back
NMB ad

टानले गर्यो पूर्व पदाधिकारीलाई सम्मान र सल्लाहकार परिषदको प्रस्ताव

Kumari bank ad

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसियशन अफ नेपाल (टान) ले संस्था स्थापना कालदेखि हालसम्मका पूर्व कार्यसमितका पदाधिकारी एवं सदस्यलाई सम्मान गरेको छ । ठमेलमा विशेष भेलाको आयोजना गरेर टानको बर्तमान कार्यसमसतले अग्रजको सम्मान र संस्थाप्रतिको दायित्व बोध गराएको हो ।

jb shingh and chandra rijal

Rp pant and chandra rijal

suman pandey and chandra rijal

अध्यक्ष चन्द्रप्रसाद रिजालले आफु भन्दा अघिल्लो कार्यसमितिमा रहेर टानलाई योगदान पुर्याएका अग्रजहरुलाई मायाको चिनोस्वरुप नेपाली करुवा प्रदान गरेर कार्यक्रममा स्वागत गरेका थिए । नयाँ कार्यसमितिले रचनात्मक कार्यहरुको थालनी गर्दै अग्रजहरुलाई सम्झिएकोमा उपस्थित पूर्व पदाधिकारी प्रफुल्लित देखिन्थे । कतिपय पदाधिकारीले अघिल्ला कार्यसमितिले साधारण सभा बाहेक कहिल्यै नसम्झिएको भन्दै बर्तमान कार्यसमितिले देखाएका सदासयताले आफ्नो दायित्वबोध भएको प्रतिकृया दिए ।

deepak mahat and chandra rijal

jyoti adhikari and chandra rijal

कार्यक्रमको औचित्यबारे प्रष्ट पार्दै अध्यक्ष रिजालले विगतमा योगदान गर्नेहरुलाई भुल्न नहुने बताए । यसरी अग्रजहरुलाई एकै ठाउँमा भेला गराएर संस्थाप्रति दायित्व बोध गराएको बताए । रिजालले भने हिजो योगदान गर्नेहरु बाटोमा भेटिँदा पनि नचिनिने अवस्था आउन लाग्यो । आफुले स्थापना गरेको, योगदान गरेको संस्थाले यसरी सम्झिदिँदा विगतमा गरेको योगदानको कदर पनि हुने र भविष्यमा संस्थालाई अझ परिस्कृत गर्न थप हौसला र उर्जा प्राप्त हुने हुनाले सकारात्मक कार्यको थालनी गरेको प्रष्ट पारे । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै रिजालले पूर्वजले देखेको सपना र बनाएको योजनालाई सहि संयोजन गर्दै संस्थाको हितका निम्ति उपयोग गर्न सल्लाहकार परिषद गठन गर्न लागिएको जानकारी दिए ।

ambika shrestha and chandra rijal

bidya hirachan and chandra rijal

विगतका २१ वटा कार्यसमितिमा रहेर योगदान पु¥याउने सबैलाई सल्लाहकार परिषद बनाएर नियमित भेटघाट र पर्यटन प्रबद्र्धनबारे नीति नियम निर्माणको थलो बनाउन परिषदको आवश्यकता बोध भएर सो कार्यको थलनी गर्नु पुर्व सुझावका निम्ति सो कार्यक्रमको आयोजना गरिएको टान कार्यसमितिले जनाएको छ । टानका प्रथम उपाध्यक्ष तेजबहादुर गुरुङले सल्लाहकार परिषद गठन सम्बन्धी निर्देशिकाको कार्यपत्र पस्तुत गरेका थिए ।

hari dharel and chandra rijal

anjan thapa kumar and chandra rijal

सो निर्देशिकामा बोल्दै पूर्व अध्यक्षहरुले एउटा सकारात्मक अभियानको थालनी गरेकामा बर्तमान कार्यसमितिलाई धन्यवाद दिएका थिए । यसलाई अझ प्रभावकारी र चुस्त बनाउन सुझाव दिँदै भविष्यमा आइपर्ने समस्या र द्वन्दबारे विशेष ख्याल गर्न भनेका थिए । हालको विधानमा उल्लेख भएको सल्लाहकार समितिको समेत गठन हुन नसकेको संकेत गर्दै पूर्व अध्यक्षहरुले सबै पूर्व समितिका सदस्य समेतलाई समेट्दा निकै ठुलो (जम्बो) हुने र प्रभावकारी काम गर्न नसक्ने बताएका थिए । सकारात्मक उद्देश्यसाथ गरिएको कार्यक्रमको प्रशंसा गर्दै टानले पर्यटनको क्षेत्रमा देखिने खालका कामहरु गर्न सुझाव दिएका थिए ।

krishnahari khatri and chandra rijal

bachchu narayan shrestha and chandra rijal

ran bdr khadka and chandra rijal

sudarshan nyaupane and chandra rijal

hari dharel tej gurung and chandra rijal rajan simkhada and chandra rijal

taan chandra rijal

कार्यक्रममा संस्थापक अध्यक्ष अम्विका श्रेष्ठ सहित पूर्व अध्यक्षहरु जेबी सिंह, आरपी पन्त, सुमन पाण्डे, दीपक महत, ज्योति अधिकारीले सल्लाहकार परिषद गठन सम्बन्धमा सुझाव दिएका थिए । कार्यक्रम टानका महासचिव कर्ण लामाले सञ्चालन गरेका थिए भने अतिथिको स्वागत सचिव मुक्ति पाण्डेले गरेका थिए ।
६ भदौ २०७३

वि.सं.२०७३ भदौ ६ सोमवार १९:१७ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...