back
NMB ad

भूकम्प पीडितहरुका लागि १५ सय ट्याक्सी संचालन गर्न आबेदन खुल्ला

Kumari bank ad

काठमाडौ । यातायात व्यवस्था विभागले काठमाण्डौंमा ट्याक्सी चलाउनको लागि १५ सय ट्याक्सी संचालन गर्न दिन आवेदन खुला गरेको  छ । विभागले भूकम्प पीडितहरुलाई लागि यो आवेदन खुला गरेको हो ।
taxi
विभागले शनिबार सूचना प्रकाशित गर्दै साउन ५ गतेदेखि भदौ २ गतेभित्र भूकम्प प्रभावित जिल्लाका वासिन्दाले आवेदन दिन सक्ने उल्लेख गरेको छ ।  भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई स्वरोजगार दिने उदेश्यले भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले गत वर्षको जेठमा यो निर्णय गरेको थियो ।

विभागका अनुसार सरकारद्धारा निर्धारित १४ जिल्लाका भूकम्प प्रभावित बासिन्दाले आवेदन दिन पाउनेछन् । आवेदन दिँदा हालसालै खिचिएको पासपोर्ट साईजको फोटो एक प्रति, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, भूकम्प पीडित भएको आधिकारिक प्रमाणपत्रको सक्कल एवं सोको प्रतिलिपी पेश गर्नुपर्ने विभागले जनाएको छ ।

भूकम्प पीडितले सक्कल नागरिकतासहित स्वंय उपस्थित हुनुपर्ने व्यवस्था विभागले गरेको छ । विभागका अनुसार एक भूकम्प पीडितले एउटामात्रै आवेदन दिने पाउनेछन् । भूकम्प पीडितको प्रमाणपत्र भएको व्यक्ति स्वयंको दस्तखत र ल्याप्चेसहित निवेदन फाराम दर्ता गर्नुपर्ने विभागले जनाएको छ । १५ सय भन्दा बढी आवेदन परेमा गोलााप्रथामार्फत ट्याक्सीको छनौंट गरिने विभागले जनाएको छ ।

प्रकाशितः २०७३ साउन १

वि.सं.२०७३ साउन १ शनिवार १२:४१ मा प्रकाशित

You can share this post!

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...