back
NMB ad

४० लाख लागतमा थोराङपास सेल्टर बनेपछि पर्यटकलार्इ सुिवधा

Kumari bank ad

काठमाण्डौं । राउण्ड अन्नपूर्ण पदमार्ग अन्तर्गत थोराङपासमा अस्थायी सेल्टर (आवास गृह) निर्माण भएपछि पर्यटकलाई सहज भएको छ।

जिल्ला विकास समिति मुस्ताङ र पर्यटन बोर्डको रु. ४० लाखको लगानीमा सेल्टर निर्माण गरिएको हो। एक्काइस दिन लाग्ने पदमार्गको पदयात्रामा आउने अधिकाँश पदयात्री समुद्री सतहदेखि ५ हजार ४ सय मिटर उचाइमा रहेको थोराङपासमा पुग्न चाहान्छन्।

जिल्ला विकास समितिका कार्यक्रम अधिकृत केदारसिंह थापाले मनाङ र मुस्ताङको सिमानामा पर्ने थोराङ क्षेत्रमा आवश्यकताको आधारमा २ वटा सेल्टर निर्माण गरिएपछि यो सिजनमा आउने पदयात्रीलाई सहज भएको जानकारी दिए।

लामो समयदेखि सेल्टर निर्माण गर्नुपर्ने बहस चले पनि प्रक्रिया अघि नबढ्दा उक्त समयमा ठूलो मानवीय क्षति भएको थियो। अहिले सेल्टर बनेपछि हिमपातकै कारणले यस्तो मानवीय क्षति नहुने (एक्याप) का पर्यटन सहायक बेलबहादुर पुनले जानकारी दिए।

बोर्ड तथा मन्त्रालयले पक्की घर नै बनाउन भनेर बजेट दिएको भए पनि तत्काल सम्भव नभएका कारण टिन र फलामको सहायताले अस्थायी आवासगृह निर्माण गरिएको जिविसले जनाएको छ ।

प्रकाशितः २०७३ वैशाख ४

वि.सं.२०७३ वैशाख ४ शनिवार १४:२१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...