back
NMB ad

युरोपको बजारसम्म नेपाली चियाः चिया महोत्सव आयोजना

Kumari bank ad

सोलुखुम्बु। चिया व्यवसायको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले सोलुखुम्बुको भकान्जेमा पहिलोपटक चिया महोत्सव आयोजना गरिएको छ ।

डेनमार्कको एसिटी पर्च कम्पनी, हिमालयन प्रोजेक्ट डेनमार्क, हिमालयन प्रोजेक्ट नेपाल तथा सगरमाथा जैविक चिया प्रशोधन सहकारी भकान्जेको संयुक्त आयोजनामा सो महोत्सव आयोजना गरिएको हो ।

भकान्जेमा उत्पादन गरिएको जैविक चियालाई युरोपको बजारसम्म विस्तार गर्न महोत्सव गरिएको हिमालयन प्रोजेक्ट नेपालका निर्देशक नाम्गेल जाङ्बु शेर्पाले बताए ।

महोत्सवमा युरोपका बजारमा निर्यात हुने चियाको गुणस्तरका सम्बन्धमा कृषकलाई तथा भकान्जेमा उत्पादन हुने चियाको गुणस्तरका सम्बन्धमा एसी टी पर्चका व्यक्तिलाई जानकारी गराइएको छ । तीन वर्ष अगाडिदेखि खेती सुरु गरिएको चियाको गुणस्तर मापन गर्न डेनमार्क र नेपालका विज्ञको टोलीसमेत महोत्सवका क्रममा भकाञ्जेमा पुगेको छ ।

महोत्सवमा उत्कृष्ट चिया उत्पादकका रुपमा कृषक आङ्डोल्मा शेर्पालाई पुरस्कृत गरिएको छ । ६५ जना सहभागी महोत्सवमा प्रथम भएकी शेर्पालाई रु १० हजार नगदसहित पुरस्कृत गरिएको शेर्पाले जानकारी दिए । त्यस्तै, महोत्सवमा द्वितीय हुने आङ्दावा शेर्पालाई रु छ हजार र तृतीय हुने जाङ्मु शेर्पालाई रु तीन हजार नगद प्रदान गरिएको थियो ।

प्रकाशित मितिः २०७३ कार्तिक २५

वि.सं.२०७३ कात्तिक २५ बिहीवार २०:५४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...