back
NMB ad

टि–ट्वेन्टी विश्वकपका लागि नेपाली महिला क्रिकेट खेलाडी छनोट

Kumari bank ad

काठमाडौ । आइसिसी महिला टि–ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया क्षेत्रको छनोटका लागि १७ सदस्यीय नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ । आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, महिला राष्ट्रिय टोलीका प्रशिक्षक सामसोनजंग थापा र कप्तान रुविना क्षेत्री सम्मिलित टिमले तीन वैकल्पिक खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीको छनोट गरेको हो ।

छनोट हुने नेपाली टोलीका सदस्यमा उपकप्तान सीता रानामगर, नेरी थापा, ज्योति पाण्डे, सरिता मगर, रोमा थापा, सोनु खड्का, रितु कनोजिया, सवनम राई, लक्ष्मी चौधरी, काजल श्रेष्ठ, इन्दु बर्मा, करुणा भण्डारी र संगीता राई छन् । त्यसैगरी वैकल्पिकतर्फ नितु भण्डारी, रेखा रावल र कविता कुँवर रहेका छन् । थाइल्याण्डमा आगामी मंसिर ४ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने टि–ट्वेन्टी विश्वकप एशिया छनोट खेलमा नेपालसहित आयोजक थाइल्याण्ड, हङ्कङ, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएइ) र चीन सहभागी छन् ।

नेपालले आफ्नो पहिलो खेल मंसिर ४ गते आयोजक थाइल्याण्डसँग, दोस्रो खेल ५ गते हङ्कङसँग, तेस्रो खेल ७ गते युएईसँग, चौथो खेल ८ गते मलेसियासँग र छनोट चरणको अन्तिम खेल मंसिर १० गते चीनसँग खेल्नेछ ।रासस

प्रकाशित मितिः २०७४ कार्तिक १६

वि.सं.२०७४ कात्तिक १६ बिहीवार १५:३० मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...