back
NMB ad

हरेक प्रदेशमा एक विशेष पर्यटन सहर बनाउने प्रधानमन्त्रीको घोषणा

Kumari bank ad

हरिशरण न्यौपाने –
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रत्येक प्रदेशमा विशेष पर्यटन सहर बनाउनको लागि योजना तर्जुमाका लागि तुरुन्तै बजेटको व्यवस्था गरिने बताएका छन् । ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) को ३८ औं साधारण सभाको उद्घाटन सँगै समापन मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको पर्यटन व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन पर्यटन शिक्षालाई विद्यालयसम्म पुर्याउने र पर्यटन विश्वविद्यालय स्थापनातर्फ सरकार अघि बढेको बताए ।

taan agm pm

मध्यपश्चिम, सूदुरपश्चिम र पूर्वका पर्यटकीय गन्तव्यमा विमानस्थल निर्माण र भएका विमानस्थल स्तरोन्नति गर्ने प्रतिबद्धता जनाउँदै उनले ताप्लेजुङको सुकेटार र सूदुरपश्चिममा एयर कनेक्टीभिटी बढाउन तथा त्यस क्षेत्रमा संचालित वायूसेवालाई निश्चित वर्षविशेष सहूलियतमा इन्धन र कर छुटमा पहल गरिने बताए । नीजि क्षेत्रसँग मिलेर विभिन्न हिमालहरुका आधार क्षेत्रसम्मको पदयात्रा निर्माण तथा प्रबद्र्धन गर्न जोड दिईने बताउँदै उनले भने नेपाल पर्यटन बोर्डलाई अझै प्रभावकारी बनाउन र नीजि क्षेत्रको संस्थागत प्रतिनिधित्व गराउन ऐन नै संसोधन गर्न पहल गरिनेछ ।

taan agm

त्यस्तै पर्यटन नीतिलाई संशोधन गरी लगानीमैत्री वातावरण तथा व्यवसाय संरक्षणको योजना तर्जुमाका लागि सम्बन्धित निकायलाई निर्देशन दिने र भौतिक पूर्बाधार निर्माणमा जोड दिईने उनले बताए । प्रधानमन्त्री दाहालले काभ्रेको तिमालमा टानले बनाउन लागेको स्मृति पार्कका लागि सरकारले सक्दो सहयोग गर्ने वचन दिएका छन् ।

taan agm 1

taan agm 8

कार्यक्रममा नेकपा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापाले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण सम्पन्न गरी आफ्नो कार्यकालमा शिलान्यास गरेर देखाउन प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह गरे । भूकम्प र नाकाबन्दी पछि धुलो टक्टक्याउँदै, उठ्दै गरेको पर्यटन क्षेत्रको संबेदनशीलता बुझ्न आग्रह गर्दै उनले पर्यटक भिषामा बिदेश जानेहरुबाट पनि कर असुल उपर गर्नुपर्ने बताए । उनले भने, “बिदेशीमात्र पर्यटक हुन भन्ने परिभाषा बदलेर पर्यटक भिषामा बिदेश जानेहरुलाई पनि पर्यटक मानी उनीहरुलाई करको दायरामा ल्याउने निर्णय सरकारले गर्नुपर्दछ ।”

taan agm 7
सबै ट्रेकलाई ध्यान दिन नसकिएपनि प्रधानमन्त्रीले गुरिल्ला ट्रेकको विकास र संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाई थियो ।

taan agm 5

कार्यक्रममा पर्यटन सचिव शंकरप्रसाद अधिकारीले कार्यक्रम, नीति र बजेट परिचालन अनुरुप उपलब्धी हासिल हुन नसकेकोमा दुखेसो पोखेका थिए । उनले पर्यटनका क्षेत्रमा लगानी गर्ने बेला आएको र सबैलाई लगानी गर्न आग्रह गरेका थिए ।

taan agm 6

कार्यक्रमको समापन गर्दै टानका अध्यक्ष चन्द्रप्रसाद रिजालले प्रधानमन्त्री दाहालले पर्यटन क्षेत्रको विकासमा गरेका प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउनसके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सबैले उनलाई सम्झिरहने बताए । उनले पर्यटनसम्बन्धी पुरानो नीति, नियम र कानुन संसोधनको आवश्यकता रहेको भन्दै एक छुट्टै कमिटी बनाएर पर्यटन क्षेत्रको सुधारमा आवश्यक कदम चालिदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । पर्यटनका नियमनकारी निकायले उचित नियमन गर्नुपर्ने खाँचो औंल्याउँदै उनले एकद्वार प्रणाली अर्थात एकै मन्त्रालयमार्र्फत पर्यटनका सबै कार्यहरु गर्नसक्ने वातावरण मिलाईदिन सरकार समक्ष आग्रह गरेका थिए । अहिलेको पर्यटनलाई प्रबिधिसँग जोड्नुपर्ने र वातावरणको पूर्वानुमान गर्ने नयाँ प्रबिधि जडान गरी हिमाल आरोहणको व्यवस्था मिलाउन पनि उनले सरकारसँग माग गरे । “नो ट्रेकिङ वीदआउट पोर्टर एण्ड गाईड” भन्ने नीति कायम गर्नसके धेरै मानिस बिदेश जानु नपर्ने र नेपालको पर्यटनले नै रोजगारी दिलाउने उनको विश्वास थियो ।

taan agm 2

शुक्रबार दिनभरी चलेको साधारण सभामा टानको विधान शंसोधन, आर्थिक विनियमावली, कर्मचारी विनियमावली, कोषाध्यक्ष लिलाबल्लव दाहालको आर्थिक बर्ष २०७३/७४ को बार्षिक कार्यक्रमका साथै आर्थिक बर्ष २०७२/७३ को आर्थिक प्रतिवेदन र २०७३/७४ को लागि अनुमानित आय/व्यय बिबरण र महासचिब कर्णबहादुर लामाले प्रस्तुत गरेको वार्षिक कार्यविवरण प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो । उत्साहजन उपस्थितिमा बृहद छलफल गरी ऐतिहासिक रुपमा ३८ औं साधारण सभा सम्पन्न भएको टानका सदस्यहरुले प्रतिकृया दिएका छन् ।

taan agm 3
कार्यक्रममा पदयात्रा तथा पर्वतीय पर्यटनमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई नगदसहित सम्मान गरिएको थियो । आर्थिक बर्ष २०७२/७३ मा सबैभन्दा बढी टिम्स कार्ड जारि गर्ने प्रथम तीन सदस्य कम्पनि – हिमालयन इनकाउन्टर्स प्रा लि, रोयल माउन्टेन ट्राभल नेपाल र हाइल्याण्ड एक्सकर्सन्स प्रा लीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

taan agm 13 taan agm 11 taan agm 12 taan agm 14
त्यस्तै भूकम्पपछि लथालिंग भएको लाङगटाङ क्षेत्रको पुनरुत्थानका लागि टानले आयोजना गरेको लाङगटाङ–गोसाईकुण्ड हाफ म्याराथनको उत्कृष्ट समाचार सम्प्रेषणको कदर गर्दै चिनिया समाचार एजेन्सी सिन्व्हाका फोटो पत्रकार सुनिल शर्मा र इमेज नेपाल पर्यटन पत्रिकाका सम्बाददाता मोहन प्रसाद मैनालीलाइ जनही रु १०,००० नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

taan agm 10
त्यस्तै रु २५,००० राशिको टान सगरमाथा पर्बतिय पर्यटन पुरस्कार कारोबार दैनिकका केदार दाहाललाई र टान सगरमाथा पासाङल्हामु पुरस्कार पर्वतारोहण प्रशिक्षक पासाङल्हामु शेर्पालाई प्रदान गरिएको थियो ।

taan agm 4
कार्यक्रममा कृषि विकास राज्य मन्त्रि राधिका तामाङ पर्यटन सचिब शंकरप्रसाद अधिकारी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी लगायतको उपस्थिति थियो ।

Taan Agm Photo

प्रकाशित मिति : २०७३ पुस ८

वि.सं.२०७३ पुस ९ शनिवार १४:०० मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...