back
NMB ad

थाक्रे गाउँपालिकाको गाउँ सभामा अध्यक्ष रामकुमार आचार्यद्वारा प्रस्तुत नीति तथा कार्यक्रम

Kumari bank ad

local government of nepal photo

थाक्रे गाउँपालिकाको गाउँ सभामा अध्यक्ष रामकुमार आचार्यद्वारा  प्रस्तुत नीति तथा कार्यक्रम

अध्यक्ष महोदय,
थाक्रे गाउँपालिकाको सम्मानित प्रथम गाउँ सभाको महत्वूर्ण अवसरमा सर्वप्रथम त लोकतान्त्रिक नेपालको राज्य व्यवस्था परिवर्तनका विभिन्न आन्दोलन र अभियानहरुमा जिवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरु प्रति भावपूर्ण श्रद्घाञ्जली अर्पण गर्दै यस क्रममा घाईते, अपांगता भएका सम्पूर्ण योद्धाहरु, टुहुरा परिवारजन प्रति ऋणि भएको महशुस गर्दै सदा यहाँहरुकै सेवामा तल्लिन हुने प्रतिवद्धता यसै सभा समक्ष व्यक्त गर्न चाहन्छु ।
नेपाली जनताले पटक पटक गरेको त्याग र बलिदान, ऐतिहासिक जन आन्दोलनको गौरवपूर्ण इतिहासकोे जगमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात गर्दै संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभावाट पारित नेपालको संविधान २०७२ को पहिलो कार्यान्वयन स्वरुप सम्पन्न स्थानीय तहको निर्वाचन मार्फत नेपालको इतिहासमा पहिलोपटक गठन भएकोे ऐतिहासिक गाउँ सभामा स्थानीय सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा अर्थात सिंह दरवारको अधिकार जनताको घर दैलोमा रहेको स्थानिय तहमा नै प्रयोग गर्ने अवसर प्राप्त गर्यौं भन्न पाउँदा अत्यन्त खुसी एवं गौरवान्दित भएको अनुभुत गरेको छु ।
यो निर्वाचनमा आफ्नो अमुल्य मतदान गर्नुहुने सम्पुर्ण मतदाता, निर्वाचन सम्पन्न गराउन खट्नुह्ने सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षाकर्मी, पत्रकार, मानवअधिकारबादी संघ संस्था, पर्यवेक्षक, स्वयंसेवक लगायत निर्वाचनमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग प्रदान गर्नु हुने सम्पूर्ण महानुभावहरु प्रति हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्न चाहन्छु । साथै विगत १५ वर्षदेखि स्थानिय जनप्रतिनिधि विहिन अवस्थामा जनताको आवश्यकता र गुनासोको आंसिक रुपमा भएपनि सम्बोधन गर्दै विकासका गतिविधि नियमित संचालनका लागि अहोराद्र खट्नुहुने साविक जिल्ला विकास समिति अन्तर्गत स्थानिय विकास अधिकारी र सम्पूर्ण कर्मचारीहरु, साविक गाविस सचिव, नागरिक सचेतना केन्द्र, वडा नागरिक मञ्चका संयोजकहरु, सामाजिक परिचालकहरु, विकास अभियानमा साझेदारी र खवरदारी गर्ने गैरसरकारी संस्था एवं नागरिक समाज लगायत सम्पूर्ण राजनैतिक संयन्त्रहरुले निर्वाह गर्नु भएको भुमिकाको उच्च प्रशंसा गर्दै यो सह्रानिय कार्यप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
नेपालको राजनैतिक ईतिहासमा राजनैतिक व्यवस्था परिवर्तनको लागि जनताहरुले सामना गर्नु परेको १०४ वर्षे जहानियाँ राणा शासन, ३० वर्षे पञ्चायती शासन, वहुदलिय प्रजातान्त्रिक व्यवस्था, शसस्त्र संघर्षले निम्त्याएको संक्रमण काल व्यतित हुदै संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने क्षण सम्म आईपुग्न नेपाली जनता पटक पटक आन्दोलित हुनु परेको दशकौ वितेको छ । यसको उपलब्धिको रुपमा सार्वभौम अधिकार सम्पन्न संविधान सभाले नेपाली जनताको अधिकारहरु संस्थागत गर्दै नेपालको संविधान २०७२ जारी भएसंगै अधिकार प्राप्तिको राजनीतिक संघर्ष समाप्त गर्दै संविधानको कार्यान्वयन मार्फत आर्थिक समृद्धिका लागि जुट्ने अवसर प्राप्त भएको छ । लामो द्धन्द्ध, अस्वस्थ राजनीतिक प्रतिस्पर्धा र अस्थिरतामा गुज्रिएको नेपाली समाजलाई दीगो आर्थिक समृद्धिको लक्ष्यतर्फ डो¥याउने मात्र होईन दौडाउनु पर्ने आवश्यकताको माझ आगामी आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम अब म यस गरिमामय सभा समक्ष प्रस्तुत गर्न चाहन्छु ।
ड्ड नेपालको संविधानले तीन तहको स्थानीय सरकारको व्यवस्था गरेसंगै जनताको समिपको सरकारको रुपमा स्थानीय तहले स्थानीय सरकारको रुपमा संवैधानिक अधिकार प्राप्त गरेको छ । विगतका वर्षहरुमा पनि स्थानीय निकायलाई स्थानीय सरकारकै रुपमा परिभाषित गरिने गरेको भएपनि संवैधानिक व्यवस्था नहुँदा केन्द्र सरकारले ऐन निर्माण गरेर प्रदान गर्ने अधिकारको भरपर्नुे बाध्यात्मक अवस्थाबाट नेपालको संविधान २०७२ को धारा ५६ मा राज्यको संरचनामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुनेछ भन्ने व्यवस्था भएको छ भने धारा ५७ को उपधारा ४ मा स्थानीय तहको अधिकार संविधानकै अनुसूची–८ मा उल्लेखित विषयमा निहित रहनेछ र त्यस्तो अधिकारको प्रयोग यो संविधान र गाउँ सभा सभाले बनाएको कानून बमोजिम हुने व्यवस्था गरेको छ । यसर्थ अवको स्थानीय तह न केन्द्र सरकारको मातहतमा छ नत प्रदेश मातहतनै । यसर्थ प्राप्त अधिकारको समुचित प्रयोगवाट गाउँपालिका क्षेत्रभित्रको विकास, सेवा प्रवाह र जनउत्तरदायि र जवाफदेही सरकारको प्रत्याभूति हुने गरी स्थानीय तहले कार्यगर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।
ड्ड भर्खरै जनताको उत्साहपूर्ण सहभागितामा स्थानीय तहमा सम्पन्न निर्वाचनबाट स्थानिय तहको गठन भएको छ र हामी जनप्रतिनिधिहरु निर्वाचित भएका छौं तर शासन संचालनको मेरुदण्डको रुपमा रहेका कानूनहरु सम्पूर्ण रुपमा अभाव रहेको अवस्था छ, त्यसकारण पनि हामीले कैयन कानूनहरुको निर्माण गर्नुपर्नेछ । संविधान, संघ तथा प्रदेश कानूनसंग नबाझिनेगरी स्थानीय तहले कानूनहरुको निर्माण गर्नुपर्ने भएकोले सो सम्बन्धमा आवश्यकताका आधारमा कानूनहरुको निर्माण गरी स्थानीय तहलाई व्यस्थित गर्दै लगिने क्रम शुरु गरिएको छ ।

स्थानिय तहको कानुन निर्माण
ड्ड संविधानले तीन तहका अधिकारहरुको बाँडफाँड गरेका भएपनि अझै धेरै विषयहरुलाई साझा अधिकार भित्र राखेको छ । साविकमा स्थानीय स्वायत्त शासन ऐनले स्थानीय निकायलाई दिएको कतिपय अधिकारहरु अहिले प्रदेश र स्थानीय तहको साझा अधिकार सूची भित्र राखिएकोले उक्त अधिकारको प्रयोगमा द्धिविधा भएको छ । संविधानले कानून बनाई उक्त साझा अधिकारहरुको प्रयोग सम्बन्धी व्याख्या गर्ने व्यवस्था गरेको हुँदा संसदवाट यथासिध्र तत् कानूनहरुको निर्माण हुनुपर्ने देखिन्छ ।
गाउँ पालिका तथा वडा पालिका कार्यालय भवन निर्माण
ड्ड स्थानीय तहको पुर्नसंरचनाले भौगोलिक रुपमा गाउँपालिका गठन भयो तर भौतिक पूर्वाधारहरुको पूर्ण रुपमा अभाव रहेको छ । हिजो स्थानीय निकायका गाउँ विकास समिति रहेको स्थानपनि धेरैजसो वडाको केन्द्र निर्धारण गर्न नसकिने अवस्था छ । गाउँ पालिकाको कार्यालय, वडा कार्यालयहरु नयाँ निर्माण वा भाडामै लिएर पनि व्यस्थित कार्यालयहरु संचालन गरी प्रभावकारी सेवा प्रवाहलाई उच्च प्राथमिकता दिईनेछ । यस अवधिमा गाउँ पालिका र वडाको आफ्नै भवन निर्माणका लागि केन्द्रको पायक परेको ठाउँमा जग्गा खरिद वा लिजमा लिई भवन निर्माण कार्य सुचारु गर्न यसै वर्ष १ वटा गाउँ पालिकाको भवन र ५ वटा वडा कार्यालय भवन निर्माण कार्य शुचारु गरिनेछ । यसका लागि स्थानिय जनतासँग सहकार्य गरी जनश्रमदान, चन्दा, सहयोग आदी कार्यलाई प्रोत्साहन गरिनेछ ।

आवास तथा पुर्ननिर्माण एकिकृत वस्ति विकास
२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पबाट अकल्पनीय रुपमा भएको जनधनको क्षति र विध्वंशले आम नागरिकहरुलाई विछिप्त बनाएको छ । हाल सम्म आईपुग्दा यी सबै खालका क्षतिलाई भुल्दै विस्तारै सामान्य जिवनमा फर्कने क्रम अगाडी बढेको छ । अझैपनि कतिपय वास्तविक भुकम्प पीडितहरु लाभग्राहीको सूचीमा समावेस नहुँदा हामी सवैले पिडाको अनुभुति गरिरहनु परेको छ भने अर्कोतीर अनुदान सम्झौता गरी घर निर्माण प्रक्रिया अपेक्षित रुपमा आरम्भ हुन सकेको छैन । दक्ष जनशक्तिको अभाव, घर बनाउन पानीको समस्या र घर बनाउन अनुदान रकम कमी, बैदेशिक रोजगारीका कारण परिवारको सदस्यको अभाव, एकल महिला, लैङ्गिक हिंसा प्रभावित, बृद्धाहरुमा सहयोगी संयन्त्रको अभाव आदीे कारणले भुकम्प प्रतिरोधी घर निर्माण कार्यले तिब्रता लिन नसकिरहेकामा समस्याको समाधानको लागि गाउँपालिकाले नेतृत्व लिने प्रतिवद्धता जनाउदै भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक संरचनाको पुनर्निमाण गर्न संघीय÷प्रदेश सरकार, पुनर्निमाण प्राधिकरण र अन्य गैर सरकारी तथा निजी क्षेत्रसंग सहकार्य गरिनेछ ।
ड्ड विभिन्न खालका जोखिम तथा विपत न्यूनिकरण गर्दै विकासका आधारभूत पूर्वाधार तयार गर्न लागि एकिकृत नमुना वस्ती विकासमा जोड दिईनेछ ।
पुर्वाधार विकास तर्फ
सडक ः
ड्ड गाउँपालिकालाइ राजमार्गमा यात्रागर्ने हरेकले चिन्ने र संझिने बनाउन यस गाउँँपालिकाको धार्के, जुगेखोला ,महादेववेसी , सिम्ले, खयरघारी सम्मको बजारलाई चारलेनको सडक विस्तार गर्ने ,सडक पेटी बनाउने कार्य यसै वर्ष वाट थालिने छ । आवश्यक पिच गरिसके पछि बाँकी भागमा सडक पेटी निर्माण गरी गमला राख्ने र विरुवा रोपी हरियाली सडकको रुपमा बिकास गर्ने लक्ष राखिएको छ । बजार क्षत्रको शाखा सडकहरु मापदण्ड तोकी पिचगरिने र डष्टविन राख्ने , सडकबत्ति राख्ने र विरुवा रोपी स्वच्छ हराभरा सहरको रुपमा विकास गरिने छ ।
ड्ड जनतालाई संघियताको अनुभुती गराउन गाउँपालिकाको केन्द्रदेखि वडा केन्द्रसम्म पुग्ने कम्तिमा १ वटा मुख्य सडक छनौंट गरी स्तरोन्नति गरीने छ । क वर्गमा रहेका १९ वटा सडकलाई कम्तीमा ८ मिटर र ख वर्गमा रहेका शाखा सडक मा कम्तीमा ५ मिटर चौडा गर्ने र दायाँ वाँया कम्तीमा ५ फिट खुल्ला राखेर मात्र घर टहरा निर्माण गर्न पाउने व्यवस्थालाई यसै आव देखी कार्यन्वयन गरिने छ । यस्ता सडकहरुको नाला , कटिङ , ग्याविन, वाल जस्ता कामहरु तदारुकताका साथ गरी बाह्रै महिना चल्न सक्ने बनाईने छ ।
ड्ड राजमार्ग क्षेत्रका वजारलाई सुन्दर बनाउन, सडक दुर्घटनामा कमी ल्याउन सडक विभागसंगको समन्वयमा सडकलाई दुवै पटि ढलान गर्ने , फुटपाथ बनाउने , रेलिङहाल्ने कार्य यसै वर्षवाट थालिने छ ।

खानेपानी
ड्ड स्वच्छ पिउने पानी जनताको स्वथ्य जिन्दगानी नाराका साथ सबै घरमा स्वाच्छ पिउने पानीको प्रबन्धगर्न बिभिन्न सरकारी तथा गैह्र सरकारी लागनीलाई प्रोत्साहित गरीने छ
ड्ड पानीको मुहान नभएको स्थानमा लिफ्टिङ सिस्टम, डिप वोरीङ, परेको पानीको संकलन गरी सहजै खानेपानी आपूर्तिका लागी बिशेष कार्यक्रम सञ्चालन गरिने छ ।
ड्ड खानेपानीको मुहान सरसफाई , बृक्षरोपण , भुक्षय नियन्त्रण गरी मुहान संरक्षणका लागी स्थानिय उपभोक्तको सहभागीतामा संरक्षण गर्न प्रोत्साहन गरिने छ ।
ड्ड स्वाच्छ पिउने पानिको लाई उच्च प्रथामिकता राखी भएका स्रोतहरुको अधिकतम प्रयोग र समानुपाति बितरणमा जोड दिईने छ ।

स्वच्छता तथा सरसफाई
ड्ड सडकको नाली, खोल्सा र खोलामा फोहर फाल्ने, शौचालयवाट निस्कने ढल सोझै खोलानालामा मिसाउने, मरेका तथा सडेगलेका बस्तुहरु जथाभावी फाल्न कार्यलाई निरुत्साहित बनाई अटेर गर्नेलाई कानुनी दायरामा ल्याई राजमार्ग तथा वजार व्यवस्थापन कार्यलाई व्यवस्थित गरिनेछ ।
ड्ड हरेक घरमा वायोज्ञास सहितको शौचालय , मुख्यबजार छेउ सार्वजनिक शौचालय वनाइ पालिकालाई सफा र स्वच्छ वातावरण कायम राख्न यो वर्षबाटै आवश्यक पहल गरिने छ ।
ड्ड धुलोधुवाको कारण आक्रान्त भएका महादेववेसी बजार र आसपासका जनताको स्वास्थलाई मध्य नजर गर्दै पालिकाले राजमार्ग संग जोडिएका शाखासडकलाई ढलान गर्ने काम यसैवर्ष सुरु गरिने छ । आग्राखोला महेशखोलावाट मुख्य सडकमा निस्किने स्थानमा पक्की नाला सहित ढलान गरिने छ ।
ड्ड सरसफाई नै मानव जीवनको अंग हो भन्ने मान्दै थाक्रे गाउपालिकालाई प्लास्टिक मुक्त गाउपालिका घोषणा गरिने छ । पायक पर्ने स्थानमा डम्पिङसाइड खोजि गरी, फोहर संकलक र सवारी को व्यवस्था गरि हरेक दिन नागरिकका घरवाट फोहर उठाउने ब्यवस्था गरिने छ ।
ड्ड फोहर बाट मोहर भन्ने नारालाई मध्यनजर गर्दै घरवाटै फोहरलाई तिन तहमा विभाजन गरी प्लाष्टिक जन्य वस्तुहरु तथा कवाडी सामानको विक्री गर्ने , कुहिने फोहरबाट कम्पोष्ट मलको लागि प्रयोग गरिने र पुन प्रयोगमा नआउने बस्तुहरु मात्र डम्पिङ साइडमा पठाइने व्यवस्था अविलम्ब गरिने छ । यसको प्रभावकारी कार्यान्वयनको लागि साझेदार संघ स.स्थाहरुको पहिचान गरि सहकार्यमा सम्बन्धि उद्योगको विकासमा टेवा पुर्याउने ।
ड्ड पालिका स्तरका मुख्य सडकहरुमा डस्टविन र विरुवा रोप्ने काम यसै वर्ष देखि थालिने छ ।
ड्ड यस पालिकालाई पूर्ण सरसफाई युक्त पालिका घोषणा तर्फ प्रस्थान गर्न आगामी असोज महिनामा खुल्ला दिशामुक्त पालिका घोषणा गरिनेछ ।

विजुलीबत्ती
यस पालिकालाई उज्यालो गाऊँ पालिका वनाउनका लागी बिद्युत सेवा नपुगेका बस्तीलाई प्रथामिकता दिई सबै काठको पोललाई विस्तापन गरी फलामको पोल राख्ने व्यवस्था गरिने छ ।
सामुदायिक विद्यूतिकरणका लागि आवश्यक नितिगत सहजिकरण गरी सहकारीहरुको क्षमता विकास गरिने छ ।
पालिकाका अधिकांश वस्तीहरुमा थ्रिफेजलाईन बिस्तार गरी बिद्यूत सेवाका माध्यमवाट स्थानिय उद्यमको समेत प्रवद्र्धन हुने छ ।

कृषिको व्यवसायिकरण र आधुनिकिकरण तर्फ
ड्ड स्थानिय तहको निर्वाचन मार्फत निर्वाचित पदाधिकारीहरुको यो ५ वर्षको अवधि भित्र हरेक वर्षलाई कम्तिमा एक अभियानलाई एक वर्ष र अर्को अभियानलाई अर्को वर्ष गरी छुट्टाछुट्टै क्षेत्रको विकास अभियान वर्ष रुपमा कार्यक्रम संचालन गरिनेछ । शुरुवातमा आगामी आर्थिक बर्ष ७४÷७५ मा कृषि क्षेत्रलाई प्राथमिकतामा राखि यसकोे माध्यमबाट समृद्धितर्पm प्रस्थान गरिनेछ । पालिकाको समग्र विकास अभियानलाई दु्रत गतिमा दौडाउन र समृद्धिको अपेक्षित लक्ष्य प्राप्त गर्न ५ वर्षे रणनितिक योजना तर्जुमा यसैवर्ष तयार गरी कार्यान्वयन गरिनेछ ।
ड्ड यस गाउँपालिका अधिकांस जनताको मुख्य पेशा भनेको कृषिनै कृषि क्षेत्रको विकासको लागि कृषि क्षेत्रमा लगानी आवश्यक छ । त्यसैले कृषि सडक, सिंचाई सुविधा विस्तार, व्यवशायीक तालिम, प्राविधिक सहयोग गर्ने क्षेत्रमा लगानी गरिनेछ । कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरण गर्दै यसलाई मर्र्यािदत, सम्मानित एवं आकर्षक पेसाको रुपमा विकास गरिने छ । तुलनात्मक एवं प्रतिस्पर्धात्मक लाभको सम्भावना र भौगोलिक र पर्यावरणीय स्थिति अनुसार वडाहरुलाई विभिन्न खाद्यबस्तु उत्पादनको पकेटक्षेत्र निर्धारण गरी विशेष कार्यक्रम सञ्चालन गरिने छ । युवाहरुलाई कृषिमा आकर्षित गर्दै वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई समेत कृषि व्यवसायमा आबद्ध हुन प्रोत्साहित गरिने छ सोको लागि आवश्यक सहयोग र वातावरण तयार गरिने छ ।
ड्ड कृषिको यान्त्रीकरणलाई प्रोत्साहन दिन सामूहिक र सहकारी कृषि प्रणालीको विकास गरिने छ । मल, बीउ, सिंचाइ, प्रविधि र कृषि उपजको बजारको सुनिश्चितता कायम गरिने छ । कृषि सहकारीको प्रवर्धन गरी साना किसानहरुको आर्थिक सामाजिक सशक्तिकरण गरिने छ ।
ड्ड रासायनिक मल विषाधिका कारण मानव स्वास्थ्यमा परेको प्रतिकुल असरलाई न्युनिकरण गर्न अर्गानिक तरकारी खेतीको प्रवद्र्धन र विकासमा टेवा पुग्ने गरि “किसानको गोठमा अनुदान किसानको ओठमा मुस्कान ”यसै वर्ष देखि अभियान संचालन गरिनेछ । यसका लागि २ वर्ष भित्र अर्गानिक तरकारी सहकारी स्थापनाका लागि यसैवर्षबाट आवश्यक पहल थालनी गरिनेछ ।
ड्ड घर वगैचा कार्यक्रम संचालन गरि स्वास्थ्य र बातावरण सुधारका लागि यस पालिका भरी १ मुख ३ रुख कार्यक्रम संचालन गरिनेछ । यसका लागि कागती तथा फलफुलको विरुवालाई प्राथमिकता दिईने छ । परिवारलाई बाह्रै महिना ताजा तरकारी उत्पादन गर्न प्रोत्साहन गरिनेछ । यसको शुरुवातको लागि यो आवबाट कम्तिमा १ वटा वडामा शुरुवात गरिनेछ ।
ड्ड कृषि विमा अभियान कार्यक्रम , कृषि मेलाको आयोजनामा साझेदारी , कृषि प्रसोधन केन्द्र सञ्चालन र शित भण्डार को बिकासमा सहकार्य गरिने छ ।
ड्ड कृषि–योग्य भूमिमा बाह्रै महिना सिंचाइ सुबिधा उपलब्ध गराउन नवीनतम प्रविधिको समेत प्रयोग गरी विभिन्न सिंचाइ आयोजना कार्यान्वयन गरिने छ ।
ड्ड साना सिंचाई, मझौला सिंचाई र बृहत सिंचाई योजनाको पहिचान र अभिलेखीकरण गरी नियमित सञ्चालनमा ल्याउन बिशेष योजना लागु गरिने छ ।
पशुपालन तथा एग्रोभेट तर्फ
ड्ड उन्नत जातका गाई, भैंसी, बाख्रा लगायतका पशुपंक्षीहरुको उत्पादन तथा वितरण प्रवद्र्धन गर्न कार्यक्रम संचालन गरिनेछ । कृषि तथा पशुपंक्षी बीमा सेवा कार्यक्रमलाई अभियानको रुपमा संचालन गरिनेछ । यसै आ.ब.मा कम्तिमा २ वटा वडामा पाईलटिङ गरिनेछ ।
ड्ड पशु वस्तुमा लाग्ने महामारी रोगका कारण हुने क्षति र कृषकहरुको लगानीमा हुने जोखिमलाई ध्यान दिदै यसको क्षति न्यूनिकरण गर्न नाम्ले तथा जुकाको औषधि र माहामारी विरुद्धका भ्याक्सीन अभियानका रुपमा सबै वडाहरुमा यसैवर्षदेखि संचालन गरिने छ ।
ड्ड पशुको सन्तुलित आहारको व्यवस्थापनमा जोड दिदै दुध तथा मासुजन्य उत्पादनमा उल्लेख्य बृद्धि गर्न खेतवारीका डीलकान्ला तथा खेर गईरहेको खाली जग्गा र सार्वजनिक जग्गाहरुमा समेत बाह्रै महिना पुग्ने गरि डाले तथा भुईघाँस लगाउने गरि यसै वर्षबाट अभियान सुचारु गरिनेछ ।
ड्ड पशुपंक्षीको मासुको बजार प्रवर्धन गर्न सुरक्षित स्थानको छनौट गरी आधुनिक पशु बधशालाको स्थापना गर्न निजी क्षेत्रसंग सहकार्य गरिने छ ।
ड्ड एग्रोभेट सेवा प्रभावकारी तथा नतिजामुखि बनाउन ग्रामिण पशु स्वास्थ्य कार्यकर्ताको क्षमता अभिवद्धि कार्यक्रम संचालन गरिनेछ । आगामी ५ वर्ष भित्र प्रत्येक वडामा १ जना ग्रामिण पशुसेवा कार्यकर्ताको उत्पादन र विकास गरिनेछ ।
ड्ड यस पालिकामा उत्पादित वाख्रा÷खसी÷बोकाको वजारीकरणका लागि उत्पादक र उपभोक्ता विचमा मुल्य समायोजन गर्दै विचौलियाहरु कम गर्न सहकारी मार्फत जोखेर बिक्रि गर्ने परिपाटीको विकास गरिनेछ । यसका लागि यसैबर्षबाट २ वटा वडा (९ र १०) मा पाइलटिङ गर्न प्रोत्साहन गरिनेछ ।
स्वास्थ्य तर्फ
ड्ड स्वास्थ्य अधिकार जनताको मौलिक अधिकार हो यसको प्रभावकारी कार्यान्वयनका लागि विषेश योजनाका साथ आधारभुत स्वास्थ्य सेवा को माध्यमबाट गाउँपालिकाको केन्द्रमा रहेको महादेववेशी स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पतालको रुपमा स्तरोन्नती गर्न आवश्यक कार्यको थालनी यसै वर्ष देखि गरिनेछ । यसका साथै हरेक वडा कम्तिमा एकवटा स्वास्थ्य सेवा केन्द्रको पूर्वाधार विकास गरि स्वास्थ्यमा जनताको सहज पहुँचको व्यवस्था मिलाइने छ । विगत देखि संचालन गर्दै आएको गाउँघर क्लिनिकलाई प्रभावकारी रुपमा संचालन गर्न आवश्यक पुर्वाधार विकास तथा व्यवस्थापनमा विषेश जोड दिईने छ ।
ड्ड आपतकालिन विरामी, सुत्केरी, लगाएत आकस्मीक विरामीहरुले समयमै उपचार नपाई अकालमा ज्यान गुमाउन नपरोस् भन्ने अभिप्रायले यस पालिकामा अलग्गै एम्बुलेन्स सेवा सुचारु गर्न यसै वर्ष देखि पहल गरिनेछ ।
ड्ड स्वास्थ्य सस्थामा अनिवार्य प्रसुती सेवालाई प्रोत्साहित गर्न स्वास्थ्य सस्थामा जाउलो खुवाउने कार्यको थालनी गरीने छ । यसका लागि स्वास्थ्य सस्थाको सहभागीतालाई अभिप्रेरित गरिने छ ।
ड्ड महिला स्वास्थ्य स्वयं सेविकाहरुले स्वास्थ्य क्षेत्रमा पुर्याउनु भएको सेवाको उच्च मुल्यांकन गर्दै आगामी दिनमा अझै कार्यक्षमता बृद्धि गर्न प्रोत्साहन स्वरुप आगामी श्रावण महिनाबाटै लागुहुने गरी मासिक भत्ता स्वरुप रु.१ हजार उपलब्ध गराईने छ । यसका लागि महिला स्वास्थ्य स्वयं सेविकाहरुको कार्यक्षमताको विश्लेषण गरी प्रभावकारी र सेवाका लागि परिचालन गरिनेछ ।
ड्ड महिलाहरुको प्रजनन स्वास्थ्य अधिकार सुनिस्चित गर्न स्वास्थ्य क्षेत्रमा कार्यरत सरकारी तथा गैर सरकारी निकायसंगको सहकार्यमा स्वास्थ्य शिविर यसै वर्ष देखि संचालन गरिने छ ।
ड्ड एक वडा एक स्वास्थ्य सेवा विन्दुको कार्यक्रम सञ्चालन गर्ने निति लिईने छ ।
ड्ड वर्थिङ सेवालाई प्रभावकारी र सुबिधा सम्पन्न वनाउन आवश्इक वातावरणमा सहयोग गरिने छ
पर्यटन विकास तर्फ
ड्ड पर्यटन तथा सेवाक्षेत्रको बिस्तार गर्दै रोजगारीका अवसरहरु सिर्जना गर्न आगामी ५ वर्ष भित्र यस थाक्रे गाउँ पालिकालाई पर्यटकहरुको गन्तव्य स्थलको रुपमा पुर्वाधार विकास गरिनेछ । यसका लागि यस पालिका अन्तर्गत रहेको पर्यटकिय स्थल र संभावनाको पहिचान तथा विस्तृत कार्य योजना निर्माणका लागि पर्यटन वोर्ड नेपाल लगाएत सरोकारवालाहरु संगको सहकार्यमा सम्भाव्यता अध्ययन गर्न विज्ञहरुको सहयोगमा वडा नं ३ मा रहेको भुमिचुलीमा दृष्य अवलोकन टावर र गुम्वा निर्माण सहित होम स्टे, वडा नं ८ मा रहेको गणेश चौरमा पर्यटन पार्क, वडा नं ५ मा रहेको पोखरीचौर, दामेचौर होम स्टे , वडा नं. ७ राम्चेमा दृष्य अलोकन टावर सहित होम स्टे, वडा नं ६ मा रहेको अमलडाँडा छाँगामा क्यानोनिङ, लगायतका कार्यक्रमका लागि यसैवर्षदेखि कार्यथालनी गरिनेछ ।
ड्ड गाउँपालिकाको पर्यटकीय क्षेत्रको विकास गर्न पर्यटन विकास समिति गठन गरी उपयूक्त स्थलहरुको पहिचान, विकास र उपयोगमा सहयोग पुग्ने गरी प्राकृतिक सम्पदाको संरक्षण, मौलिक संस्कृतिको प्रवद्र्धन र पूर्वाधार विकासमा तालमेल मिलाई सुविधाहरु विस्तार गर्दे त्यसबाट सृजना हुने अवसरहरुको लाभ स्थानीय जनताले पाउने गरी योजना तथा कार्यक्रम तर्जूमा गरिनेछ ।
उद्योग÷कलकारखाना व्यवस्थापन र राजस्व
ड्ड युवाहरुको रोजगारीका लागि वैदेशिक श्रम बजार माथिको परनिर्भरता घटाउन गाउँपालिकामा ठुला उद्योग खोल्न राष्ट्रियस्तरका उद्योगपतिहरुलाई आमन्त्रित गर्दै उद्योग खोल्न प्रोत्साहित गरिनेछ । यसले गर्दा रोजगारी सृजना हुनुको साथै आर्थिक वृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ
ड्ड केन्दबाट हस्तान्तरण हुने रकमबाट मात्र यस पालिकाको सम्पूर्ण विकास निर्माणका कार्य सम्पन्न गर्न असंभव भएकोले संविधानको अनुसुचि ८ को अधिनमा रहि स्थानिय तहमा संचालित ठूला तथा साना उद्योग तथा व्यसायलाई कानुनी दायरामा ल्याउन न्युन करको माध्यमबाट करको दायरा फराकिलो वनाई आन्तरिक आय संकलन गरिने छ ।

साझेदारी कार्यक्रम
ड्ड सरकारी तथा निजीक्षेत्रको सहभागितामा भौतिक पूर्वाधारको विकास गर्न सार्वजनिक–निजी साझेदारीको अवधारणलाई प्रोत्साहित गरिनेछ । यसरी साझेदारी गर्दा ५० प्रतिशत गाउँ पालिकाबाट र ५० प्रतिशत उपभोक्ता वा नीजि क्षेत्रबाट लगानी गरिने व्यवस्था गरिने छ ।
ड्ड साना पूर्वाधार निर्माणका लागि प्रोत्साहान गर्न गैर सरकारी क्षेत्र वा अन्य क्षेत्रवाट समेत लगानी गरेकामा समपुरक कोषका रुपमा केहि रकम गाउँपालिका व्यहोर्ने गरी साझेदारीको कार्यक्रम अगाडी वढाईने छ ।
ड्ड बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाहलाई प्रभावकारी बनाउनु तत् क्षेत्रसंग सहकार्य गरिनेछ । गाउँपालिका भित्र हुने व्यवसायीक तथा सरकारी कारोवार बैङ्कि आर्थिक कारोवार हुने दिशातर्फ अग्रसर गराईनेछ ।
महिला सुरक्षित आवास गृह संचालन
लैङिक समानता र विकासका लागि विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले कार्य संचालन गरिरहेको भएता पनि महिला माथिको हिंसामा कमी आएको छैन । अर्को तर्फ राजमार्ग छेत्रमा भएका घटनाहरुमा समेत सहयोग उपलब्ध गराउनु पर्ने बाध्यता लाई सम्बोधन गर्न यस पालिकामा महिलाहरुका लागि कानुनी मान्यता प्राप्त संघ संस्थासंग सहकार्य र समन्वयमा सुरक्षित आवास गृह यसै वर्ष देखि संचालन गरीने छ । यसका लागि आवश्यक संचालन निर्देशिका तयार गरी कार्य शुचारु गरिने छ ।
राहत तथा सहयोग कोष
लैङिक हिंसा ,बैदेशिक रोजगारी र मानव वेचविखनमा परेका पीडित तथा प्रभावितहरुका लागि आपतकालिन अवस्था भएमा वा अन्य श्रोतबाट सहयोग उपलब्ध हुन नसकेको प्रमाणित भएको अवस्थामा पीडित एवं प्रभावितको आवश्यक सहयोगको लागि पालिका स्तरिय राहत तथा सहयोग कोषको व्यवस्था गरिनेछ । कोष संचालनका लागि निर्देशिका बनाएर कार्यान्वयन गरिने छ ।
सुरक्षित आप्रवासन कार्य
बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सुरक्षित आप्रवासनका लागि सुचना तथा परामर्श डेक्सको स्थापना यसैवर्ष देखि संचालन गरिनेछ । यस कार्यका लागि सम्बन्धित विषयमा कार्यरत सरकारी तथा गैर सरकारी संस्थाको सहयोग र सहकार्यमा जोड दिईने छ । बैदेशिक रोजगारीमा गएका युवाहरुको तथ्यांक तथा सो सम्बन्धि समस्या तथा उपलब्धिको पहिचान र आवश्यक सहयोगका लागि बैदेशिक रोजगारीमा जाने युवाले अनिवार्य रुपमा गाउँ पालिकोको स्वीकृति लिएर मात्र जाने व्यवस्था मिलाईने छ सिप विना बैदेशिक रोजगारीमा जाने कार्यबाट जोखिम वढूदै गएकोले सिपयूक्त वनाउन आवश्यक पहल गरिने छ । रोजगारीका शिलशिलामा ठगी गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन सहजिकरण गरिने छ ।

भु उपयोग
ड्ड सन्तुलित विकासका हुन नसक्दा ग्रामिण क्षेत्रमा कतिपय जमिन वाझो भइ उत्पादन हस भई रहेको छ । भने अर्को तर्फ युवा तथा अन्य व्यक्ति वेरोजगारी भई रोजगारीका लागि वैदेशिक रोजगारीमा गई रहेको अवस्था विद्यमान छ । कृषि भुमी, वस्ती क्षेत्र, औद्यगिक क्षेत्र गरि वर्गिकरण गरी भूमिको सदुपयोग र दीगो विकास नगएको अवस्थामा भू उपयोग नीति तर्जुमा औद्यगिक क्षेत्र, वस्ती क्षेत्र, सिचिंत क्षेत्र कृषि भूमी छुट्टाई कार्यान्वयनमा ल्याईनेछ ।
ड्ड बिर्ता , गुठी जग्गाहरुलाई स्थानिय मोहिहरुको स्वामित्वकायमा गराउन सहजिकरण गरिने छ ।
वन वातावरण तथा जैविक विविधता
ड्ड वन संरक्षण, व्यवस्थापन, दीगो उपभोग र स्वच्छ वातावरणको लागि समुदायमा आधारित वन व्यवस्थापन प्रणालीलाई सुदृढ गरिने छ । जैविक विविधताको संरक्षण, वातावरणीय सेवा र जीविकोपार्जनका कार्यक्रमहरु सञ्चालन गरिने छ । वनक्षेत्रको अतिक्रमण र आगलागी नियन्त्रण गर्न रणनीति तयार गरी कार्यान्वयनका साथै आवश्यक कार्ययोजना तयार गरिने छ ।
ड्ड पूर्वाधार विकाससम्बन्धी आयोजना÷कार्यक्रम तर्जुमा गर्दा श्रममूलक तथा बातावरणमैत्री प्रविधिको प्रयोग गर्ने गरी कार्यक्रम तर्जुमा गरिने छ । मुख्य सडक क्षेत्रको वरीपरि वृक्षारोपण गरिनेछ ।
ड्ड शाखा सडकहरु खनेर माटो झरेको स्थानमा पहिरो रोकथाम तथा सुन्दरताकोलागि रुख रोपिने छ । पूर्वाधारका विकास निर्माण कार्य गर्दा विपदलाई समेत मध्य नजर गर्दै विकासमा मुलप्रवाहिकरण गर्दै लगिने छ ।
ड्ड वन क्षेत्रको सदुपयोग गरी समुदायको दिगो आम्दानीको श्रोतको विकास गर्न खाली रहेका जग्गाहरुमा उपयुक्त भौगोलिक वातावरण अनुकुल हुने गरी कफि, अलैची, अम्रीसो, बास, निगालो लगाएत गैरकाष्ठ वनपैदावारहरुको खेती विस्तार गर्न विषेश योजना संचानल गरिनेछ । यसका लागि सम्भाव्यता अध्ययन गर्न विज्ञहरुको सहयोग लिईनेछ ।
शिक्षा
ड्ड सामुदायिक विद्यालयको स्तरोन्नति गरी सुबिधायुक्त नमूना विद्यालय विकास गरिने छ । विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै जीवनोपयोगी एवं परिणाममुखी शिक्षक व्यवस्थापन कार्यपद्धति अवलम्बन गरिने छ ।
ड्ड यस गाउँपालिका भित्र मा.वि. र आधारभुत विद्यालय गरी जम्मा ४३ वटा विद्यालय रहेकोमा कतिपय विद्यालयमा विद्यार्थि शिक्षकको अनुपात नमिली गुणस्तरिय शिक्षा पुराउन नसकिएको छ भने कतिपयमा न्यून विद्यार्थि भई शिक्षकको दरवन्दी वढी भएको अवस्था विद्यमान छ ।
ड्ड निजी श्रोतवाट शिक्षकको व्यवस्थापन गर्नु पर्ने त्यसमा पनि नियमित रुपमा एऋँ ँगलम वाट आउने रकम समेत वन्द भन्ने वुझिएको अवस्थामा स्कुल संचालनका लागि समस्याका रुपमा देखिएको छ । यसरी शिक्षाको गुणस्तर सुधारका लागि निजीश्रोतका शिक्षकको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सम्वन्धमा गाउँ कार्यपालिकाको नेतृत्वमा शिक्षा कार्यालयका प्रतिनिधि, विद्यालयका प्रतिनिधि समेत समेटी निश्चित मापदण्डका आधारमा कार्य गर्ने गरी एक समिति गठन गरी सो समितिको प्रतिवेदनका आधारमा विद्यालयको गुणस्तर सुधारमा अगाडी वढिने छ ।
ड्ड शिक्षाको गुणस्तरीयता र समानतामा आधारित वनाउन पालिका स्तरिय परिक्षा प्रणाली को सुरुवात गरिने छ ।
ड्ड यस गाऊँ पालिकामा स्नाकोत्तर स्तरको क्याम्पस निर्माण गर्न र प्राबिधिक बिषयको क्याम्पस सञ्चालनका लागी सम्भाव्यता हेरी बिद्यालयको योजनाका आधारमा सहयोग गरिने छ ।
ड्ड सबै वालवालिकालाई माध्यामिक तह सम्म कम्प्यूटर शिक्षा दिईने गरी बिद्यालयलाई आवश्यक सहयोग गरिने छ ।
विपद व्यवस्थापन
ड्ड भूकम्प लगायतका प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त खानेपानी तथा सरसफाइका संरचनाहरुको पुनर्निर्माणलाई उच्च पार्थमिकतामा राख्दै अगाडी वढिने छ ।
ड्ड विपद् व्यवस्थापनको लागि विद्यमान संस्थागत संरचनाहरुलाई खोज, उद्धार तथा राहत कार्यका लागि संस्थागत सुदृढीकरण एवं क्षमता अभिवृद्धिमा जोड दिइने छ । विपद् व्यवस्थापनलाई विकासमा मूल प्रवाहीकरण गरिनेछ ।
ड्ड विपद् व्यवस्थापनको पूर्वतयारी, तथा प्रतिकार्य योजना बनाइ लागु गरिने छ । बाध्यात्मक रुपमा वसोवास गरीरहेका जोखिम युक्त वस्तीहरुलाई आवश्यक्ता अनुसार पहिचान र स्थानान्तरण गरिने छ ।
महिला
ड्ड महिलाहरुको सामुदायिक संस्था, सहकारी तथा संजालहरुको विकास सशक्तिकरण आयआर्जन तथा सीप क्षमता अभिवृद्धिका लागि विषेश योजना बनाई कार्यान्वयन गरिनेछ ।
ड्ड लैङ्गिक हिंसा, मानव वेचविखन, विभेद तथा असमानता विरुद्ध जनचेतना अभिवृद्धि गर्न अन्तराष्ट्रिय श्रमिक महिला दिवस, लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान लगायतका दिवशहरु संचालन गरिनेछ ।
ड्ड महिलाहरुको शैक्षिक स्तर उकास्न खुल्ला शिक्षा, किसोरीहरुका लागि विशेष कार्यक्रम लगायत लक्षित कार्यक्रमहरु संचालन गरिने छ ।
ड्ड महिलाहरुको नेतृत्व र निर्णायक भुमिका स्थापित गर्न सामुदायिक विकासका कार्यहरुमा समान सहभागिताको लागि उपयुक्त वातावरण प्रदान गरिनेछ ।
ड्ड महिलालाई सिप र रोजगारी मा समान अवशर उपलब्ध गराई समान कामको समान ज्याला कार्यन्वयन गर्न स्थानिय कानुन वनाई लागु गरिने छ ।
ड्ड सम्पतीमा दम्पतीको अधिकार सूनिश्चीताका लागी संयुक्त पुर्जा वनाउने जग्गा धनीलाई लाग्ने करमा बिशेष छुट दिईने छ । यसवाट आगामी दिनमा महिलाले पनि सम्पतीमाथीको आफ्ने पनको महशुस गर्न पाउने छन् ।
ड्ड राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा निर्माण भएका नियम कानुनहरुको यस गाऊँपालिकामा पूर्ण कार्यन्वयन गर्ने प्रतिवद्धता जाहेर गर्दछ ।
दलित
दलित तथा सिमान्तकृत वर्गको उत्थानको लागि उच्चस्तरिय समिती बनाएर कायक्रम बनाई लागु गरिने छ । परंपरागत पेशाहरुको बैज्ञानिकीकरण गर्दै आय आर्जनतर्फ उन्मुख गर्ने कार्यक्रम लागु गरिने छ । भुमि हिन दलित तथा सिमान्तकृतहरुलाई अवस्था हेरी एकपटक सम्म जग्गाको व्यवस्था गरिने छ । जातीय भेदभाव कसुर सजायँ ऐनलाई प्रभावकारी कार्यान्वयन गर्न पालिकाले विशेष व्यवस्था गरिने छ । हरेक वडामा दलितहरुलको सामुहिक आय आर्जनको कार्यक्रम लागु गरिने छ । दलित तथा सिमान्तकृतवाल वालिकाको निशुल्क शिक्षाको ज्ञारेन्टी गरिने छ ।
युवा तथा खेलकुद
ड्ड स्वस्थ तथा अनुशासित नागरिक समाजको सिर्जना गर्न खेलकूद विकासमा जोड दिइने छ । पालिका भित्र हाल भएका खेल मैदानहरुको क्षमता विस्तार गर्दै १ वडा १ खेलकुद मैदान निर्माण गर्दै ५ वर्ष भित्र ११ वटै वडामा खेलकुद मैदानको विकास गरिनेछ । पालिका नजिकै महादेववेसीमा मिनी कभर्डहलको निर्माण अभियान यसै वर्षवाट थालिने छ ।
ड्ड युवालाई स्वरोजगार वनाउन सीप मुलक तालिमको व्यवस्था गरि सीप अनुसारको रोजगार वा व्यवसायको अवधारणा विकास गरिने छ । ५ युवा १ उद्यम कार्यक्रम लाइ प्रवर्धन गर्दै युवा लक्षित कार्यक्रम लागु गरिने छ ।
ड्ड प्रत्येक वर्ष गाऊँपालिका स्तरमा खेलकुद प्रतियोगीताको आयोजना गरिने छ ।
बालवालिका
ड्ड वालवालिकाको विकासका लागि बाल मैत्री अभियान संचालन मार्फत वाल मैत्री स्थानिय शासनका लागि आवश्यक सुचकहरु यसै वर्ष देखि अवलम्बन गरिनेछ ।
ड्ड बालश्रम निवारणका लागि गुरु–योजना तयार गरी कार्यान्वयनमा ल्याइने छ ।
ड्ड दृष्य विहिन तथा अपाङ्गताभएका वालवालिकाको लागि विशेष कार्यक्रम वनाएर लागु गरिने छ ।
ड्ड वालमैत्री तथा अपाङ्गमैत्री वातावरणको व्यवस्था गरिने छ ।
ड्ड विद्यालय तथा वडा स्तरमा वाल क्लवहरु गठन गरि पालिका स्तिरिय वाल संजाल निर्माण गरिनेछ ।
बृद्ध÷वृद्धा सम्मान
बृद्धबृद्धा हाम्रो देशका सम्पती हुन वहाहरुको सम्मान गर्दै उमेर पाकेका र अन्य काममा संलग्न हुन नसक्ने उमेर भैसकेका हरुलाई दिनभरी एकै स्थानमा बस्दै आफन्त भेट्ने, रमाइलो गर्ने र कुराकानी गर्ने, धार्मीक प्रवचन, भजन कृतन आदीको व्यवस्थापनका लागि “विश्राम हल” स्थानको व्यवस्था गरिने छ । सो को सुरुवात १० नं वडामा यसै आव देखि संचालन गरिनेछ ।

अपांगता
ड्ड सार्वजनिक स्थान, कार्यालय र विद्यालयहरुमा अनिवार्य रुपमा अपांगता मैत्री संरचना निर्माण गरि यस्ता कार्यालयहरुको शौचालय महिला मैत्री , वालवालिका मैत्री, अपाङ्ग मैत्री बनाइने छ ।
ड्ड अपाङ्गता पहिचान, वर्गिकरण तथा सुविधा र सहयोगको लागि पालिका स्तरमानै समिती बनाइ कार्यविधि बनाई लागु गरिने छ ।
ड्ड अपाङ्गता भएका व्यक्तिहरुको सिप तथा क्षमता अभिवृद्धि गरी उद्यमशिलता प्रवर्दन गर्न प्रोत्साहन गरिने छ ।
सुचना र संचार
ड्ड सूचना सम्प्रेषणलाई विश्वसनीय र मर्यादित बनाउन संचार संस्था तथा संचारकर्मीहरुसंग सहकार्य गरिनेछ । निश्चित आधार तथा मापदण्ड निर्धारण गरी सञ्चार माध्यमहरुको वर्गीकरण तथा विशिष्टीकरण गरिने छ ।
ड्ड सञ्चारक्षेत्रमा क्रियाशील सार्वजनिक संघ–संस्थाहरुको संरचनागत एवं व्यवस्थापकीय सुधारमा सहकार्य गरिनेछ । जनतासंग प्रत्यक्ष सरोकार राख्ने, विकास र सम्बद्धिमा टेवा पुर्याउने खालका कार्यक्रम उत्पादन प्रसारण गर्न जोड दिईनेछ ।
ड्ड पालिका भित्र संचालित कार्यक्रम तथा क्रियाकलापहरुको सुचना, जानकारी, उपलब्धि तथा समस्याका जनतालाई सुसुचित गराउन चौमासिक जनसरोकार बुलेटिन मार्फत सुचना सम्प्र्रेषण गरिनेछ ।
ड्ड सेवा प्रवाहलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि गाउँपालिका र अन्र्तगतका वडा कार्यालयहरुमा टेलिफोन, इमेल, ईन्टरनेटको व्यवस्था मिलाउने र सूचना तथा जानकारीका लागि गाउँपालिकाको आफ्नै ध्भद क्ष्तभ संचालनमा ल्याईने छ । साथै खर्चलाई व्यवस्थित गर्न लेखा सम्वन्धी सफ्टवयरको प्रयोग गरी केन्दीय लेखा प्रणालिमा आवद्ध गरिने छ ।
ड्ड कार्यालयवाट प्रदान गरिने सेवाका वारेमा नागरिकको जानकारीका लागि सवै कार्यालयमा नागरिक वडापत्रको व्यवस्था गरिने छ । गाउँपालिकावाट संचालित रु.५ लाख सम्मका योजनाको फरफारक गर्दा वडाध्यक्षको उपस्थितीमा सार्वजनिक परिक्षण गरेर मात्र भुत्तानीको व्यवस्था गरिने छ भने सो भन्दा माथिका योजनाहरुको सम्वन्धमा गाउँकार्यपालिकाले तोकेको सदस्यको उपस्थितिमा सार्वजनिक परिक्षण गरेर सोका आधारमा मात्र योजना फरफारक गर्ने व्यवस्था गर्ने ।
ड्ड मासिक रुपमा प्रत्येक वडामा जनतासँग जनप्रतिनिधि कार्यक्रम गरेर र कम्तिमा एक चौमासिकमा एउटा पर्ने गरी गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई गरी नागरिकको सुझावका आधारमा सेवा प्रवाहलाई अझ गुणस्तर रुपमा अगाडी वढाईने छ । भने कार्यलाई गुणस्तर तथा प्रभावकारी वनाउन तालिम तथा अभिमुखि करणका माध्यमवाट क्षमता विकास गरिदै लगिने ।

सुशासन र सेवा प्रवाह
ड्ड जनताबाट निर्वाचित जनप्रतिनिधिहरु जनताप्रति जवाफदेहि हुदै दैनिक कार्य संचालन गर्ने वातावरणको सृजना गर्ने नीति अवलम्वन गरिनेछ
ड्ड गाउँपालिका भित्र भ्रष्टाचारमा शुन्य सहनशीलता नीति लिईनेछ ।
ड्ड सार्वजनिक खर्चको वित्तीय जवाफदेहिता सुनिश्चित आन्तरीक खर्चलाई चुस्त बनाईनेछ । कार्यालयवाट हुने सवै सवै भुक्तानी बैक मार्फत हुने व्यवस्था मिलाइनेछ ।
सुकुम्वासी व्यवस्थापन
ड्ड साथै जग्गा नभएर घर वन्न नसकेकाहरुलाई एकिन गरी त्यस्ता जग्गा विहिनलाइ एकै वस्तीमा वस्ने व्यवस्थाका लागि पहल गरिने छ ।

मजदुर लक्षित कार्य
ड्ड यस पालिका भित्र अत्यन्तै जोखिमपूर्ण कार्य गर्ने मजदुरहरुको जिवन रक्षाका लागि मजुरहरुको पहिचान र अभिलेखिकरण थालनी गरिनेछ ।
धर्म संस्कृति
ड्ड गाउँपालिका भित्रका विभिन्न धर्ममा आस्ता राख्ने जनसमुदायहरुको आस्थालाई ध्यान राख्दै धार्मिक सहिष्णुता र भाइचाराको विकासहुने वातावरण सिर्जना गरिने छ ।
ड्ड थाक्रे गाऊँपालिकालाई शिक्षाको उज्यालो जोतिले चिनाउन विद्या की देबी सरस्वतीको बिशाल आवरण मन्दीर निर्माण गरी पर्यटक प्रर्वद्धन धार्मिक सस्कृतिको जगेर्ना गरिने छ
सामाजिक समावेशीकरण
ड्ड यस गाउँ पालिकामा कुनै पनि नागरिकले जाति धर्म, वर्ग लिङ्ग र भुगोलको आधारमा हेपीएको महसुस गर्न पर्ने छैन । राज्यका श्रोत साधनहरुलाई समावेसी वितरण प्रणलीका आधारमा विनियोजन गरिने व्यवस्था मिलाईनेछ । सवै क्षेत्रमा समावेशी प्रतिनिधित्वलाई शुनिश्चितता गरिने छ ।
अन्तमा नीति तथा कार्यक्रम तर्जुमाको क्रममा राय सल्लाह सुझाव प्रदान गरी रचनात्मक सहयोग गर्ने सवैमा हार्दिक धन्यवाद दिदै स्थानीय सरकार आफै हकदार भन्ने भावना सहित यस नीति तथा कार्यक्रमलाई मुर्तरुप दिन वजेट तथा कार्याक्रमवाट सम्वोध हुने अपेक्षा गर्दै विदा हुन्छु ।
धन्यवाद

वि.सं.२०७४ साउन १ आइतवार १७:३२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...