back
NMB ad

भूकम्पपीडितको ट्याक्सीको गोलाप्रथा जेठ १३, १४ र १५ गते,१५ सय थान क कसलाई ?

Kumari bank ad

काठमाडौ। भूकम्प अतिप्रभावित १४ जिल्लाका भूकम्पपीडितले जेठ १३, १४ र १५ गते १५ सय थान ट्याक्सीको नम्बर प्लेट पाउने भएका छन् । ट्याक्सीका लागि आवेदन दिएकामध्येबाट गोला प्रथामार्फत १५ सय जनालाई ट्याक्सीको प्लेट दिइनेछ ।

यसअघि नै भूकम्पपीडितका यातायात ब्यवस्था विभागले ट्याक्सी वितरण गर्न आवेदन मागेको थियो । विभागका प्रवक्ता डा. टोकराज पाण्डेले सार्वजनिक रुपमा कार्यक्रम गरेर गोलाप्रथा गरिने बताए । टिभी टुडेमार्फत कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिनेछ ।

आवेदकमध्येबाट भाग्यशाली १५ सय जना पीडितले स्वरोजगारीका लागि ट्याक्सीको नम्बर प्लेट पाउनेछन् । बितेको साउन ५ देखि भदौ ५ सम्म एक लाख ४९ हजार पाँच सय ५८ भूकम्पपीडितले ट्याक्सीका लागि आवेदन दिएका थिए ।

भूकम्पबाट अति प्रभावित भएका १४ दोलखा, गोरखा, सिन्धुपालचोक, काभ्रेपलाञ्चक, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौ, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुङ्गाका भूकम्पपीडितहरुले आवदेन दर्ता गराएका हुन् । विभागले ट्याक्सीको नम्बर प्लेट मात्रै उपलब्ध गराउने र ट्याक्सी खरिदमा कुनै सहुलियतथ वा अनुदान नदिइने जनाएको छ ।

सरकारले भूकम्पपीडितहरुलाई लक्षित गर्दै काठमाडौंमा १५ सय नयाँ ट्याक्सी वितरण गर्ने निर्णय गरेको थियो । भूकम्पपीडितहरुलाई स्वरोजगार बनाउन सरकारले २०७२ जेठमा नै ट्याक्सीको दर्ता खुलाउने निर्णय गरेको थियो ।

अब अहिलेकाभन्दा गुणस्तर र क्षमताभन्दा कम नहुने गरी १५ सय थान ट्याक्सी वितरण गर्न लागिएको विभागले जनाएको छ । निर्वाचन आचारसंहिताका कारण चैत २६ मा गर्ने भनिएको चिठ्ठा स्थगित गरिएको थियो ।

प्रकाशित मितिः २०७४ जेठ ७

वि.सं.२०७४ जेठ ७ आइतवार १२:१३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...