back
NMB ad

तारा एयर दुर्घटनाः दोषी मौसम र पाइलट

Kumari bank ad

पोखराबाट जोमसोम उड्दै गरेको तारा एयरको टुइनअटर विमान दुर्घटनाबारे छानबिन गर्न गठन गरिएको जाँच आयोगले पाँच महिनपछि प्रतिवेदन सार्वजनिक गरेको छ। गत फागुन १२ गते म्याग्दीको दाना गाविसको सोलिघोप्टेभीरमा दुर्घटनाग्रस्त उक्त विमानमा सवार चालक दलसहित २३ जनाकै मृत्यु भएको थियो।

घटनासम्बन्धी जाँच आयोगका सदस्यसचिव तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार जहाजको प्राविधिक कारण नभई मानवीय पक्ष (चालक दल)को मुख्य कमजोरी देखिएकोे छ। उनकाअनुसार त्यस दिन जहाज उड्नका लागि मौसम अनुकूल थिएन।

दुर्घटना भएको कल साइन ९ एन–एएचएच भाइकिङ डीएचसी ६–४०० सिरिजको जहाज पोखराबाट उडेपछि बीच बाटोमा मौसम खराब भएको अनुमान यसअघि गरिएको थियो। प्रतिवेदनमा पाइलटले बल जफतरूपमा बादलमा जहाज प्रवेश गराएको उल्लेख छ।

विमानलाई जोमसोमतर्फ अगाडि बढाउने गरी ल्यान्ड स्लाइड भन्ने विन्दुमा पुगेको भ्रम परेको स्थितिमा जमिनको उपस्थिति जनाउने यन्त्रमा देखिएको चित्र र सचेत गराउने आवाजको संवेदनशीलाता नबुझी लेटे भन्ने विन्दुतर्फ उचाइमा चढाउँदै अझ देब्रेतर्फ मोड्दा विमानको मुख्य संरचनाको तल्लो सतह चट्टानी पहाडमा ठोकिन पुगेको प्रतिवेदनले औंल्याएको छ।

पोखराबाट जोमसम जाने क्रममा विमान उडान हुँदा भिजिविलिटी ५ हजार मिटर थियो। सोही समयमा विमानस्थलमा पनि ५ हजारभन्दा बढी भिजिविलिटी रहेको विमानस्थल कार्यालयले पोखरा विमानस्थललाई जानकारी गराएको थियो।

सामान्यतः भीएफआर विमानका लागि ५ हजार भिजिविलिटीमा उडान अवतरण गर्ने अनुमति दिइन्छ। अन्य ठूला जहाजको हकमा भने थोरैमा पनि ११ सय मिटर भिजिविलिटी आवश्यक हुन्छ। जुन ट्रक रुटहरू हुनुपर्ने हुन्छ।

प्रतिवेदनमा पोखरामा रहेको मौसम विभाग मातहतको निकायले जहाज उड्नका लागी दिएको भिजिविलिटी रिपोर्ट र नागरिक उडड्यन प्राधिकरण पोखराका एयर ट्राफिक ९एटीसी०ले पाइलटलाई टिपाएको भिजिबिलिटीमै एक किलोमिटरको अन्तर छ।

“मौसम विभागले त्यसदिन चार किलोमिटर मात्रै भिजिबिलिटी भनेको छ, तर एटीसीले ५ किलोमिटर भिजिबिलिटी भन्दै जहाजलाई छाडिदिएको छ,”प्रतिवेदनमा उल्लेख गरिएको छ। कारोबार दैनिकमा समाचार छ।

  प्रकाशितः २०७३ साउन १७

वि.सं.२०७३ साउन १७ सोमवार १०:२७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...