Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, भाद्र ६ , २०७४  |  
Tuesday, August 22, 2017

पुनःनिर्माणका ज्ञवालीको दोस्रो पटक स्पष्टीकरण

January 8, 2017

Sushil Gyawali

काठमाडौ। पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारको मागबमोजिम दोस्रो पटक आफ्ना् स्पष्टीकरण पेस गरेका छन् । उनले अघिल्लो पटक बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सरकारले गत बिहीबार पुनः दोस्रो पटक स्पष्टीकरण सोधेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेशकुमार थपलियाले कार्यकारी अधिकृत ज्ञवालीले स्पष्टीकरण पत्र बुझाएको जानकारी दिएका छन् ।

सचिव थपलियाले स्पष्टीकरण पत्र आफूले बुझेर मुख्य सचिव डा. सोमलाल सुवेदीलाई समेत बुझाइसकेको बताएका छन् । भूकम्पपछिको पुनःनिर्माणको काम चित्तबुझ्दो नभएको जनाउँदै सरकारले ज्ञवालीलाई स्पष्टीकरण सोधेको थियो ।

प्रकाशित मितिः २०७३ पुस २४

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु