back
NMB ad

 चार दिनदेखि ठप्प छ तातोपानी

Kumari bank ad

काठमाण्डौं । म्याग्दीको नारच्याङको घरापमा रहेको तातोपानी साना जलविद्युत् आयोजनामा चार दिनदेखि विद्युत् उत्पादन बन्द भएको छ । दुई मेगावाट क्षमताको आयोजनाको बाँध लेदोले पुरिएको र सुरुङभित्र लेदो थुप्रिएकाले विद्युत् उत्पादन बन्द भएको हो ।

नारच्याङको भित्रीवनमा एक महिनाअघि गएको पहिरोले घलेम्दी खोला थुनिएर बनेको तलाउ खुलेर शुक्रबार साँझ आएको लेदोसहितको बाढीले आयोजनाको बाँध र सुरुङ पुरिएको छ ।

काठ, गेगर र बालुवासहितको बाक्लो लेदोले बाँध पुरिएको र सुरुङभित्र पनि पसेकाले विद्युत् उत्पादन ठप्प भएको आयोजनाका कर्मचारी खिमबहादुर पुनले जानकारी दिए ।

आयोजनाका प्रमुखसहितको टोली आज बाँध क्षेत्रको निरीक्षणमा गएको छ । बाँध र सुरुङमा थुप्रिएको लेदो नहटाउँदासम्म विद्युत् उत्पादन बन्द हुने पुनले बताए ।

विसं २०४६ मा निर्माण भएको म्याग्दीको एकमात्र उक्त विद्युत्गृहका टर्वाइन, जेनेरेटरलगायतका उपकरण मर्मत हुन नसक्दा हाल ८०० किलोवाट विद्युत् उत्पादन हुने गरेको थियो । उक्त आयोजना बन्द भएपछि उत्तरी म्याग्दीको नारच्याङ, दाना, भुरुङ तातोपानीका साथै तल्लो मुस्ताङमा विद्युत् आपूर्ति भएको छैन ।

यसअघि विद्युत्भार कटौती नहुने मुस्ताङ र उत्तरी म्याग्दीका बासिन्दा आयोजना बन्द भएपछि विद्युत्भार कटौतीको मारमा परेका छन् ।

१६ चैत २०७२, १.००

वि.सं.२०७२ चैत १६ मंगलवार १५:१७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...