back
NMB ad

नयाँ वर्षमा थाइल्याण्ड घुम्ने कि ? आयो ५ दिन ४ रातको प्याकेज

Kumari bank ad

काठमाण्डौं । आउटलुक नेपाल टुर्स एण्ड ट्राभल्सले ५६ हजार रुपैयाँमा ५ दिन चार रातको थाइल्याण्ड टुर प्याकेज ल्याएको छ । सस्तो देखि महंगोसम्म टुर प्याकेज हुनेगरे पनि यो मध्यम रेट भएको कम्पनीका प्रबन्ध निर्र्देशक उद्धव कुमार कोइरालाले जानकारी दिए ।

‘ यो ५६ हजारको प्याकेजमा काठमाडौं एयरपोर्टबाट यात्रागरेपछि फर्केर आएसम्म पर्छ तर ग्रहकलाई प्याकेज बाहिरको अन्य खर्च भने यात्रुले नै खर्चनुपर्छ’ उनले भने। यो प्याकेजमा कम्पनीले भ्रमण टोलीलाई तीनतारे होटलमा बसाउने छ र अंग्रेजी बोल्ने गाइडको व्यवस्था, प्रईभेट सवारीको व्यवस्था गर्नेछ । तर यो भन्दा सस्तो प्याकेजको लागि त्यही अनुसारको सेवा सुविधा भएको आउटलुक नेपाल टुर्स एण्ड ट्राभल्सका निर्देशक पुष्पराज भण्डारीले जानकारी दिए ।

प्याकेज अनुसार, भ्रमण टोली पहिलोदिन काठमाडौंबाट ब्याङ्कक पुगेपछि रेष्टुरेन्टमा खाना खाएर त्यो दिन त्यहीको तीन तारे होटलमा बास बस्नेछ । दोस्रो दिन बिहान थाइल्याण्डको पुरानो राजधानी ट्याम्पल अफ डाउन जानेछ त्यहाँ घुमेपछी त्यही दिन पटाया पुग्नेछ र त्यँहाको टाइगर जु को अवलोकन गर्नेछ । र त्यो दिन त्यहीको होटलमा बस्नेछ ।

तेस्रो दिन टोली कोरल आइल्याण्ड जानेछ त्यहा डुङ्गामा घुम्ने तथा वाटर गेमहरु खेल्नेछ । दिउसो खाजा खाएपछी पटायाको फ्लोटीङ मार्केट ९डुङ्गामा भएको बजार० घुम्नेछ र बेलुकी त्यँहाको कल्चरल प्रोग्रामहरु हेर्ने छ ।

चौथो दिन टोली ब्याङ्कक जानेछ र त्यहाको सफारी वल्र्ड जानेछ । त्यहाँ तालिम प्राप्त जनावरको मज्जा लिन सकिनेछ । त्यसपछी त्यहाँको सर्पको फार्म मौरीको फार्म हेरेर होटल फर्कनेछ । र पाँचौ दिन बिहान ब्रेकफास्ट गरेर काठमाडौ फर्किने छ।

१५ चैत २०७३, ९।३०

वि.सं.२०७३ चैत १५ मंगलवार ११:१६ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...