back
NMB ad

तरकारी खेतीबाटै वार्षिक १७ करोड आम्दानी

Kumari bank ad

गोरखा। गोरखाको घ्याल्चोक–५ ज्यामिरेघाटका किसान हरिप्रसाद रेग्मीले बारीमा बन्दा, काउली, फर्सी, काँक्रो लगायतका तरकारी खेती गर्दै आएको वर्षौ भइसक्यो । तरकारी बेचेरै उनले घर खर्च मात्रै होइन बचत पनि गरेका छन्।

रेग्मीले भने, “पाँच रोपनी जग्गामा तरकारी लगाएको छु । तरकारी बेचेर वार्षिक डेढ लाख कमाउँछु ।” घ्याल्चोकस्थित खरखरेमा रहेको आफ्नो जग्गामा रेग्मी परिवारले तरकारी खेती गर्दै आएको छ । नजिकैबाट त्रिशूली नदी बगेपनि नदीको पानी बारीसम्म तान्न नसकिएको उनको गुनासो छ । सिँचाइको अभावले तरकारीको उत्पादन आशा गरेजस्तो छैन ।

त्रिशूलीको पानी बारीसम्म ल्याउन पहल नगरिएको होइन । “नदीमा पानी बगेको बग्यै छ तर जनताको खेत बाँझै छ सिँचाइका लागि सरकारी तथा गैरसरकारी सहयोग आवश्यक छ” स्थानीय किसान ओमकुमारी रेग्मीले भने, “पानीमा डुबाउँदा पनि नबिग्रने पानी तान्ने मोटर हामीलाई आवश्यक छ । ”

स्थानीय खोलाबाट कुलोमार्फत खेतमा पानी ल्याएर जसोतसो सिँचाइ गर्दै आएका ज्यामिरेघाटका किसान भूकम्पपछि पानीको स्रोत सुकेपछि निरास छन् । त्रिशूलीको पानी तानेर बारी सिँचाइ गर्नुको विकल्प नरहे पनि टिकाउ खालका मोटर खरिद गर्न नसक्दा उनीजस्ता किसान चिन्तामा छन् । पाँचरसात हजार लगानी गरी खरिद गरेको मोटर एक साता पनि नटिकेपछि उनीहरुलाई चिन्तित बनाएको हो ।

घ्याल्चोकका किसान तरकारी खेती गरेरै जीवन निर्वाह गर्छन् । यहाँका किसानले वार्षिक एक लाखदेखि दश लाखसम्म तरकारी बेचेरै आम्दानी लिने गरेका छन् । व्यावसायिकरुपमा तरकारी खेती गर्दै आएका किसान मिलेर जनकल्याण ताजा तरकारी तथा कृषि सङ्कलन केन्द्र पनि सञ्चालन गरेका छन् ।
यस्तै सहकारी मार्फत किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराइएको छ । सहकारीका सदस्यसचिव राजु रेग्मीले भने, “घ्याल्चोक–५ मा ९५ हेक्टर क्षेत्रफलमा विभिन्न जातका तरकारी खेती हुँदै आएको छ । वार्षिक एक हजार आठ सय मेट्रिक टन तरकारी उत्पादन हुन्छ । तरकारी बिक्रीबाटै वार्षिक रु। १७ करोड कमाएका छौँ ।”

घ्याल्चोकमा तरकारी सङ्कलन गरी बिक्री गर्न तीनओटा सहकारी सक्रिय छन् । निर्वाहमुखी तवरले तरकारी खेती गर्दै आएका घ्याल्चोकका किसानले व्यावसायिक रुपमा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएको धेरै वर्ष भइसकेको छ ।

घ्याल्चोकमा उत्पादन भएको तरकारी काठमाडौँ, चितवन, पोखरालगायत बजारमा बिक्री हुने गरेको छ । बारीमा फलेका तरकारी किसानले दिनहुँ सहकारीमार्फत सञ्चालन भएका सङ्कलन केन्द्रसम्म पुयाउँछन्, व्यापारी ट्रक लिएर सङ्कलन केन्द्रमै आउँछन् र सहकारीले तोकेको मूल्यमा तरकारी खरिद गरी लैजाने गरेका छन् । तरकारी खेती गर्न किसानलाई जिल्ला कृषि विकास कार्यालयले पनि बीउ र सिँचाइ गर्न कुलो निर्माणमा सहयोग गर्दै आएपनि उल्लेख्य मात्रामा सिंचाई गर्न कठिन छ ।

कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यामकुमार श्रेष्ठले घ्याल्चोकमा रु तीन लाख ८५ हजारको लगानीमा हालै कुलो निर्माण गरिएको बताए । “तरकारीको बीउ, मल खरिदमा अनुदान र तरकारीलाई रोग, कीराबाट जोगाउन प्राविधिक सहयोग गर्दै आएका छौँ”, श्रेष्ठले भने ।

२३ फागुन २०७३, रासस, ३।००

वि.सं.२०७३ फागुन २३ सोमवार १५:५४ मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...