back
NMB ad

आमालाई दिन बनाएको एउटा उपहार, जो भयो अर्बौं कमाउने व्यापार !

Kumari bank ad

सन् १९६९ को वर्ष । डिसेम्बरको महिनको एउटा चिसो रात, दक्षिण हेड्ली, म्यासाचुसेटमा एक १६ वर्षे हाइस्कुल अध्ययनरत केटा माइकल जेम्स किट्रेज आफ्नो घरको भान्सामा बसिरहेका थिए । क्रिसमस आउन लागेको थियो, उनीसँग आफ्नी आमालाई उपहार स्वरुप दिनका लागि केही थिएन र उपहार किन्नका लागि पैसा पनि थिएन । तर पनि उनले आमालाई केही उपहार दिने विचार गरे । उनी अत्यन्त सक्रिय र सिर्जनात्मक क्षमता भएका युवा थिए ।

त्यसो त, १३ वर्षको उमेरमा उनले बिटल्सलाई देखेका थिए र रक स्टार बन्ने सपना साँचेका थिए । त्यसका लागि उनले गितार सिके र ब्रिस्टोल करिज् नामक रक ब्याण्ड पनि खोले । सानो सानो पार्टीहरुमा उनीहरुको ब्याण्डले गीत गाउन थाल्यो । यसरी उनीहरुले केही आम्दानी पनि गर्न थाले तर पछि त्यो ब्याण्ड टुक्रियो र पैसा आउने बाटो नै हरायो । यसरी क्रिसमस नजिकै आइरहेको बेला उनको गोजीमा सुको थिएन । तर पनि उनलाई आमालाई उपहार दिनु नै थियो ।

त्यसपछि उनले आफ्नी आमाको लागि एउटा मैनबत्ती बनाउने र त्यही उपहार दिने योजना बनाए । यो एकदमै नौलो र आफैले तयार पारेको नयाँ खालको उपहार हुने उनले विचार गरे । उनकी आमालाई पनि यस्ता साना साना कुराहरु औधि मन पर्थे । उनलाई थाहा थियो कि उनकी आमालाई पुराना दिनहरुका कुराहरु, यादहरु र भावनाहरु महत्वपूर्ण थिए । त्योभन्दा पनि बढी उनी छुट्टीका दिनहरु अलग्गै तरिकाले बिताउन मन पराउँथिन्, त्यसैले पनि आफ्नै हातले बनाएको मैनबत्ती एउटा उपयुक्त उपहार हुने माइकलले विचार गरे ।

त्यसैले माइकलले भान्सामा भेटिएका सामाग्रीहरु जस्तो कि मैन, रातो रंग, धागो, अनि दूधको कार्टुन आदि प्रयोग गरेर साधारण मैनबत्ती बनाए र त्यसमा सेन्ट छर्किए । उनले बनाएको त्यो साधारण मैनबत्ती उनले आफ्नी आमालाई दिनुभन्दा पहिले नै उनको छिमेकीले देखिन् । ती छिमेकीलाई त्यो मैनबत्ती अति नै मन प¥यो । उनले ती युवालाई त्यो मैनबत्ती आफूलाई बेच्न भनिन् र किनिन् । त्यो एउटा सामान्य मैनबत्ती बेचेर आएको पैसाले ती युवाले दुईवटा मैनबत्ती बनाए । उनले एउटी आफ्नी आमालाई उपहार दिनका लागि बनाएका थिए भने अर्को बेच्नका लागि बनाएका थिए ।

माइकलले बनाएको मैनबत्ती उनका छिमेकीहरु, साथहरु र परिवारका अन्य सदस्यहरुले औधी मन पराए । उनीहरुले ती मैनबत्तीहरु किन्न थाले । माइकले आफूले बनाएका मैनबत्तीहरु स्कुलमा, घर वरिपरिका पसलहरुमा बिक्रीका लागि राख्न थाले । उनको मैनबत्तीको माग बढ्न थाल्यो । त्यसपछि उनले आफ्नो बुवाको ग्यारेजमा सानो मैनबत्ती फ्याक्ट्री खोले । त्यसको केही समयपछि नै महिनाको ८० डलर तिर्ने गरी नजिकैको एउटा पूरानो कागज फ्याक्ट्रीमा आफ्नो मैनबत्ती फ्याक्ट्री खोले । यो सन् १९७२ को कुरा थियो ।

त्यसपछि आफ्नो हाइस्कुल पढ्ने साथी डोनाल्ड म्याकआइभर र सुसन ओब्रेस्कीसँग मिलेर उनले मैनबत्ती फ्याक्ट्री खोले र नाम राखे ‘याङ्की क्याण्डल कम्पनी’ । यो कम्पनीले बिस्तारै तर निरन्तर रुपमा आफ्नो प्रगति गर्दै गयो । सन् १९८३ मा उनले व्यवसायिक ऋण लिएर कम्पनीलाई बिस्तार गरे । याङ्की क्याण्डल कम्पनीले बिस्तारै शहरका अन्य भागहरुमा आफ्नो शाखा कम्पनी खोल्दै गयो र केही समयपछि नै विश्व बजारमा यसले आप्नो पहिचान बनाउन थाल्यो । यसका मागहरु बढ्न पुगे । सन् १९९० को मध्यताका नै यो अन्तर्राष्ट्रिय रुपमा ख्याति पाएको कम्पनी बन्न पुग्यो ।

अहिले माइकलले खोलेको याङ्की क्याण्डल कम्पनी अमेरिकाकै सबैभन्दा ठूला कम्पनीहरु मध्ये एकमा पर्छ । यसमा ६ हजार कर्मचारीहरु दैनिक रुपमा क्याण्डल बनाउने काम गरिरहेका छन् भने विश्वभर ५ सय ५० वटा पसलहरु रहेकाछन् । यसका साथै विश्व बजारमै याङ्की क्याण्डलको १९ हजार रिटेल स्टोरहरु रहेका छन् ।

माइकलले भने सन् १९९८ मा फ्रोस्टम्यान लिटल एण्ड कम्पनीलाई याङ्की क्याण्डल कम्पनी बेचे र पनि सन् २००३ सम्म उनी त्यस कम्पनीमा बोर्ड सदस्यको रुपमा पनि बसे । तर त्यसपछि भने उनी पूर्ण रुपमा रिटायर्ड जीवन व्यतित गरिरहेका थिए । त्यतिबेला उनलाई थाहा थिएन कि उनका छोरा मिक आफ्नै क्याण्डल कम्पनी खोल्न चाहन्छन् । उनले रिटायर्ड भएको १० वर्षपछि अर्थात् सन् २०१४ मा उनका छोरा मिकले क्रिन्गल क्याण्डल कम्पनी खोलेका छन् र अहिले माइकल उनलाई प्रोत्साहित गरिरहेका छन् । क्रिन्गल पनि अहिले अन्तर्राष्ट्रिय कम्पनीको रुपमा अगाडि आइरहेकोछ ।

इरादा पहाडी , एजेन्सीको सहयोगमा
१४ साउन २०७३

वि.सं.२०७३ साउन १४ शुक्रवार १९:३६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...