काठमाण्डौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले तीन लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
इटहरीमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीलाई एक सय रुपैयाँ अंकित दरका ३ करोड रुपैयाँ बराबरको तीन लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति बोर्डले दिएको हो । हाल कम्पनीको ७ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ ।
यस लघुवित्तले विभिन्न ३९ जिल्लामा ५० शाखा मार्फत सेवा प्रदान गर्दे आएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
७ चैत २०७३, १।००
वि.सं.२०७३ चैत ७ सोमवार १४:०० मा प्रकाशित