back
NMB ad

सतहमा आएको टान विवाद समाधान गर्ने फेस टु फेस प्रतिबद्धता

Kumari bank ad

काठमाडौं । पर्वतीय तथा पदयात्रा क्षेत्रको विकासमा स्थापीत टे«किङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)मा सतहमा देखिएको विवाद समाधानका लागि सबै पक्षले फेस टु फेस प्रतिबद्धता जनाएका छन् । वर्तमान कार्यसमिति अध्यक्ष, पदाधिकारी एवं सदस्यहरु, निवर्तमान कार्यसमिति, टानका पूर्व अध्यक्षहरु र ट्रेकिङ व्यवसायीहरुले संचारकर्मीहरुको सामु टान विवादलाई घर(टान)मै बसेर समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।

पर्यटन पत्रकार संघ (जाट–नेपाल)ले आयोजना गरेको ‘जाट–नेपाल फेस टू फेस’ कार्यक्रममा सहभागीहरुले टानका आन्तरिक समस्यालाई सञ्चारमाध्यममा ल्याएर नाङ्गो बनाउनु भन्दा आफैं–आफैं बीच चित्त नबुझेका विषयलाई गहन छलफल गरि पर्वतीय तथा पदयात्रा क्षेत्रको विकास र प्रबद्र्धनमा एक हुने उद्घोष गरेका हुन् ।

कार्यक्रममा टानका अध्यक्ष चन्द्र रिजालले वर्तमान कार्यसमितिले व्यवसायीको हित हुने कार्यक्रमहरु अगाडि बढाउन खोजे पनि कार्यसमिति दुई खेमामा विभाजित हुँदा झन् समस्या निम्तिएको स्विकार गरे । उनले कोषाध्यक्ष लिलाबल्लभ दाहाल प्रति इंगित गर्दै भने, ʽ कार्यसमिति मार्फत बहुमतले पारित गरेका कार्यक्रममा समेत फरक मत राखि कोषाध्यक्षले बजेट निकासालाई सहज नबनाईदिंदा धेरै कार्यक्रमहरु बीचैमा अलपत्र परेका छन् । कोषाध्यक्षले बिधिसम्मत भुक्तानी गर्नुपर्ने विषयहरुका चेकमा हस्ताक्षेर नगर्दा र हरेक कार्यक्रमहरुमा प्रतिपक्षीको जस्तो भूमिका निर्वाह गरिदिंदा टानले सोचेअनुरुप गति लिन सकेको छैन । ʼ यीनै कारण कोषाध्यक्ष दाहाललाई स्पष्टीकरण सोध्न कार्यसमिति बाध्य भएको उनको भनाई थियो । कानुन, नियम र बिधीअन्तर्गत टानका क्रियाकलापहरुलाई अगाडि बढाइने र कानुनी बाटोमा हिंड्न उनले कार्यसमितिका सबैलाई आग्रह गरे ।

कार्यक्रममा टानका कोषाध्यक्ष लिलाबल्लभ दाहाले भने कार्यसमितिमा आफूलाई एक्लो पारी बाघले बाच्छोलाई लखेटेको झैं गरि लेखेटेको भन्दै आफूले पनि बाच्छोको सिंग चलाएको भन्ने जवाफ दिए । उनले टानलाई गलत बाटोमा जान नदिन र अनावश्यक चन्दा दिन बाट रोक्ने उदेश्यका साथ सबै चेकमा हस्ताक्षर नगरिएको स्पष्ट पारे । दाहालले प्रति प्रश्न गर्दै भने, ‘चेकमा हस्ताक्षेर नै नगरेको भए अहिलेसम्म टान कसरी चल्यो ?’ संस्थामा बिधिसम्मत काम गरिरहेको र आगामि दिनमा पनि बिधिसम्मत बाटोमा हिंड्न आफु तत्पर रहेको उनको भनाई थियो ।

त्यस्तै टानका महासचिव कर्ण लामाले पनि कोषाध्यक्षकै कारण टान गतिहीन बनेको आरोप लगाए । उनले कोषाध्यक्षले फोनै नउठाउने, महत्वपूर्ण भनेका बैठकहरुमा अनुपस्थित हुने, भित्र अर्कै कुरा गर्ने–बाहिर अर्कै कुरा गर्ने र संस्थालाई समय नै नदिने गरेको र यसरी संस्था नचल्ने बताए । उनले पनि बिधि नियम अन्तर्गत नै संस्थामा सबैले काम गर्नुपर्ने स्पष्ट पारे ।Taan bibad1

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्र प्रसाद सापकोटाले टिम्स रकम निकासामा केही आन्तरिक समस्याहरु देखिएको बताउँदै यसलाई तत्काल समाधान गर्ने र रकम निकासा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले टानको विवाद सतहमा छताछुल्ल हुनु दुःखद् भएको भन्दै समस्याको समाधानमा आफुहरुले सक्रिय भूमिका निर्वाह गरि विवादरहित टान बनाउन पहल गर्ने प्रतिबद्धता जनाए ।

टानका पूर्व अध्यक्ष ज्योति अधिकारीले विवाद सतहमा पुग्नु राम्रो नहुने भन्दै आन्तरिक रुपमै समस्याको समाधान खोज्न कार्यसमितिलाई सुझाब दिए । टानमा जानेहरुले ईश्यू, क्वालिटी, इन्प्mास्टक्चचर आदि कुरामा बहस गर्ने भन्दै अध्यक्ष र कोषाध्यक्ष दुबैलाई संयमता अपनाउन र व्यवसायीक हितमा सहकार्य गर्न आग्रह गरे ।

टानका अर्का पूर्व अध्यक्ष दीपक महतले कार्यसमिति विधान सम्मत चल्नु पर्नेमा जोड दिए । कोषाध्यक्ष एक्लै छ भनेर पेल्न÷हेप्न नहुने, कर्मचारी माथि कसैले पनि फरक दृष्टी राख्न नहुनेमा उनको जोड थियो । उनले टान भित्रका साना साना विवादलाई सामाजिक संजालमा ल्याएर व्यवसाय कै बद्नामी गर्ने तर्फ नलाग्न वर्तमान कार्यसमितिलाई सुझाव दिए ।

बरिष्ठ पर्यटन व्यवसायी गणेश सिंखडाले टान बाहिर पार्टीको झण्डा बोके पनि टानभित्र छिरेपछि बिशुद्ध पर्यटन व्यवसायीको हितमा काम गर्न मिलेर जान सुझाव दिए । उनले वर्तमान कार्यसमितिले विज्ञहरु बाट सुझाब लिएर समाधानको बाटो तर्फ अघि बढ्न सुझाए ।

अनियमितता र बेरुजुको आरोप खेप्दै आएका टानका निवर्तमान अध्यक्ष रमेश धमलाले आफू माथि लाग्दै आएको आरोपको खण्डन गर्दै आफ्नो कार्यकालमा कुनै पनि अनियमितता नगरेको र सैद्धान्तिक बाहेक एक रुपैयाँ पनि बेरुजु रकम नभएको दाबी गरे । उनले वर्तमान कार्यसमितिलाई विवादमा जानु भन्दा पनि पर्यटनको विकास र व्यवसायीक हितमा काम गर्न सुझाव दिए ।Taan bibad2

पत्रकार र व्यवसायी बीच सिधा बहसको मोडालिटीमा आयोजना गरिएको ‘जाट–नेपाल फेस टू फेस’ कार्यक्रममा टानका प्रथम उपाध्यक्ष तेजबहादुर गुरुङ, सचिव मुक्ति पाण्डे, निवर्तमान प्रथम उपाध्यक्ष केशव पाण्डे, निवर्तमान महासचिव सागर पाण्डे, यूनिट्राभका महासचिव सुमन पराजुली लगायतले टानको पछिल्लो विवाद बारे भनाई राख्दै आगामि दिनमा चाल्नुपर्ने कदमका विषयमा सुझाव दिएका थिए । पक्ष र विपक्षका व्यक्तिहरु उपस्थित जस्तो देखिए पनि कार्यक्रममा सहभागीहरुले विवाद रहित टान बनाउन छिट्टै नै एउटा निकास निस्कने गरि काम गर्ने प्रतिबद्धता जनाएका थिए ।Taan bibad4

कार्यक्रमको निष्कर्ष प्रस्तुत गर्दै जाट नेपालका अध्यक्ष देवी पन्तले टानको विवाद चाँडै समाधान होस् भन्ने उदेश्यले आयोजना गरिएको बहसमा समस्या समाधान तर्फ सबैको प्रतिबद्धता आउनु सुखद भएको भन्दै आगामि दिनमा टानको कार्यसमिति विवादका समाचार लेख्नु नपरोस भन्ने शुभकामना प्रदान गरे । कार्यक्रममा स्वागत एवं सहजीकरण गर्दै संघका प्रथम उपाध्यक्ष शिव श्रेष्ठले टानमा लामो समयदेखि विवाद आइरहेपनि समाधानको बाटो खोजी नहुँदा जाट–नेपालले बाध्य भएर ‘फेस टू फेस’ कार्यक्रमको आयोजना गरेको बताएका थिए ।

Taan bibad3

कार्यक्रम संचालन गर्दै जाट–नेपालका सचिव हरिशरण न्यौपानेले पर्यटन क्षेत्रको विकासमा यस्ता बहसलाई निरन्तर दिने र पर्यटन क्षेत्रलाई गलत दिशातर्फ चलाउन खोज्नेविरुद्ध खबरदारी गर्दै उचित निकास खोज्न ‘जाट–नेपाल फेस टू फेस’ कार्यक्रमलाई निरन्तरता दिंदै जाने बताए ।

वि.सं.२०७३ साउन ११ मंगलवार ०६:४२ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...