back
NMB ad

तामाकोशीबाट एक अर्ब रुपैंया पुरस्कार पाउन यसो गर्नुस् !

Kumari bank ad

ऊर्जामन्त्री जनार्दन शर्माले तोकिएको समयभन्दा तीन महीना पहिले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न गरे रू. एक अर्ब बराबरको पुरस्कार दिने घोषणा गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल, ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रमुखलाई निरन्तर रुपमा सचेत गराउँदै आयोजना तोकिएको समयमा पूरा गर्न निर्देशन दिँदै आएको सन्दर्भमा सो धारणा सार्वजनिक भएको हो ।

राजधानीमा आयोजित एक कार्यक्रममा ऊर्जामन्त्री शर्माले मुलुकको जलविद्युत् क्षेत्रमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजना एउटा महत्वपूर्ण परियोजना भएकाले सरकारले विशेष ध्यान दिएको स्पष्ट पारे । मन्त्री शर्माले भने, ‘मेरो एवम् सरकारको तर्फबाट गर्नुपर्ने सबै प्रकारको सहयोग उपलब्ध गराउँछु, सहजीकरण गर्छु । तर आयोजना तोकिएको समयभन्दा तीन महीना पहिले सम्पन्न हुनुपर्छ । आयोजनालाई रू एक अर्ब पुरस्कारको व्यवस्था गरिन्छ ।’

विसं २०७५ असारमा सो आयोजनाको पहिलो यूनिट सञ्चालनमा ल्याउने तयारी भइरहेको बेला सो समयभन्दा तीन महीना पहिले सम्पन्न गरे आकर्षक पुरस्कारको व्यवस्था गरिने ऊर्जामन्त्री शर्माको भनाइ थियो । स्वदेशी लगानी र सीपमा अगाडि बढेको आयोजनाको कुल क्षमता ४५६ मेगावाट रहेको छ । आयोजनाको हाल करीब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । कुल आठ किलोमिटर लामो सुरुङमध्ये ८ सय मिटर मात्रै बाँकी रहेको छ । बाँध तथा अन्य भौतिक संरचना निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि वर्षातको समयमा भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेछ । आयोजनाको कुल लागत रू ३५ अर्ब २९ करोड भए पनि भूकम्प र नाकाबन्दी तथा अन्य कारणले गर्दा बढेर रू ४१ अर्ब ७८ करोड पुग्ने अनुमान गरिएको छ । रासस

प्रकाशित मितिः २०७४ जेठ २२

वि.सं.२०७४ जेठ २२ सोमवार ११:४५ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...