back
NMB ad

पहिलो पटक नेपालमै सुपर ८ क्रिकेट प्रतियोगिता हुने, २० हजार दर्ता शुल्क

Kumari bank ad
काठमाण्डौं । नेपाली क्रिकेटको इतिहासमा पहिलो पटक नेपालमै सुपर ८ क्रिकेट प्रतियोगिता हुने भएको छ। खुकुरी इन्टरटनमेन्ट र देभिवास इभेनटस एण्ड मिडिया प्रालीको संयुक्त आयोजनामा यही मार्च २८ देखि अप्रिल १ सम्म उक्त प्रतियोगिता हुन लागेको बिहीबार अयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको हो।कीर्तिपुरस्थित त्रिवि खेल मुदानमा सञ्चालन हुने प्रतियोगितामा कूल २० टीमको सहभागिता हुने आयोजक कमिटीका संयोजक विनायक विक्रम थापाले बताए।

सहभागि २० टीमलाई ५ समूहमा विभाजन गरिनेछ भने कूल ३७ खेल खेलाइनेछ। ५ वटै समूहका विजेतहरु सिधै क्वाटरफाइनलमा प्रवेश गर्नेछन् भने ५ समूहका दोस्रो हुने टीममध्ये उत्कृष्ट ३ टीमले पनि क्वाटरफाइनलमा स्थान बनाउनेछन्।

प्रतियोगिता ७ ओभरको हुनेछ। यस्तै अन्य प्रतियोगिता छक्का हुने अवस्थामा यसमा भने ८ रन गणना हुनेछ। प्रतियोगितामा अहिलेसम्म १२ टीमको सहभागिता पक्का भइसकेको र बाँकी टीमको पनि केही दिनमै टुङ्गो लाग्ने संयोजक थापाले प्रतिक्रिया दिए। प्रतियोगिताको विजेताले नगद १ लाख प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजार हात पार्नेछन्। यसैगरी प्लेयर अफ दी टुर्नामेन्टले २० हजार तथा बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले १०-१० हजार प्राप्त गर्नेछन्।

खुला प्रतियोगिताका भएकोले राष्ट्रिय टीमबाट खेलिसकेका खेलाडीले समेत प्रतियोगितामा भाग लिन पाउने संयोजक थापाले जानकारी दिए। प्रतियोगितामा सहभागि हुनको लागि आयोजकले २० हजार दर्ता शुल्क तोकेको छ। सिनियर लेभलको क्रिकेट खेलिसकेका खेलाडीसँगै युवा खेलाडीहरुलाई पनि क्रिकेट खेल्न उत्प्रेरित गराउने उद्देश्यले यस प्रतियोगिता आयोजना गर्न लागेको थापाको भनाइ छ। यस्तै आगामी वर्षदेखि हरेक वर्ष क्रिकेट प्रतियोगिता आयोजना गर्ने समेत थापाले बताए।

८ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत ८ मंगलवार १३:५१ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...