back
NMB ad

 राष्ट्रसङ्घ ; झण्डै ५ लाख विस्तापित सिरियाली घर फर्के

Kumari bank ad

स्वीट्जरल्याड । सन् २०११ पछि सिरियामा जारी द्वन्द्वका कारण विस्तापित बनेकामध्ये झण्डै ५ लाख सिरियाली जनता सन् २०१७ को शुरु देखि हालसम्म घर फर्केका छन् ।

संयुक्त राष्ट्रसङ्घ शरणार्थी मामिला हेर्ने नियोगको अनुसार उनीहरू घर फर्किनुको अर्थ सिरिया पूर्णतया सुरक्षित भएको कारणले भन्दा पनि द्वन्द्वमा छुटेका आफ्ना परिवारका सदस्य र सम्पत्ति खोजी गर्न पुगेका पाइएको छ ।

उनीहरूले घर फर्की आफ्नो घर र सम्पत्तीको रेखदेख पछि केही पुनः शरणार्थी शिवरिमा फर्किने गरेपनि केहीले भने पुनःगाउघर नछोडेका पाइएको बताइएको छ ।
राष्ट्रसङ्घीय उक्त नियोगले पछिल्ला केही महिना यता स्वदेश तथा विदेशमा बसोबास गर्दै आएका जनता घर फर्की आफ्ना परिवार र सम्पत्तीको हेरचाह गरेको भेटिएको बताएको छ ।

जनवरीपछि ४ लाख ४० हजार विस्तापित सिरियाली अलेप्पो, हामा, होम्स र दमास्कस क्षेत्रमा फर्केको यूएनएचसीआरका प्रवक्ता आन्द्रेज महेसिकले जेनेभामा भेला भएका सञ्चारकर्मीसँगको कुराकानीमा बताए।
सो अवधिमा करिब ३१ हजार शरणार्थी छिमेकी देशबाट स्वदेश आएका छन् । यससँगै सन् विदेश पलायन भएका करिब २ लाख ६० हजार सिरियालीको सन् २०१५ पछि स्वदेश आगमन भएको उनले बताए ।
उनले विदेशमा रहेका सिरियाली स्वदेश फर्कने वातावरण हुनु र फर्कन चाहनुले सकारात्मक सन्देश दिएको भएपनि लाखौैं जनता विस्तापित भएको सिरियामा फर्कनेको सङ्ख्या नगन्य मात्र भएको बताए ।
उनले सिरियामा हिंसात्मक गतिविधिमा कमी आएका कारण घर छोडी शरणार्थी बनेका जनता स्वदेश वा घर फर्किन थालेका भनिहाल्नु नहुने बताए ।
सिरियामा गत छ बर्षको अवधिमा ३ लाख २० हजार भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् भने आधा जनसङ्ख्या आन्तरिक वा बाह्यरूपमा विस्तापित बनेका संयुक्त राष्ट्रसङ्घको आँकडा रहेको छ ।
तर सिरियास्थित राष्ट्रसङ्घका विषेश प्रतिनिधि स्टेफेन दे मिस्टुराले यसै हप्ता सुरक्षा परिषद्मा मे ४ मा भएको शान्तिवार्तापछि हिंसा प्रष्ट महशुस गर्न सकिने गरी घटेको बताए थियो ।

प्रकाशित मितिः २०७४ असार १७

वि.सं.२०७४ असार १७ शनिवार १४:३२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...