back
NMB ad

ताप्लेजुङमा हाल सम्मकै सर्वाधिक धन राशीको पाथीभरा राष्ट्रिय पुरुष भलिबल हुने

Kumari bank ad

काठमाडौं । ताप्लेजुङ जिल्ला भलिबल संघको आयोजनामा सर्बाधिक पुरस्कार राशीको दोस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले आगामी फागुन ३ देखि ७
सम्म ताप्लेजुङमा प्रतियोगिता हुने जानकारी गराएको छ । ताप्लेजुङ जिल्लाको पर्यटकिय नगरी धार्मीक स्थल पाथीभर माताको सरोफेरोमा हुने प्रतियोगिता लिग कम नकआउटको आधारमा हुनेछ । कुल पाँच दिनसम्म चल्ने प्रतियोगितामा
तीन विभागीय क्लब नेपाल आर्मी,पुलिस र सशस्त्रको एपीएफ क्लब तथा पाँच विकास क्षेत्रको सहभागीता रहने ताप्लेजुङ जिल्ला भलिबल संघका अध्यक्ष दिवस चोङबाङले
जानकारी दिए ।

खेलकुदको माध्यमबाट स्थानिय स्तरमा बाह्य र आन्तरिक पर्यटन विकास र स्थानिय स्तरका खेलाडीको प्रतिभा समेत उजागर गर्ने उद्देश्यले राष्ट्रिय भलिबल खेल आयोजना गरिएको अध्यक्ष चोङवाङले बताए । प्रतियोगिताको विजेताले
हालसम्मकै सर्बाधिक नगद पुरस्कार ३ लाख ३० हजार र उपविजेताले १ लाख ६५ हजार रुपैया,ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमीफाइनलमा पराजित दुई टिमले सान्त्वना पुरस्कार स्वरुप समान ३५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ
। प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले ट्रफि र नगद १० हजार पाउनेछ । विधागत उत्कृष्ट अन्तर्गत स्पाइकर,सेटर,ब्लकर,लिब्रो र सर्भरलाई नगद ५ हजार रुपैया प्रदान गरिनेछ । मुख्य प्रायोजकको रुपमा बल बहादुर तामाङ,रमेश बराल र इश्वरी
पौडेलले कुल ६ लाख ७५ हजार रुपैयाँ प्रदान गरेको आयोजकले जनाएको छ । उक्त प्रायोजन रकम बराबरको चेक बल बहादुर तामाङले संघका अध्यक्ष चुङबाङलाई
हस्तान्रतण गरे । कार्यक्रममा प्रमुख अतिथी समेत रहेका नेपाल भलिबल संघका सचिव जगदिश भटृ,कोषाध्यक्ष सुनकेसरी माली र भलिबल प्रशिक्षक कुमार राईको
उपस्थीती रहेको थियो । अन्यमा राष्ट्रिय खेलकुद परिषद(राखेप)ले ६ लाख रुपैयाँ,ताप्लेजुङ जिल्लाका चार सांसदबाट कुल १० लाख र ताप्लेजुङ सरोकार केन्द्रबाट २ लाख रुपैयाँ लगायतले प्रायोजन गरेको आयोजकले जनाकारी
दिइएको छ । त्यसैगरी सहभागी टिमको आर्थीक ब्यवस्थापन आयोजकले गर्नेछ । प्रतियोगिताका लागी अनुमानित कुल २८ लाख ५० हजार लाग्नेछ । खेलपश्चात बाकी रहेको बजेट ताप्लेजुङ जिल्लाका खेलाडीका लागि तालिम र प्रशिक्षण तथा विद्यालयस्तरको भलिबल खेल विकासमा खर्च गरीने संघका अध्यक्ष दिवस चुङवाङले
बताए ।

सो अवसरमा भारतमा सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद(साग)मा पदक विजेता ताप्लेजुङका खेलाडी जुडोकी फुपु ल्हामु खत्रि,एथ्लेटिक्सकी चन्द्रकला लामघादे तथा फुटबलका देवेन्द्र तामाङ र कुमारी गुरुङलाई सम्मान गरीने आयोजकले
जानकारी दिइएको छ ।

वि.सं.२०७३ माघ १४ शुक्रवार ०८:५३ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...