back
NMB ad

तलब माग्दा व्यवसायको भाग खोसेको नसम्झन आग्रह

Kumari bank ad

बारा । यातायात र विशेषगरी ट्याङकर क्षेत्रका मजदुर नेता तथा अगुवाहरुले तलब भत्ताको माग गर्दा आफ्नो व्यवसायको भाग खोसेको नसम्झन यातायात व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याँङ्कर इकाइ कमिटी अमलेखगंजको तेस्रो इकाई अधिवेशनलाई बाराको अमलेखगंजमा उद्घाटन गर्दै संगठनका उपाध्यक्ष अर्जुन अर्यालले भने, ʽहामीले तलब, भत्ता मागिरहदा आफ्नो भाग खोस्न खोजेको नसम्झिन म पेट्रोलियम व्यवसायीलाइ आग्रह गर्दछु । तपाइका छोरा छोरीले अस्ट्रेलिया, अमेरिका लगायत विकसित देशमा पढिरहँदा मजदुरका छोराछोरीले कम्तिमा सरकारी बिद्यालय र क्याम्पसमा पढ्न पाउनुपर्छ ।ʼ

उनले प्रश्न गर्दै भने, ʽतपाइ र तपाइको परिवारले पाँचतारे होटलमा लन्च र डिनर गरिरहँदा मजदुरले घरमा दुई छाक खाना आनन्द मनले खान पाउनु पर्छ । यदि पाइदैन भने हामीले तपाइलाइ कमाएर किन दिने ?ʼ

सरकारी निकाय र उपभोक्तावादीहरुले बढ्दो सवारी दुर्घटनालाई लिएर मजदुरलाइ मात्र दोषी देख्ने चस्मा फुकालेर फाल्नु पर्ने जिकिर गर्दै उनले हचुवाको भरमा दुर्घटनाको ८० प्रतिशत दोष मजदुरलाइ नदेख्न आग्रह गरे ।

उनले ठोकुवा गर्दै भने, ʽहाम्रो यथार्थ सर्वेक्षण छ र हाम्रो सर्वेक्षणले ९० प्रतिशत सवारी दुर्घटनाको दोष सरकारी संयत्र र उपभोक्ताहरु स्वंय रहेका छन् ।ʼ अर्काे एक प्रसङ्गमा उनले मजदुरको विरुद्धमा एकपक्षिय कानुन ल्याईए आन्दोलनको आँधीबेहरी सिर्जना गरिने चेतावनी दिए ।

अधिवेशनले बिजय लामाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । त्यस्तै निवर्तमान अध्यक्ष सुदामा शाहलाई जिफण्ट प्रतिनिधिमा निर्वाचित गरेको छ ।

उक्त अवसरमा सवारी दुर्घटनामा परि दिवंगत भएका मजदुरको परिवारलाइ सहयोगस्वरुप रु ५०,००० प्रदान गरिएको थियो ।

कार्यक्रममा पेट्रोलियम क्षेत्रका विभिन्न तहका मजदुर नेताहरु र पेट्रोलियम व्यवसायीको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः २०७३ असोज १७

वि.सं.२०७३ असोज १७ सोमवार १९:५९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...