काठमाडौ । सपोर्ट माईक्रोफाईनान्स वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि १ करोड ८० लाखको आइपीओ जारी गर्ने भएको छ । माईक्रोफाईनान्सले सर्वसाधारणका लागि १०० रुपैंया अंकित १ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । आईपीओ जारी गर्नका लागि माईक्रोफाईनान्सले साउन २० गते बोर्डबाट अनुमति पाएको छ ।
यसको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यपिटल लिमिटेडले गर्नेछ । यसको प्रमोटरःपब्लिक रेसियो ७०ः३० को अनुपातमा रहेको छ । यसकारण साधारण सेयर निष्काशनपछि कम्पनीको चुक्ता ६ करोड रुपैंयाले बढ्नेछ ।
प्रकाशित मितिः २०७४ साउन २२
वि.सं.२०७४ साउन २२ आइतवार १३:४१ मा प्रकाशित