्यकाबाहिर झण्डै ४० स्थानमा यस्ता सुपथ मूल्य पसल राखिने मन्त्रालय र सम्बन्धित संस्थानले बताएका छन् । त्यस्तै उपत्यकाबाहिर नारायणघभाट, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका स्थानमा यस्ता पसल सञ्चालन गरिने संस्थानले जनाएको छ ।

प्रकाशित मितिः २०७४ भदौ ७

वि.सं.२०७४ भदौ ७ बुधवार १३:४७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...