back
NMB ad

तामाकोशी जलबिधुुत् आयोजनाको बिजुली आउनुअगावै के–के हुँदैछ ? जान्नुहोस्

Kumari bank ad

काठमाडौ। आगामी आर्थिक वर्षसम्म राष्ट्रिय प्रसारणमा २४६ मेगावाट विजुली थप हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार विभिन्न आयोजना सम्पन्न भएर यो आर्थिक वर्षमा १०५ मेगावाट विजुली प्रसारणलाइनमा कनेक्ट भइसकेको छ ।

यसैवर्ष थप ४५ मेगावाट विजुली प्रशारणलाइनमा जोडिने अवस्था रहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

असारसम्म थप ४५ मेगावाट विजुली प्रसारणलाइनमा जोडिएपछि यो आर्थिक वर्षमा मात्रै १५० मेगावाट विजुली नेशनल ग्रीडमा जोडिने उनले बताए । आगामी आर्थिक वर्ष २०७४/७५ मा २०१ मेगावाट विजुली निजी क्षेत्रले राष्ट्रिय प्रशारणलाइनमा जोड्नेछन् ।

यसरी आगामी आर्थिक वर्षभित्र प्राधिकरणले थप २४६ मेगावाट विजुली प्रशारणलाइनमा प्राप्त गर्ने सुनिश्चित जस्तै छ ।

अर्को वर्ष प्राधिकरणले आफ्ना चमेलिया र कुलेखानी गरेर ४५ मेगावाट विजुली थप्नेछ । प्राधिकरणले निर्माण गरिरहेको ३० मेगावाटको चमेलिया अर्को वर्ष सम्पन्न हुनेमा आशंका छैन ।

१४ मेगावाटको कुलेखानी तेस्रो आयोजनामा आएका समस्याहरु समाधान गर्न प्राधिकरणको नेतृत्व लागेको छ । यसैका कारण यी दुई आयोजना आगामी वर्ष सम्पन्न भएर प्रसारणलाइनमा जोडिने अवस्था छ ।

निजी लगानी बनिरहेका साना–ठूला आयोजनाले पनि अहिले गति लिएका छन् । निर्माणाधीन आयोजनाहरुलाई ट्रान्समिसनमा जोड्न प्राधिकरणले पनि प्रभावकारी ढंगले पहल गरेपछि कामको गति बढेको छ ।

तामाकोशीको प्रतिक्षा

अहिले बुहप्रतिक्षित मानिएको ४५६ मेगावाट क्षमताको तामाकोसी पनि निर्माणधीन छ । यो २०७५ सालको मंसिरसम्म यसको पहिलो युनिट सञ्चालनमा आइसक्ने गरी काम भइरहेको छ । २०७६ को असारसम्म तामाकोसीका सबै युनिटले विजुली उत्पादन थाल्नेछ । त्यतिबेलासम्म राष्ट्रिय प्रसारणमा ७०१ मेगावाट बिजुली थप हुनेछ ।

तामाकोसी आयोजना सम्पन्न भएपछि नेपालले ऊर्जामा बेहोरिरहेको संकटलाई पूर्ण रुपमा निवारण गर्न सक्नेछ । आगामी २ वर्ष उर्जा क्षेत्रको विकासका लागि महत्वपूर्ण अवधि सावित हुने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

अहिले झण्डै ५४ सय मेगावाटका आयोजना लगानी जुटाएर निर्माणमा गएका छन् । सयभन्दा बढी यी आयोजनाले निर्माणमा ढिलाइ गरेका छैनन् । त्यसैकारण यी आयोजना निर्धारित समयमा सम्पन्न हुने अवस्थामा देखिएका छन् ।

झण्डै साढे ६ सय आयोजनाले विद्युत खरिद सम्झौता गरेर पनि लगानी जुटाउन कसरत गरिरहेका छन् । यो वर्ष महत्वपूर्ण ५ आयोजनाको काम सकिएर प्रसारणलाइनमा जोडिएका थिए ।

कति विजुली, कहाँबाट आउँदैछ ?

अहिले विद्युत प्राधिकरण अन्तरगतका ५४ आयोजना सञ्चालनमा छन् । जसमा ठूला आयोजनादेखि अफ ग्रीड हाइड्रो, थर्मल र साना हाइड्रो समेत छन् । यि आयोजनको जडित क्षमता ५ सय ३१ मेगावाट छ ।

निजी क्षत्रेका ५८ आयोजना अहिले सञ्चालनमा छन् । यसको जडित क्षमता ४ सय ३० मेगावाट छ । नेपालमा अहिले कुल ९६१ मेगावाट बरारका जडित क्षमता भएका आयोजना सञ्चालनमा छन् ।

तर, जडित क्षमताअनुरुप आयोजनाहरुले हिउँदमा उत्पादन गर्न सक्दैनन् । चैत १०को उत्पादनलाई आधार मान्दा प्राधिकरणका आयोजनाबाट ३ सय ६५ मेगावाट विजुली उत्पादन भइरहेको छ ।

निजी क्षेत्रका आयोजनाले प्रसारणलाइनमा १ सय ४५ मेगावाट विजुली दिइरहेका छन् । भारतबाट पि आवरमा ३ सय ८२ मेगावाटसम्म आयत गरिँदैछ ।

नेपालमा पिक आवरमा विजुलीको माग १२२५ मेगावाटसम्म छ । कुनै समय यो बढेर १५ सय मेगावाटसम्म पुगेको थियो ।

तर, प्राधिकरणले उपभोक्तालाई पिक आवरमा विजुली धेरै खपत गर्ने यन्त्र–उपकारण नचलाउन आग्रह गरेपछि विजुलीको माग घटेको छ । इन्भर्टर चार्ज हुन छाड्दा मात्रै २ सय मेगावाट विजुलीको माग घटेको छ । प्रशारणमा अझै ३ सय मेगावाट विजुली अपुग छ ।अनलाईनखबरबाट

प्रकाशित मितिः २०७३ चैत १९

वि.सं.२०७३ चैत १९ शनिवार १५:३५ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...