back
NMB ad

प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोगमा सांसदको हस्ताक्षर कीर्ते !

Kumari bank ad

काठमाडौ। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा प्रयोग भएको सांसदहरुको हस्ताक्षर ‘कीर्ते’ भएको पाइएको छ । प्रधानन्यायाधीश कार्कीविरुद्ध आइतबार सत्तारुढ माओवादी केन्द्र र कांग्रेसका २५९ सांसदको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता भएको छ । महाअभियोग प्रस्तावको प्रस्तावक कांग्रेस नेता मीन विश्वकर्मा छन् भने समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत छन् ।

हस्ताक्षरकर्तालाई नै थाहा छैन

महाअभियोग प्रस्ताव दर्ताका लागि प्रयोग भएको केही हस्ताक्षर ‘र्कीर्ते’ भएको हस्ताक्षरकर्ताहरुले बताएका छन् । अधिवक्ता एवं कांग्रेस सांसद राधेश्याम अधिकारीले भने, ‘मैले महाअभियोग प्रस्तावमा हस्ताक्षर गरेको छैन ।’

तर, तपाईको नाम त १४७ औं नम्बर छ र हस्ताक्षर पनि छ त ? भन्ने प्रश्नमा अधिकारीले भने, ‘त्यो हो भने कीर्ते हो, त्यसो हो भने म रिफ्यूज गर्छु ।’ महाअभियोग पत्रमा माओवादी सांसद शम्भुलाल श्रेष्ठको पनि हस्ताक्षर छ । तर, उनले पनि महाअभियोगबारे अनविज्ञता प्रकट गरे ।

हामीले सांसद श्रेष्ठलाई सोध्यौं– ‘तर, महाअभियोगपत्रमा तपाईको नाम र हस्ताक्षर ६२ औं नम्बर छ त ? हाम्रो प्रश्नमा श्रेष्ठले भने, ‘हो र ! यो माओवादी भन्ने पार्टीले फेरि कीर्ते गरेछ, मैले कहिल्यै हस्ताक्षर गरेको छैन ।’

श्रेष्ठले अघि भने माओवादीले कीर्ते गर्ने चलन नै भएछ, विद्युतको ट्रान्सर्फमर दिने भनेर लोकमानकोमा सही धस्काए, आज पनि हस्ताक्षर दुरुपयोग गरेछन् ।’

महाअभियोगमा प्रधानमन्त्रीको पनि नाम !

महाअभियोग प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि नाम छ तर, उनको हस्ताक्षर छैन ।कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको भने हस्ताक्षर नै छ । यस्तै पूर्वअर्थमन्त्री एवं कांग्रेस डा. रामशरण महतको पनि हस्ताक्षर छ । महामन्त्री शंशाक कोइराला र नेता डा. शेखर कोइरालाको पनि हस्ताक्षर छ ।

यो लिंक खोलेर नाम लिष्ट हेर्नुहोस् , साँसदका हस्ताक्षर  

यो खबर हामीले अनलाईनखबरबाट लिएका हौं ।

प्रकाशित मितिः २०७४ बैशाख १८

वि.सं.२०७४ वैशाख १८ सोमवार ०७:५३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...