back
NMB ad

पर्यटकीय केन्द्र ठमेलका स्थानीयले असार १५ मा सडकमै धान रोपे !

Kumari bank ad

काठमाडौ। यसपाली ठमेलबासी र ठमेल घुम्न आउने पर्यटकहरुले ठमेलमै बसेर रोपाईं हेर्न पाए । ठमेललाई व्यवस्थित गर्न र सुधार गर्नका लागि काम सुरु गरेको ८३ औं दिन पुग्दा पनि ठमेलको अवस्थामा खासै सुधार नआएपछि ठमेलका स्थानीय र व्यवसायीहरुले सडकमै रोपाईं जात्रा गरेका हुन् ।

स्थानीयहरुले विहानै उठेर खेतमा गइ बिऊ ल्याएर सडकमा धान रोपे । ठमेलको मुख्य नाका मध्येको एक सोह्रखुट्टे उकालोबाट छिर्ने मनाङ होटल अगाडिको नाकामा उनीहरुले बाटो छेकेरै रोपाईं गरे ।

दुबै पट्टिबाट सवारी आवतजावत रोक लगाइ स्थानीयहरु कोही खेत रोप्ने मुडमै आए, कोही रमाइलो गर्न आए त कोही अवसर पारेर हिलो सडकमा छिरे । पानी जमिराखेको सडकमा उनीहरुलाई रोपाईं गर्नका लागि योग्य जमिन बनाउन समयनै लागेन । व्यंग्यात्मक रुपमा छिटो सडक निर्माण गर्न दबाब दिने उद्देश्यले उनीहरुले १५ असारको अवसर पारेर रोपाईं जात्रा गरेका हुन् ।

काठमाडौं गेष्ट हाउस अगाडि सधैं पानी जम्ने समस्या भएपछि ठमेल पर्यटन विकास परिषद्को नेतृत्वमा काठमाडौं गेष्ट हाउसदेखि सोह्रखुट्टेसम्मको ढल निकासका लागि सडक भत्काइएको थियो । तथापी, परिषद्ले ढल निकासको काम सम्पन्न गरेको छ । तर, ढल निकासका लागि काम गर्दा मेलम्ची खानेपानीले बिच्छ्याएको पाइप काटिएको भन्दै पुन सडक भत्काए पछि यहाँ समस्या देखिएको हो । अहिले फेरि मेलम्ची खानेपानीले पुराना खानेपानीको पाइप काटिदिएको भन्दै सो क्षेत्रमा सडक निर्माणको काम ढिलाई भइरहेको छ । यसरी नेपाल आएका ८० प्रतिशत पर्यटक घुम्न आउने ठमेलका सडकको अवस्था ८३ औं दिनसम्म उस्तै रहेपछि स्थानीय र व्यवसायीहरुले दबाब स्वरुप रोपाईं जात्रा गरेका हुन् ।

प्रकाशित मितिः २०७४ असार १५

वि.सं.२०७४ असार १५ बिहीवार १६:१० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...