back
NMB ad

अब चिठ्ठा पर्ने १५ सयले मात्र चलाउन पाउनेछन् ट्याक्सी

Kumari bank ad

काठमाण्डौं । भूकम्पपीडितका लागि दिने भनिएको ट्याक्सीका लागि हाते पुस्तिका तयार भएको छ।यातायात व्यवस्था विभागले ट्याक्सीका लागि आवेदन दिएका व्यक्तिको नामावली सहितको हातेपुस्तिका सम्वन्धित जिल्लामा पठाउने भएको छ।

पुस्तिकामा नाम लगायतका विवरणमा गल्ती भएमा सच्याउन पाँच दिनको समय पाउने विभागले जनाएको छ।विगतमा नाम गल्ती हुँदा ट्याक्सी परेपनि नपाउने अवस्था भएपछि हातेपुस्तिकाको व्यवस्था विभागले गरेको हो।

गल्ती भए सच्याउने, छुटेको भए दाबी विरोध गर्नेलार्इ पाँच दिनको समय दिने विभागको योजना छ,विभागका प्रवक्ता डा टोकराज पाण्डेले भने, समयभित्र दाबी विरोध गरिसकेपछि फाइनल पुस्तिका प्रकाशन गर्ने र चैत महिनाको २६ गते शनिबारसम्म चिठ्ठा प्रणालीमा लगेर र्यान्डम छनोट विधिबाट ट्याक्सी पाउनेहरुको नाम प्रकाशन गरिनेछ।

भूकम्पपीडितकालागि १५ सय ट्याक्सी थप्ने तयारी छ। तर यो ट्याक्सीका लागि१ लाख ४६ हजारको आवेदन परेको छ।आगामी बैशाखबाट दर्ताको प्रक्रियामा जाने र भुकम्पपीडितले नयाँ वर्षमा ट्याक्सी पाउने उनले बताए।

१५ सय ट्याक्सी वितरणको योजना अघि बढाएकोमा झण्डै डेढ लाख आवेदन परेपछि कसरी समाधान खोज्ने भन्न्बारे विभाग दुविधामा थियो । कम्प्युटर म्यानुअल विधिमा गएर हातैले चिठ्ठा थुतेर भाग्यमानीलार्इ ट्याक्सीको नम्बर दिने निर्णय गरेको पाण्डेले बताए।

बिभागका अनुसार चिठ्ठा थुतेर परेका १५ सय भाग्यशालीलार्इ यातायातले नम्बर दिन्छ । भुकम्पपीडित आफैले ट्याक्सी किन्ने तथा कर राजश्व महसुल सबै बुझाउनुपर्छ । नम्बर पाएपछि चलाउन जान्नेले आफैं चलाउने तथा नजान्नेले अरुको सहायताबाट चलाउन सक्छन् । त्यसबाट प्राप्त प्रतिफल भुकम्पपीडितका लागि हुने उनले बताए।

५ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन ५ बिहीवार १३:३५ मा प्रकाशित

You can share this post!

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...