back
NMB ad

छयासी लाख ठगी रकमसहित छ जना पक्राउ

Kumari bank ad

विराटनगर । ठगी गरेको आरोपमा एक जना भारतीयसहित छ जनालाई रु ८६ लाख रकमसहित प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलनको आयोजना गरी मोबाइलमा चिठ्ठा परेको भन्दै विभिन्न जिल्लाका मानिसलाई ठगी गरेको आरोपमा सुनसरी दुहबी नगरपालिका– ६ बस्ने २९ वर्षीय बलराम विश्वास, विराटनगर महानगरपालिका– ७ बस्ने ५५ वर्षीय अनुपचन्द सेठिया, सोही स्थानका ४० वर्षीय ललित सेठिया, सोही स्थानका ३४ वर्षीय विमलकुमार चिरानिया, २७ वर्षीय श्रवणकुमार साह र भारत दरभंगा सुन्दरपर–२ बस्ने ३७ वर्षीय पंकज कर्णलाई विराटनगर– ७ स्थित सेठियाको कार्यालयको कोठाबाट नगद रु ८६ लाख ५९ हजार ३४५, भारतीय रु एक हजार, चाँदीको टुक्रा चार थान, चाँदीको सिक्का दुई थान र मोबाइल छ थान र अन्य कागजागतसहित बिहीबार पक्राउ गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले निजले पर्वत देउपुर गाउँपालिका–२ बस्ने ४२ वर्षीया संगीताकुमार गुरुङ र धरान उपमहानगरपालिका– १५ बस्ने ६३ वर्षीय लालबहादुर मगरलाई पाकिस्तानबाट फोन गरी रु ४० लाख चिठ्ठा परेको छ भन्दै पटकपटक गरी रु चार लाख ५३ हजार, बुटवल, सुनसरीको इटहरी, मोरङको विराटनगरमा रकम आइएमइ गरी पठाउन लगाएको पुनःथप रकम माग्ने क्रममा शंका लागी प्रहरीलाई खबर गरी पक्राउ गरिएको हो ।

निजले मोबाइलमा चिठ्ठाको तस्वीर पठाइ भारतको मुम्बइको नम्बरमा फोन गर्न लगाइ नेपालको विभिन्न जिल्लामा रहेको आइएमइ केन्द्रमा माग भएअनुसारको रकम पठाउन लगाउने र सो रकमपछि विदेशमा हुण्डीमार्फत पठाउने गरिएको प्रहरीले जनाएको छ ।

निज छ जनालाई आजै अदालतबाट ठगी मुद्दामा आवश्यक अनुसन्धानका लागि सात दिनको म्याद गरिएको जानकारी दिए ।

निजबाट ठगिएका अन्य व्यक्ति आउनेक्रम जारी रहेको थप अनुसन्धानका लागि विशेषज्ञको टोली प्रहरी केन्द्रीय कार्यालयबाट माग गरिएको प्रहरी उपरीक्षक बिसीले पत्रकारलाई बताए ।

वि.सं.२०७४ मंसिर १ शुक्रवार २१:०८ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...