back
NMB ad

मावन इतिहासकै सबैभन्दा धनी दश व्यक्ति सार्वजनिक, बिल गेट्स नवौं धनी

Kumari bank ad
टाइम म्यागजिनले मानव इतिहासका १० सबैभन्दा धनी व्यक्तिको सूची तयार गरेको छ। प्राज्ञिक इतिहासकार तथा अर्थशास्त्रीसँग गरिएका लामा अन्तर्वार्ता र गहिरो खोजका आधारमा त्यस्ता व्यक्ति छानिएको टाइम म्यागजिनले बताएको छ। इतिहासका विभिन्न कालखण्डमा उनीहरुले आर्जन गरेको सम्पत्तिलाई आज पर्ने मूल्यका आधारमा उक्त सूची तयार गरिएको हो।
१०.जेङ्गीस खान
मंगोल सम्राट जेङ्गीस खान उक्त सूचीको १० औं नम्बरमा छन्। सन् ११६२ मा जन्मिएका जेङ्गीस खान इतिहासकै एक नामुद सेना प्रमुख थिए भन्ने कुरामा विवाद छैन।
जेङ्गीस धनाढ्य व्यक्तिको सूचीमा पर्नुको कारण उनको स्वामित्वमा भएको अथाह जमीन हो। आफ्नो उत्कर्षको समयमा मंगोल साम्राज्य चीनदेखि युरोपसम्म फैलिएको थियो। विश्व इतिहासमा विशाल क्षेत्रमा निरन्तर फैलिएका साम्राज्यमध्ये मंगोल साम्राज्य सबैभन्दा ठुलो हो।  आफ्ना लागि भनेर जेङ्गीसले कहिल्यै सम्पत्ति थुपारेनन्।
 प्राध्यापक मोरिस रोसवीका अनुसार जेङ्गीसले कब्जा गरेको सम्पत्ति आफ्ना सैनिक र कमाण्डरलाई बाँड्दै जान्थे। यसैकारण उनको सैनिक सामथ्र्य, प्रभाव र शक्ति बढेको मानिन्छ। ‘जेङ्गिस खान एण्ड द मेकिङ अफ मोडर्न वल्र्ड’का लेखक ज्याक विदरफोर्डका अनुसार जेङ्गिसका सेनाले कुनै भूभाग कब्जा गर्दा त्यहाँ रहेको सम्पत्ति सेनाका सदस्यले लुकाउन पाउँदैन थिए।
अन्य सैनिक अधिकारीझैं जेङ्गिसले पनि आफ्नो भाग पाउँथे। त्यसैकारण जमीन बाहेक जेङ्गिससँग धेरै सम्पत्ति थिएन।  ‘उनले आफू र आफ्ना परिवारका लागि कहिल्यै दरबार बनाएनन्, मन्दिर, चिहान वा बस्नका निम्ति एउटा घर पनि बनाएनन्,’ विदरफोर्ड भन्छन्।
उनी फिरन्ते जातिले प्रयोग गर्ने टेन्ट जस्तो आवासमा जन्मे र त्यस्तै स्थानमा सन् १२२७ उनको मृत्य भयो। मरेपछि उनको शरीरलाई सामान्य मानिसको जस्तै कपडाले बेरियो र  गाडियो।
९ बिल गेट्स 
धनी व्यक्तिका सुचिमा नवौं स्थानमा परेका छन्, अमेरिकी नागरिक बिल गेट्स। सन् १९५५ मा जन्मेका बिल गेट्सको सम्पत्ति ७८.९ अर्ब  अमेरिकी डलर बराबरको छ।
माइक्रोसफ्टका संस्थापक गेट्स सुपरिचित व्यक्ति हुन्। जीवित व्यक्तिमध्ये सबैभन्दा धनी गेट्सको सम्पत्ति गणना गर्न गाह्रो पनि छैन। फोब्र्स पत्रिकाले उनको सम्पत्ति ७८.९ अर्ब डलर पुगेको देखाएको छ। उनको सम्पत्ति ‘जारा’का सहसंस्थापक अमानसियो ओर्टेगाको सम्पत्तिभन्दा ८ अर्ब डलर मात्र थोरै हो। ओर्टेगा संसार कै जीवित धनी व्यक्तिको सूचीमा दुई नम्बरमा पर्छन्।
 ८. अलान रुफुस 
 
सूचीको आठौं नम्बरमा छन्, बेलायतका अलान रुफुस। सन् १०४० मा जन्मिएका अलान रुफुसको कुल सम्पत्ति अहिलेको मूल्यमा १९४ अर्ब डलर रहेको देखिन्छ। बेलायतका पहिलो नोरम्यान राजा विलियम दि कनक्वेररका भतिजा रुफुसले आफ्ना काकाको युद्धमा भाग लिएका थिए। सन् १०९३ मा उनको देहान्त हुँदा उनीसँग ११ हजार पाउण्ड थियो।
‘रिचेस्ट अफ द रिच’ भन्ने पुस्तकका अनुसार रुफुसको सम्पत्ति त्यस समयमा बेलायतको कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत बराबर थियो। उक्त सम्पत्तिलाई २०१४ मा आएर दाँज्दा १९४ बिलियन डलर पुग्छ।
 ७. जोन डी रकफेलर   
सन् १८३९ मा जन्मिएका अमेरिकी नागरिक रकफेलरको कुल सम्पत्ति आजको मूल्यमा ३१४ अर्ब डलर थियो। रकफेलरले सन् १८६३ मा पेट्रोल उद्योगमा लगानी गर्न सुरु गरेका थिए र उनको ‘स्ट्यान्डर्ड वायल कम्पनी’ले अमेरिकाको ९० प्रतिशत तेल उत्पादन नियन्त्रण गथ्र्यो।
न्युयोर्क टाइम्सको ‘ओविच्युअरी’ अनुसार रकफेलरको १९१८ मा सरकारलाई तिरेको करको आधारमा गणना गर्दा उनको सम्पत्ति १.५ अर्ब अमेरिकी डलर बराबर थियो। उक्त रकम अमेरिकी कुल उत्पादनको २ प्रतिशत हो। सन् २०१४ मा उक्त सम्पत्ति ३४१ अर्ब अमेरिकी डलर बराबरको हो।
 ६ . एण्ड्रयु कार्नेजी 
सञ्चारमाध्यममा अत्यन्तै धनी व्यक्तिका रुपका रकफेलर चिनिए पनि आजसम्मका सबैभन्दा धनी अमेरिकी भने एण्ड्रयु कार्नेजी नै हुन्।
सन् १८३५ मा जन्मिएका एण्ड्रयु कार्नेजीको सम्पत्ति आजको मूल्यमा ३७२ अमेरिकी डलर रहेको छ।  स्कटल्याण्डबाट अमेरिकामा बसाइँ सरेका कार्नेजीले ‘युएस स्टिल’ भन्ने कम्पनी सन् १९०१ मा जे.पी. मोर्गनलाई ४९० मिलियन अमेरिकी डलरमा बेचेका थिए।
 तत्कालीन समयमा उक्त रकम अमेरिकी कुल ग्राहस्थ उत्पादनको २.१ प्रतिशतभन्दा बढी थियो। उक्त रकमलाई २०१४ मा दाँज्दा ३७२ अर्ब अमेरिकी डलर पुग्छ। सन् १९१९ मा कार्नेजीको मृत्यु भएको थियो।
५. जोसेफ स्टालिन 
१८७८ मा जन्मिएका कम्युनिष्ट नेता स्टालिनले सोभियत संघको अर्थतन्त्रलाई पूर्ण रुपले नियन्त्रण गरेका थिए। उनको समयमा सोभियत संघले विश्व अर्थतन्त्र ९.६ प्रतिशत भाग ओगटेको थियो। स्टालिनको व्यक्तिगत सम्पत्ति र राज्यको सम्पत्ति छुट्याउन लगभग असम्भव भएको टाइम म्यागजिनको भनाइ छ। तर सोभियत अर्थतन्त्रमा उनको पूर्ण नियन्त्रणका कारण धेरै अर्थशास्त्रीले स्टालिनलाई इतिहासकै सबैभन्दा धनी व्यक्तिको सूचीमा राखिएको टाइम म्यागजिनले बताएको छ।

उनको देहान्त हुनुभन्दा तीन वर्षअघि सन् १९५० मा संकलन गरिएको डाटा अनुसार सोभियत संघले विश्व अर्थतन्त्रको ९.५ प्रतिशत भाग ओगटेको थियो। उक्त सम्पत्ति २०१४ मा आइपुग्दा ७.५ ट्रिलियन डलर बराबरको थियो। उक्त सम्पत्ति सोझै स्टालिनको थिएन, तर त्यसमा कुनै नियन्त्रण र बाधा विना नै स्टालिनले नियन्त्रण गरेका थिए। इतिहासका प्राध्यापक जर्ज ओ. लिबर भन्छन्– स्टालिनसँग असिमित शक्ति थियो र उक्त शक्तिका कारण आफूले चाहेको कुनै पनि कुरा उनी गर्न स्वतन्त्र थिए। तर त्यसैका आधारमा उनलाई धनी व्यक्तिको सूचीमा राख्ने कुरामा भने विवाद छ।

४ . अकबर 
मुगल वंशका सबैभन्दा चर्चित सम्राट अकबरले विश्व उत्पादनको २५ प्रतिशत भाग ओगटने भूभागमा कुनै समय राज्य गरेका थिए।   सन् १५४२ मा जन्मेका सम्राट अकबर टाइम म्यागजिनको चौंथो नम्बरमा परेका छन्। फच्र्युन पत्रिकाका क्रिस म्याथुले आर्थिक इतिहासकार आंगुस मेडिसनलाई उद्धृत गर्दै लेखेका छन्– अकबरको शासनकालमा भारतको औसत प्रतिव्यक्ति आय एलिजाबेथको बेलायतसँग तुलना गर्न सकिन्छ। अझ भारतका सम्भ्रान्त वर्गको जीवनशैली युरोपेली समकक्षीभन्दा पनि ज्यादा सम्पन्न र खर्चालु थियो।
अकबरको समयमा भारतका सम्भ्रान्त वर्ग पश्चिमी सम्भ्रान्त वर्गभन्दा धेरै सम्पन्न थियो भन्ने भनाइलाई अर्थशास्त्री ब्रान्को मिलानोभिकको संकलन गरेको तथ्यांकले प्रष्ट पार्छ।
मिलानोभिकले गरेको अध्ययनअनुसार मुगल वंशको आर्थिक नीति र जनताबाट कर असुल्ने कलाका कारण उनीहरुलाई इतिहासकै सबैभन्दा प्रभावकारी शासक भन्न सकिन्छ। सन् १६०५ मा अकबरको निधन भएको थियो।
३. सम्राट सेन्जोङ   
सन् १०४८ मा जन्मिएका चिनियाँ सम्राट सेन्जोङ टाइम म्यागजिनको  धनीको सूचीमा तेस्रो नम्बरमा परेका छन्। विश्व अर्थतन्त्रको कुल उत्पादनको २५ देखि ३० प्रतिशत भाग ओगट्ने चिनियाँ साम्राज्यमा उनले अधिपत्य जमाएका थिए। सन् ९६० देखि १२७९ सम्म राज गरेको चीनको ‘सोङ’ वंशको साम्राज्य आर्थिक रुपले इतिहासकै सबैभन्दा प्रभावशाली मध्येको एक मानिन्छ। प्राध्यापक रोनाल्ड एडवार्ड्सका अनुसार साम्राज्यको चरमोत्कर्षमा यसले विश्व अर्थतन्त्रको कुल उत्पादनमा २५ देखि ३० प्रतिशत भाग ओगटेको थियो।
नयाँ प्रविधिको खोज र प्रयोग तथा कर संकलनमा उनीहरुले लिएको नीति उत्कृष्ट थियो। प्राध्यापक एडवार्डका अनुसार उक्त साम्राज्यको आर्थिक व्यवस्था युरोपियन राज्यहरुको तुलनामा सयौं वर्षले उन्नत थियो। सोङ साम्राज्य अत्याधिक केन्द्रीकृत थियो। यसको अर्थ सम्राटले अर्थतन्त्रमा लगभग पूर्ण रुपले नियन्त्रण गर्थे।  उनको देहान्त सन् १०८५ मा भएको थियो।
 २. अगस्टस सिजर 
धनीको सूचीमा दोश्रो नम्बरमा परेका छन्, रोम साम्राज्यका संस्थापक अगस्टस सिजर। उनको सम्पत्ति आजको मुल्यमा ४.६ ट्रिलियन डलर थियो। इसापूर्व ६३ मा जन्मिएका अगस्टसको मृत्यु सन् १४ मा भएको थियो।  विश्व अर्थतन्त्रको २५ देखि ३० प्रतिशत उत्पादन अगस्टस अन्तर्गतको साम्राज्यले ओगटेको थियो। स्ट्यान्डफोर्डका प्राध्यापक इयन मोरिसका अनुसार साम्राज्यको कुल अर्थतन्त्रको पाँचमध्ये एक भाग अगस्टसको थियो।  मोरिसका अनुसार कुअनी समय अगस्टसले सम्पूर्ण इजिप्ट नै निजी सम्पत्तिका रुपमा राखेका थिए।
१. मनसा मुसा  
सन् १२८० मा जन्मिएका पश्चिम अफ्रिकी मुलुक मालीमा पर्ने टिमबुक्टुका राजा मनसा मुसा मानव इतिहासकै सबैभन्दा धनी व्यक्तिका रुपमा चिनिन्छन्। हामीले कल्पना गर्नसक्ने भन्दा पनि बढी सम्पत्तिका मालिक थिए, मुसा।
इतिहासकार प्राध्यापक रिचार्ड स्मिथका अनुसार मुसाको अफ्रिकी राज्य संसारकै सबैभन्दा धेरै सुन उत्पादन गर्ने मुलुक थियो। माग अत्याधिक भएको समयमा उक्त राज्यले सुन उत्पादन गरेकाले पनि उनको सम्पत्ति अत्याधिक हुन गएको थियो। कति सम्पत्ति थियो होला त मुसासँग ? उनको सम्पत्ति कति थियो भनेर रेकर्ड नगरिएकाले ठ्याक्कै भन्न सक्ने अवस्था छैन। तर उनको अथाह सम्पत्ति यति धेरै थियो जसलाई हामीलाई व्याख्या गर्न हम्मे पर्छ।
एक कहानी अनुसार उनले सयौं पाउण्ड सुन उटमा बोकाएर मक्काको तिर्थ यात्रा गरेका थिए। मक्कामा रहँदा उनले गरेको अत्याधिक खर्चका कारण युरोपमा मुद्रा संकट नै आयो। उनीसँग  भएका दुई लाख सेनामध्ये चालिस हजार धनुषवाणले सज्जित थिए। यति धेरै सेनालाई मैदानमा ल्याउन आजका शक्तिशाली मुलुकका लागि पनि सजिलो कुरा होइन।
‘कसैले आजसम्म जानेका व्यक्तिमध्ये उनी सबैभन्दा धनी थिए। कुरा त्यहि हो,’ इतिहासका प्राध्यापक रुडोल्फ मुसाबारे भन्छन् ‘उनको सम्पत्ति कति थियो भन्ने ब्याख्या गर्न शब्दहरु खोज्नु पर्छ। उनका तस्बिरहरु छन् जसमा उनले सुनको दण्ड लिएर सुनको सिंहासनमा सुनको मुकुट लगाएर सुनको बटुका बोकेर बसेका छन्।’ उनी थप्छन्– कल्पना गर्नुस मानिसले कति सुन स्वामित्वमा लिन सक्छ र त्यसलाई दुइ गुणा बढाउनुस्। उनको सम्पत्ति बारेका सबै कहानीहरुले त्यही कुरा भन्न खोजेका छन्।’   मुसाको मृत्यु सन् १३३७ मा भएको
थियो।
– सेतोपाटी, २७ बैशाख २०७३, ४.००

वि.सं.२०७३ वैशाख २७ सोमवार १७:१८ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...