back
NMB ad

पावर कम्पनीले स्थानीयलाई १०, सर्वसाधारणलाई २० प्रतिशत सेयर दिने !

Kumari bank ad

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र तेह्रथुम पावर कम्पनीबीच विद्युत् खरिद सम्झौता भएको छ । प्राधिकरण र कम्पनीबीच सोमबार उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

कम्पनीले २०७६ पुुुस १ गते आयोजना सम्पन्न गर्ने गरी कार्य अगाडि बढाएको छ । आयोजनाले जग्गा खरिद र पहुँचमार्ग निर्माणको काम सुरु गरिसकेको जनाएको छ । आयोजना बनाउन रु एक अर्ब ३४ करोड लाग्नेछ ।

कुल लगानीको  ३० प्रतिशत प्रवद्र्धक र ७० प्रतिशत ऋण लगानी गरी आयोजना अगाडि बढाउन लागिएको जानकारी दिँदै कम्पनीका प्रबन्ध निर्देशक मोहनकुमार डाँगीले स्थानीयबासीलाई १० प्रतिशत र आम नागरिकलाई २० प्रतिशत सेयर वितरण गरिने बताए।

कम्पनीका प्रबन्ध निर्देशक मोहनकुमार डाँगीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको लामो छानबिनका कारण आयोजना दुई वर्ष छ महिना ढिला भए पनि सम्झौता गर्न आफूहरु सफल भएको जानकारी दिए।

प्रबन्ध निर्देशक डाँगीका अनुसार वर्षादको समयमा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा सम्झौता गरिएको हो । तेह्रथुम पावर कम्पनीले ७ दशमलब ५ मेगावाट क्षमताको माथिल्लो खोरङाखोला आयोजनाको निर्माण प्रक्रिया सुरु गरेको छ । आयोगले वित्तीय व्यवस्थापन गर्न नसकेको भन्दै उक्त आयोजनाको अनुमतिपत्र खारेज गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो ।

ऊर्जा मन्त्रालयले एक सय मेगावाट क्षमतासम्मको आयोजनाको विद्युत् खरिद सम्झौता गर्ने अख्तियारी प्राधिकरणका कार्यकारी निर्देशकलाई दिएपछि पछिल्लो दिनमा निजी क्षेत्रका प्रवद्र्धकको आयोजनाको सहज रुपमा सम्झौता हुन थालेको भन्दै प्रबन्ध निर्देशक डाँगीले खुसी व्यक्त गरे । आयोगको कारबाहीमा नपरेको भए आयोजना २०७४ पुसमा सम्पन्न हुने थियो ।

१ मंसिर २०७३, १०।००

वि.सं.२०७३ मंसिर १ बुधवार १०:४५ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...