back
NMB ad

सुपर दोर्दी हाईड्रो निर्माण गर्न यसरी प्रक्रिया अगाडि बढ्यो

Kumari bank ad

लमजुङ । लमजुङमा निर्माण हुने ४९.६ मेगावाटको सुपर दोर्दी जलविद्युत आयोजनाको विद्युतगृह निर्माण गर्न ठेकेदार छनोट गरिएको छ । विद्युतगृह र पेनस्टक पाइप निर्माण गर्न हाइ हिमालय हाइड्रो कन्सट्रक्सन कम्पनीलाई दिइएको हो ।

भूमिगत विद्युतगृह अन्तर्गत भर्टिकल साफ्ट, टेल रेस सुरुङ (विद्युतगृहबाट पानी निकास गर्ने सुरुङ) को काम हाइ हिमालयले गर्नेछ । करिब १ अर्ब रुपैयाँमा निर्माण पूरा गर्ने गरी ठेक्का सम्झौता भएको कम्पनीका अध्यक्ष किरण मल्लले बताए ।

सिभिल निर्माण गर्न बाँकी ठेक्का बैशाखभित्र पूरा हुने पिपुल्स हाइड्रो पावर कम्पनीका सञ्चालक गणेश कार्कीले बताए । ‘इलेक्ट्रो मेकानिकल कामको लागि ठेक्का प्रक्रिया अघि बढेको छ, केही समयभित्रै ठेकेदार छनोट हुन्छ,’ उनले भने ।

निर्माण सुरु भएको २७ महिनामा निर्माण पूरा गर्ने आयोजनाको विद्युत मर्स्याङ्दी करिडोरमा जोड्ने गरी कनेक्सन एग्रिमेन्ट (प्रसारण लाइन सम्झौता) भएको छ । उक्त समयभित्र नेपाल विद्युत प्राधिकरणले लाइन निर्माण गर्नुपर्ने कार्कीले बताए ।

प्रकाशित मितिः २०७४ बैशाख २१

वि.सं.२०७४ वैशाख २१ बिहीवार १५:२६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...