back
NMB ad

तामाकोसीको आईपीओ निष्काशन प्रक्रिया कसरी अगाडि बढ्दैछ ? पढ्नुहोस् !

Kumari bank ad

काठमाडौ । बहुप्रतिक्षित निर्माणाधीन ४५६ मेगावट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले यसै आर्थिकबर्ष भित्र आयोजना प्रभावित तथा सर्वसाधारणको लागि आइपिओ जारी गर्ने भएको छ। आयोजना प्रभावित दोलखावासीका लागि  आईपिओ निष्काशनको अनुमति लिन दशैँ अगाडि धितोपत्र वोर्डमा आवेदन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार परियोजनाले दोलखाबासीलाई १० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड ९० लाख रूपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता सेयर र सर्वसाधारणलाई १५ प्रतिशतले हुन आउने १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निश्काशन गर्न लागेको हो । आयोजनाका अनुसार प्रभावित स्थानीयवासीलाई पुष मसान्तसम्ममा  र चैत मसान्तसम्ममा अन्य सर्वसाधारणहरूको लागि सेयर जारी गर्ने तयारी गरिदै छ ।

आयोजनाले अतिप्रभावित, कम प्रभावित र प्रभावित गरी तीन वर्गमा विभाजन गरी सेयर वितरण गर्ने तयारी गरेको छ । स्थानीयवासीले कम्तीमा ३० देखि बढीमा ३०० सय कित्तासम्म साधारण सेयर पाउनसक्ने अनुमान गरिएको छ ।

परियोजनाले करीव ९१ प्रतिशत काम सम्पन्न गरिसककेको जानकारी दिएको छ । अहिले विद्युतगृह, बाँध र सुरूङ, प्रसारणलाइनलगायतका संरचना निर्माण भइरहेकोे छ । तामाकोसीमा कर्मचारी संचय कोष, नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषको लगान छ ।

यसअघि कर्मचारी संचय कोषका संचयकर्ता, ऋण दिने संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई गरी १७.२८ प्रतिशत अर्थात १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ९५ हजार कित्ता सेयर निश्कासन भैसकेको छ ।

प्रकाशित मितिः २०७४ भदौ २४

वि.सं.२०७४ भदौ २४ शनिवार १६:०९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...