Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर ९ , २०७४  |  
Saturday, November 25, 2017

ताम्राकारको स्कुटर बुद्धनगरका तण्डुकारलाई

November 2, 2017

8

काठमाडौं । दशैंतिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार योजना अन्तर्गत दोस्रो बम्पर उपहार बुद्धनगरका रमेश तण्डुकारले पाएका छन् ।

तण्डुकारले ताम्राकार कम्प्लेक्समा जारी लेनेभो मोटोरोला ताम्राकार मोबाइल महोत्सबको समयमा ताम्राकार मोबाइल कम्प्लेक्स मारहेको पसलबाट मोबाइल खरिद गरेका थिए । ताम्राकारकै बम्पर उपहार योजना अन्तर्गतको पहिलो मोटरसाइकल ससेन्द्र बिक्रम चौधरीले पाएका थिए । ताम्राकारको दशैंतिहार उपहार योजना अन्तर्गत ५० जनाले मोबाइल, ६५ वटा पावर बैंक र ५० भन्दा बढी ब्लुतुथ बितरण गरिएको मोबाइल ब्यापार संघ ताम्राकार कम्प्लेक्सका अध्यक्ष जगत साउदले जानकारी दिए ।

यो पटकको मेला सफल बनेको बताउँदै ब्यापार संघका कोषाध्यक्ष अनिल ढकालले मोबाइल पारखीहरुकावीच ताम्राकार मोबाइल बजारले अझ बिश्वास बढाएको विचार ब्यक्त गरे ।

आफ्नो परिवारमा आबश्यक पर्ने सबै मोबाइल ताम्राकार बाटै किनेको बताउने स्कुटर बिजेता तण्डुकारले ताम्राकार बजार नै सबैभन्दा बढी बिश्वासिलो बजार भएको बताए ।

लेनेभो र मोटोरोलाले मुख्य प्रायोजन गरेको मोबाइल महोत्सबमा मोटोरोला मोबाइलले ऐतिहासिक कारोबार गरेको बताउँदै ब्यापार संघका सचिब गुरुदत्त शर्माले मेला अबधीभरमा लेनेभोको र मोटोरोलाका २ हजार भन्दा धेरै सेटको कारोबार भएकोे जानकारी दिए ।

२०७४ कार्तिक १६ गते बिहिबार

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु