back
NMB ad

धादिङमा अब रुखबाटै १५ हजार टिप्न पाईने,कसरी टिप्ने ? पढ्नुहोस् !

Kumari bank ad

रबिना पौडेल,धादिङ । १ मुख ३ रुख, के भनेको होला भन्ने लाग्नसक्छ ? यो एक नारा हो । यो एक घरमुली अर्थात् एक मुखलाई आधार मानेर प्रतिघर ३ वटा रुख दिने अभियान हो । यो नारा मात्रै होईन धादिङ जिल्लाको थाँक्रे गाउँपालिकाले आफ्नो बजेट नीति तथा कार्यक्रम अन्तर्गत एक मुख ३ रुख भन्ने अभियान संचालनमा ल्याएको छ ।

आईतबार एक कार्यक्रम गरी थाँक्रे गाउँपालिकाले एक मुख तीन रुख अभियानलाई बस्ती–बस्तीसम्म पुर्याएको छ । गाउँपालिकाले अभियान अन्तर्गत सुनकागतीको बिरुवा वितरण गरेको हो । अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष अम्बिका रुपाखेती लगायतको उपस्थितिमा गाउँपालिकाले उक्त कार्यक्रम अगाडि बढाएको हो ।Thakre lemon plant

गाउँपालिकाले वडा नं.९ र १० का ५७ समूहका १३३९ घरधुरीलाई ४ हजार १५० वटा सुनकागतीको बिरुवा वितरण गरिएको हो ।
सुरुवातमा मानिसको स्वास्थ्यलाई मध्यनजर गरेर अगाडि बढाईने उक्त कार्यक्रम धादिङ जिल्लाकै नमूना कार्यक्रम अन्तर्गत पर्ने दाबी गरिएको छ ।

हरेक बार खाना चार, भन्ने नारासहित हरेक परिवारमा खाना खाँदा फलफूल अनिवार्य समावेश हुनुपर्छ भन्ने सन्देश सहित कार्यक्रम अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले बताए ।

बिरुवा वितरण गर्दै गाउँपालिकाकी उपाध्यक्ष अम्विका रुपाखेतीले गाउँपालिकालाई हरियाली, सफा,सुन्दर र स्वच्छ बनाउनुका साथै स्थानीयको आयआर्जन बढाउने उद्धेश्यले उक्त कार्यक्रम संचालनमा ल्याईएको जानकारी दिईन् ।

पोषण स्वास्थ्यको हिसाबले उक्त कार्यक्रम एकदम फलदायी रहेको कार्यक्रममा जानकारी दिईयो । आधारशिला सामाजिक उद्यमी महिला सहकारीको व्यवस्थापनमा गाउँपालिकाले उक्त कार्यक्रम अगाडि बढाएको हो ।Thakre lemon plant4

बिरुवा वितरण कार्यक्रममा बोल्दै सहकारीकी अध्यक्ष प्रमिला पण्डितले कागती रोपेर १ रुख बराबर बार्षिक ५ हजार रुपैंया आम्दानी लिनसक्ने बताईन् । यस अनुसार एक घरधुरीले कागतीको बोटबाटै १५ हजार टिप्नसक्ने उनको दाबी छ ।

प्राबिधिकको सिफारिसअनुसार माटो परिक्षण गरी सुन कागती रोप्ने कार्यक्रम अगाडि बढाईएको गाउँपालिकाले जनाएको छ ।Thakre lemon plant2                                             कागती बहुवर्षे बिरुवा भएकाले दश वर्ष भन्दा बढि समय टिक्न सक्छ । त्यसैले गाउँपालिकाको अभियान अन्तर्गत स्थानीयले मनग्ये आम्दानी लिन सक्नेछन् ।

प्रकाशित मितिः२०७४ साउन २३

वि.सं.२०७४ साउन २३ सोमवार १३:१५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...