back
NMB ad

टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथुनको सम्पूर्ण तयारी पूरा

Kumari bank ad

काठमाडौ । पदयात्रा गन्तव्यको महत्वपूर्ण क्षेत्र मानिने लाङटाङमा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ् नेपाल (टान)ले आगामी बैशाख १२ गते (अप्रिल २५ तारिख)का दिन दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथुनको आयोजना गर्ने भएको छ । दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथुनको सम्पूर्ण तयारी सकिएको आयोजक ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल(टान) ले जनाएको छ ।

taan langtang

७२ सालको भूकम्पले क्षति पुर्याएको लाङटाङ क्षेत्रमा पदमार्ग सुरक्षित छ भन्ने सन्देश विश्वभर फैलाउन साथै खेलकुद पर्यटनस्थलको विकास गर्न म्याराथुन आयोजना गरिएको र त्यसलाई निरन्तरता दिईएको टानले जनाएको छ ।

गएको वर्ष पहिलो संस्करणमा टानले हाफ म्याराथुन आयोजना गरेको थियो । त्यसबेला गोसाइकुण्डदेखि रसुवा सदरमुकामसम्म प्रथम टान गोसाइकुण्ड लाङटाङ म्याराथुन आयोजना भएको थियो ।

langtang

यसपाली भने लाङटाङ राष्ट्रिय निकुञ्चको क्यानजिङ गुम्बाबाट सुरु भई थाङस्याप घोडा तबेला हुँदै स्याफ्रुवेसीसम्म झण्डै ४२ किलोमिटर म्याराथुनको आयोजना गर्न लागेको टानले जनाएको छ ।

म्याराथुनमा सहभागिताका लागि आवेदन लिने प्रक्रिया चलिरहेको छ । म्याराथुनमा सहभागी हुन चाहने नेपाली धावकले १ हजार ७ सय र विदेशी धावकले ५५ सय रुपैयाँसहित नाम दर्ता गर्न सक्ने छन् । म्याराथुनका महिला र पुरुष दुवैतर्फका विजेताले एक लाख, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । म्याराथुनमा एकसय जना सहभागी हुने टानले जनाएको छ ।

प्रकाशित मितिः २०७४ बैशाख ८

वि.सं.२०७४ वैशाख ८ शुक्रवार १३:४१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...