back
NMB ad

अमेरिका र नर्वेमा पयर्टन प्रबर्द्धन गर्दै टान

Kumari bank ad

काठमाडौं । ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को दुई टोली साहसिक पर्यटन प्रबद्र्धनका लागि बुधबार अमेरिका र नर्वेको भ्रमणमा निस्किएका छन् ।
अध्यक्ष चन्द्रपप्रसाद रिजालको नेतृत्वमा रहेको टोलीले यहि जनवरी १३ देखि १५ मा नर्वेको राजधानी ओस्लोमा आयोजना गरिने नर्वेजियन पर्यटन मेलामा भाग लिनेछ । टोलीमा टान सदस्य कम्पनीहरु हिमालयन गाइड्स ट्रेक एण्ड एक्सपीडीसन्स, हिमालयन रिसर्च एक्सपीडीसन्स र शेर्पा सोसाइटी ट्रेक्सका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
नेपाल पर्यटन बोर्डका संचालक समिति सदस्य पूर्ण कुँवर र अधिकृत कुन्दन शर्मा पनि भ्रमण टोलीमा छन् ।
मेला मार्फत २०१५ को भुइचालो पछि नेपालको पर्यटन उद्योग पुरानै अबस्थामा फर्किसकेको संदेश प्रबाह गर्छौं, रिजालले भने । रिजालका अनुसार युरोपेली बजारमा नेपाली साहसिक पर्यटन उपज र सेवाको प्रबद्र्धन र बजारीकरण भ्रमणको अर्को उद्देश्य रहेको छ ।
त्यस्तै कोषाध्यक्ष लिलाबल्दब दाहालले अमेरिकाको वासिंगटनमा जनवरी १४ र १५ मा आयोजना हुने “वासिंगटन ट्राभल एण्ड एडभेन्चर सो २०१७” मा टानको नेतृत्व गर्दैछन् । टोलीमा टान सदस्य कम्पनी हिमालयन प्लानेट एडभेन्चर्सको पनि सहभागिता छ ।
आफूले मेलामा सहभागी हुने अमेरिकी टुर अपरेटर्सहरुलाई नेपाली पर्यटन उद्योगको बर्तमान अबस्था बारे जानकारी गराउंदै २०१५ को भुइँचालो पछी पर्यटक आगमनमा उल्लेख्य सुधार आएको व्यहोरा अबगत गराउने बताए ।
नर्वेजियन पर्यटन मेलामा टानको यो पहिलो सहभागिता हो । ट्राभल एण्ड एडभेन्चर सो मा भने टान २०१२ देखि नियमित रुपमा भाग लिंदै आएको छ ।
२८ पुस २०७३

वि.सं.२०७३ पुस २८ बिहीवार १८:१९ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...