back
NMB ad

राम्रा व्यक्ति जुनसुकै समूहबाट परेपनि एफएन्सीसीआईमा त्यस्तालाई जिताउनुपर्छ

Kumari bank ad

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघ कर तथा राजश्व समितिको सदस्य रहेका सुरज बज्राचार्यले महासँघको आगामि कार्यकालका लागि वस्तुगत तर्फबाट सदस्यको उम्मेदवारी दिंदैछन् । अनुपबहादुर मल्ल उपाध्यक्ष प्यानलबाट वस्तुगत सदस्यमा उम्मेदवारी दिन लागेका जेवी टेलर्सका अध्यक्षसमेत रहेका बज्राचार्यले ललितपुर उद्योग वाणिज्य संघमा रहेर समेत कार्य गरिसकेका छन् ।

उनी वस्तु एवं सेवा मिश्रित व्यवसाय र यससँग सम्बन्धित व्यवसायीका एजेण्डालाई महासंघले सम्बोधन गर्नुपर्ने खाँचो देख्छन् । यसैकारण वस्तुगत तर्फबाट महासंघमा उम्मेदवारी दर्ता गर्न लागेको बज्राचायको भनाई छ ।

उनी भन्छन्, “ वस्तुगतको उम्मेदवारी दिईसकेपछि विशुद्ध वस्तुगत तर्फको जिम्मेवारी लिएर जानुपर्छ । वस्तुगत व्यवसायीका समस्या समाधानबारे केन्द्रित भएर जानुपर्छ । त्यसको लागि हामी सक्षम छौं ।”

“३ वठा मुख्य पाटो सेवा व्यवसाय, निर्यात व्यवसाय र आयात व्यवसायमा केन्द्रित बन्नुपर्छ । यस्तैमा सिलाई भनेको सेवा र कपडा वस्तु हो । यसैले यी दुवै क्षेत्रको आफुले प्रतिनिधित्व गर्छुजस्तो लाग्छ । सबैले हामीहरुको प्रतिनिधित्वलाई महत्व दिनुहुनेछ ।” उनी भन्छन् ।

बज्राचार्यको धारणामा यतिबेला नीजि क्षेत्रलाई काम गर्न धेरै गाह्रो छ । उनी भन्छन्,“हामी व्यवसायीमा धेरै समस्या छ । उद्योग वाणिज्य महासंघले व्यवसायीका समस्या समाधान गर्न मोडालिटि तयार गरेर अगाडि बढ्नुपर्छ । महासंघ(एफएनसीसीआई)मा राम्रा व्यक्तिलाई हामीले ल्याउनुपर्छ÷जिताउनुपर्छ । हाम्रो व्यक्ति होईन । राम्रो व्यक्ति जुनसुकै समूहबाट परोस् उहाँहरुलाई ल्याउनुपर्छ भन्ने मेरो मान्यता छ ।”

बज्राचार्यले महासंघलाई व्यवस्थित बनाएर लैजानका लागि वस्तुगततर्फबाट समूह बनाएर भन्दापनि स्वतन्त्ररुपमा प्रतिष्पर्धा गर्नुपर्ने खाँचो औंल्याउँछन् । ९९ वटा अध्यक्षलाई हाँक्ने वस्तुगतको अध्यक्ष निष्पक्षरुपमा प्रतिष्पर्धा गर्नुपर्ने भन्दै उनले २१ गते आफुले महासंघमा उम्मेदवारी दर्ता गराउने र आफ्नो उपस्थिति भएपछि कुनै न कुनैरुपमा वस्तुगत क्षेत्रलाई माथि ल्याउन पहल गर्ने बज्राचार्य बताउँछन् । (कुराकानीमा आधारित)

प्रकाशित मितिः २०७३ चैत २०

वि.सं.२०७३ चैत २० आइतवार १५:१० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...