back
NMB ad

काकासँग ३ हजार डलर ऋण लिएर व्यापार थालेका डाङगोटे विश्वका ६७औं धनी

Kumari bank ad

अलिको डाङगोटे अफ्रिकाकै सबैभन्दा धनी व्यक्ति हुन् । नाइजेरियाको पैसाको मूल्यांकन कम भएको समयमा पनि उनी फोब्र्स म्यागजिनले निकालेको सूचिमा विश्वका ६७औं धनी मध्ये पर्दछन् । फोब्र्सका अनुसार उनको कुल सम्पत्ति १५ दशमलव ३ अर्ब अमेरिकी डलर रहेकोछ  । उनको सम्पत्तिले अफ्रिकाकै अर्थतन्त्रमा २.९ प्रतिशत योगदान पु¥याएकोछ ।

डाङगोटे ग्रुपका मालिक उनी पीठो र चिनीको व्यापारबाट धनी बन्न सफल भएका हुन् । दुई कक्षामा हुँदा नै डाङगोटेले मिठाईको एउटा बक्सा किनेर त्यसलाई नाफा खाँदै बिक्री गर्ने उनलाई सानैदेखि व्यापारमा रुचि भएको प्रष्ट देखिन्थ्यो ।

नाइजेरियाको कानो भन्ने ठाउँमा जन्मिएका उनलाई स्तानक अध्ययनपछि उनका हजुरबुवाले केही रुपैयाँले व्यवसाय सुरु गर्न सल्लाह दिएका थिए । त्यही सल्लाह अनुसार उनले आफ्नो काकासँग ३ हजार अमेरिकी डलर ऋण लिएका थिए ।

त्यो पैसाले उनले होलसेल मुल्यमा चिनी, पिठो र सिमेण्ट किन्ने र त्यसलाई बजारमा चलेको भाउमा बिक्री गर्न थाले । यो नै उसले आफ्नो परिवारमा देखेको व्यापार थियो, त्यसैले उनले नयाँ केही नगरी त्यही व्यापारलाई अंगाले जुन क्षेत्रमा उनी जानकार थिए ।

यसरी आयात र निर्यात गर्दागर्दै उनी यस क्षेत्रमा पोख्त भइसकेका थिए । व्यापारमा उनको मुख्य ध्येय गाँस बाँस र कपास थियो । आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने मान्यता राखेका उनले आफ्नै स्थानीय स्तरमा उत्पादन हुने चिनी र पीठोको व्यापारलाई रोजे । उनी आज पनि भन्ने गर्छन्, यदि तिमी मलाई ५ अर्ब दिन्छौं भने पनि म विदेशमा गएर त्यो पैसालाई लगानी गर्दिन, बरु स्वदेशमै गर्छु र सबैसँग मिलेर काम गर्छु ।

मानविकी संकायमा स्नातक गरेका उनले व्यापार सम्बन्धी कुनै तालिम लिएका छैनन् । तीन बच्चाका पिता डाङ्गोटे हाल आफ्नो परिवारका साथ नाइजेरियाको लागोसमा बस्ने गर्छन् ।

केही वर्ष अगाडि मात्र उनले सिमेण्ट कारखानामा पनि खोलेका छन् । गत वर्ष उनले खोलेको डाङ्गोटे सिमेण्ट उद्योग अफ्रिकाकै सबैभन्दा ठूलो सिमेण्ट उत्पादन गर्ने कम्पनी बनेकोछ । आज उनको व्यापार १५ वटा अफ्रिकन राष्ट्रहरुमा फैलिएको छ ।

व्यापारमा सफल बन्न उनले पाँच मन्त्र लिने गरेका छन् :

१. त्यसमा लगानी गर जुन कुरामा तिमी जानकार छौ,

२. त्यस्ता कम्पनीहरु पत्ता लगाउ जसले तिम्रो काम वा व्यापारलाई सघाउँछन्,

३. एउटा ब्राण्ड तयार पार र त्यसलाई फस्टाऊ,

४. पैसा कहाँ खर्च गर्ने भन्नेबारेमा विश्वस्त बन,

५. विकल्पहरुलाई अंगाल ।

प्रस्तुती : इरादा पहाडी, एजेन्सीको सहयोगमा

७ फागुन २०७२ / ११ : ००

वि.सं.२०७२ फागुन ७ शुक्रवार १०:४९ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...