back
NMB ad

सेयरको क्रेज : के तपाई ७१ हजार ४ सय ८९ जना भित्र पर्नुभयो ?

Kumari bank ad

काठमाण्डौं । के तपाईले सिनर्जी पावर कम्पनीको सेयर किन्नुभएको थियो ? थियो भने के तपाई ७१ हजार ४ सय ८९ जना भित्र पर्नुभयो ? हिजो बाँडफाँड गरिएको सिनर्जीको आइपिओ अनुसार ७१ हजार ४८९ जना लगानीकर्ता सिनर्जीपावरको सेयरधनी बनेका छन् ।

कम्पनीको बिक्री प्रवबन्धक सानिमा क्यापिटलका अनुसार साना लगानीकर्ताले ७ लाख ७२ हजार ८ सय कित्ता तथा ठुला लगानीकर्ताले ११ लाख ५८ हजार ६ सय कित्ता सेयर हात पारेका छन् ।

साथै कम्पनीको सेयर नपरेको पैसा धितोपत्र बाँडफाँड नियमावली अनुसार फागुन १० गतेदेखि बितरण गर्ने सूचना आएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलले सोही व्यवस्था अनुसार सेयर नपरेका लगानीकर्तालाई सेयर नपरेको पैसा फिर्ता गर्नेछ ।

पुस ८ गते देखि १२ सम्म आइपीओ निष्काशन गरेको कम्पनीले एक सय रूपैयाँ अंकित दरमा २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर बेचेको थियो । जस मध्ये ६३ हजार कित्ता सेयर कर्मचारीलाई र एक लाख ५ हजार कित्ता सेयर म्युचुअल फण्डका लागि बाँडफाँड भैसकेको छ ।

सिनर्जीको आएपीओमा ३१० कित्ता अर्थात ३१ हजार रुपैयाँ सम्मको आवेदन दिने लगानीकर्तालाई गोलाप्रथाबाट दश कित्ताका दरले सेयर वितरण गरिएको हो । त्यसभन्दा माथि ३२ हजारदेखि ५० हजारसम्म आवेदन गर्ने साना लगानीकर्तालाई ३।०४ प्रतिशत र पचास हजार भन्दा बढी आवेदन गर्नेलाई २।९३ प्रतिशतका दरले बाँडफाँट गरिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

६ फागुन २०७३, १२।००

वि.सं.२०७३ फागुन ६ शुक्रवार ११:३६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...