back
NMB ad

तेज र अग्नि सिमेन्टलाई किन लगाइयो प्रतिबन्ध ?

Kumari bank ad

काठमाडौं । गुणस्तर तथा नापतौल विभागले गुणस्तरहिन सिमेन्ट उत्पादन गरेको भन्दै दुई सिमेन्ट उद्योगलाई उत्पादन बिक्री वितरणमा रोक लगाएको छ ।

विभागले शुक्रवार विज्ञप्ति जारी गर्दै इस्टर्न कसमस सिमेन्ट मोरङबाट उत्पादित तेज ब्रान्ड र ओम सिमेन्टबाट उत्पादित प्राइम ब्रान्डको सिमेन्ट विक्री वितरणमा रोक लगाएको हो । विभागका प्रवक्ता रोमी मानन्धरद्वारा जारी विज्ञप्तिमा गुणस्तर परीक्षण गर्दा कमसल देखिएकोले विक्री वितरणमा रोक लगाइएको हो । तेज ब्रान्डमा फ्लाइएसको मात्रा बढी देखिएको थियो । विभागका अनुसार फ्लाइएस (घुलनशिल पदार्थ) को मात्रा २५ प्रतिशत भन्दा कम हुनुपर्नेमा तेज ब्रान्डमा ३८ प्रतिशत देखिएको थियो ।

१५ दिनभित्र इस्टर्न कसमसले चितबुझ्दो जवाफ नदिए नेपाल गुणस्तर चिन्ह समेत खोसिनेछ स्रोतले बतायो। चितवनमा रहेको ओम सिमेन्टले गुणस्तर चिन्ह नलिई प्राइम ब्रान्डको सिमेन्ट विक्री गरेको विभागले जनाएको छ । यो सिमेन्टमा पनि फ्लाइएसको मात्रा बढी भेटिएको छ ।

gunastar jpg

विजुलीको तार पनि गुणस्तरहीन

विभागले विजुलीको तार गुणस्तरहीन उत्पादन गरेको भन्दै तीन उद्योगको तार बिक्रीमा रोक लगाएको छ । मेगा केवल, लुम्विनी केवल र शिखर केवुलका तार गुणस्तरहीन रहेको भन्दै विक्री वितरणमा रोक लगाएको हो ।

मेगा केवलको मेगा ब्रान्डको पिभिसी केवुलको मास अफ कन्डक्टरको मान आवश्यकता अनुसार नरहेको भन्दै बजारमा पुगेका सबै तार फिर्ता लिन निर्देशन दिएको छ । विभागले उत्पादित तार विक्री वितरणमा समेत रोक लगाएको छ । लुम्विनी केवलको लुम्विनी ब्रान्डको ३र०.७१, ३र०.९१. ७र०.७१ र ७र०.९१को पिभिसी केवुलको कन्डक्टरको व्यास र तौल आवश्यकता अनुसार नभएको भन्दै सबै उत्पादन फिर्ता लिएर विक्री वितरण रोक्न विभागले निर्देशन दिएको छ ।

शिखर केवुलको शिखर ब्रान्डको ३र०.७१को पिभिसी केवुलको कन्डक्टरको व्यास, तौल र रेजिष्टेन्स आवश्यकता अनुसार नभएको भन्दै सबै उत्पादन फिर्ता लिएर बिक्री वितरण रोक्न विभागले आदेश दिएको छ ।

२९ फागुन २०७२ /११ ३०

वि.सं.२०७२ फागुन २९ शनिवार ११:३९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...