काठमाण्डौं । कुनै बेला स्ट्याण्डप कमेडी गर्ने कपिल शर्मा आजको मितिमा भारतिय टिभीका सबैभन्दा महँगा कलाकार हुन्। कमेडी नाइट्स विथ कपिल बाट चर्चित भएका कमेडियनले सोनी टिभीमा द कपिल शर्मा शो गर्न थाले । अहिले सोनीले उनको पारिश्रमिक दैनिक १ सय १० करोड बनाउन लागेको चर्चाले भारतीय सिने जगत् तातेको छ ।
हाल उनीले काम गरिरहेको सोनी टिभीले सन् २०१७ भरी सँगै काम गर्नका लागि ११० करोड भारूको प्रस्ताव गरेको छ । हाल कपिलले सो शोका लागि ६० देखी ८० लाख भारूको बिचमा पारिश्रमिक लिँदै आएका छन्।
२२ मंसिर २०७३, १०।००
वि.सं.२०७३ मंसिर २२ बुधवार १८:०७ मा प्रकाशित