Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, चैत्र १४ , २०७३  |  
Monday, March 27, 2017
पर्यटन
  • सगरमाथा चढ्नेहरु अब निगरानीमा ! Mar 26, 2017 ArthatantraMount everest
    काठमाडौ। सगरमाथाको चुचुरोमा नपुगी सगरमाथा सफल आरोहण गरेको दाबी गर्नेको सङ्ख्या बढ्न थालेपछि सरकारले सगरमाथा आरोहीलाई ग्लोबल पोजिसिङ (जिपिएस) सिस्टममार्फत ट्याकिङ (निगरानी) गर्ने भएको छ । यसअघि विभिन्न मुलुकका आरोहीले झुटो विवरण पेस गरी सगरमाथा आरोहणको प्रमाणपत्र लिने प्रवृत्ति बढेपछि पर्यटन विभागले सरोकारवाला निकायसँग छलफल गरी जिपिएस प्रणाली सुरु गर्न लागेको हो । अघिल्लो वर्ष भारतीय एक दम्पतीले सगरमाथा चढेको भनेर ...
  • नेपालको पर्यटन प्रबद्र्धन गर्दै सोट्टो नेपालको टोली रसिया र फिनल्याण्ड… Mar 25, 2017 Arthatantrasotto rasiya finland
    काठमाडौं । आन्तरिक तथा वाह्य दुबै किसिमको पर्यटन प्रबद्र्धन गर्दै आएको सोसाइटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) नेपालको टोली वाह्य पर्यटन प्रबद्र्धनका लागि अहिले रसिया–फिनल्याण्ड सेल्स मिसन–२०१७ अभियानअन्तर्गत त्यहाँ रहेको छ । मार्च २४ देखि अप्रिल ५ सम्म अर्थात् १२ दिने सेल्स मिसनमा रसिया र फिनल्याण्डका विभिन्न सहरमा नेपाल प्रबद्र्धन गरिने सोट्टो–नेपालका महासचिव नारायण पराजुलीले जानकारी दिए । उनले रसियाको ...
  • एसइई दिएका विद्यार्थीले ३०० रुपैयाँमा चन्द्रागिरी केबल कार चढ्न पाउने Mar 24, 2017 Arthatantrachandragiri cable car
    काठमाडौ। शैक्षिक सत्र २०७३ को माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएका परीक्षार्थीहरुले तीन सय रुपैयाँ ( रु. ३००) मा केबलकार चढ्न पाउने भएका छन् । यो छुट व्यवस्था थानकोटस्थित चन्द्रागिरि केबलकारले यही चैत मसान्तसम्मका लागि मात्र ल्याएको हो । यो सुविधा लिनका लागि परीक्षार्थीहरुले परीक्षाको प्रवेश पत्र अनिवार्य रुपमा साथमा लिई आउनुपर्नेछ । छुट अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरमा मात्र उपलब्ध ...
  • वनले लोभ्याउँदैछ पर्यटकको मन ! Mar 23, 2017 ArthatantraForest
    पाल्पा। कालीगण्डकीले टापु आकारमा घेरेको खैरेनी वन क्षेत्र प्राकृतिकरुपमा निकै सुन्दर र मनमोहक देखिन्छ । यसको प्राकृतिक सुन्दरताले बालबालिका, युवायुवती या बूढापाका सबैको मनलाई लोभ्याइरहेको हुन्छ । उत्तर र दक्षिण दिशाबाट कालीगण्डकीले टापु आकारमा खैरेनी वनलाई घेरेको यो प्राकृतिक दृश्य नियाल्दै मनमा धेरैले प्रकृतिसँगै रमाउँदै आनन्दको अनुभूति लिइरहेका हुन्छन् । पौराणिक कथनअनुसार पवित्र कालीगण्डकी नदीको उद्गमस्थल मुक्तिनाथदेखि नदी बगेर आएका बखत ...
  • सिम्रिकको काठमाडौँ–भरतपुर–काठमाडौँ उडान सुरु Mar 22, 2017 Arthatantrasimrik air 1st fly bharatpur
    चितवन । सिम्रिक एयरले आजदेखि काठमाडौँ– भरतपुर–काठमाडौँका लागि उडान सुरु गरेको छ । बिहान ९ः५५ मा काठमाडौँबाट भरतपुरका लागि उडेको सिम्रिकको नाइन एन एजिआई विमान बिहान १०ः२० मा भरतपुर विमानस्थलमा अवतरण भएको भरतपुर विमानस्थलका प्रमुख शिव शर्मा उपाध्यायले जानकारी दिए । सिम्रिकसँगै काठमाडौँ–भरतपुर–काठमाडौँ उडान भर्ने एयरलाइन्सको सङ्ख्या तीन पुगेको छ । सिम्रिकको १८ सिटको सो जहाजले १५ जना यात्रु ल्याएको थियो भने ...
  • अछामको बुढिगंगामा जलयात्रा सम्भाव्यता अध्ययन Mar 22, 2017 Arthatantraachham rafting news photo
    अछाम । अछाम जिल्लाकोे बुढिगंगा नदिमा पहिलो पटक सम्भाव्यता अध्ययनका लागि जल यात्रा गरिएको छ । मष्टो आउटडोर्स प्रालिको आयोजनामा जलयात्रा गरेर सम्भाव्यता अध्ययन गरिएको हो । साँफेबगरको पक्की पुलदेखि, बैजानाथ धाम, जिउराडी हँुदै चित्रे पुलसम्म टोलिले जलयात्रा गरेको थियो । ‘अछाम जिल्लाको बुढीगंगा नदीमा जलयात्राको प्रचुर सम्भावना रहेको छ, ‘सम्भाव्यता अध्ययनको नेतृत्व गरेका पर्यटन ब्यवसायी रमेशबहादुर कुँवरले भने जल यात्राका ...
  • विमानस्थलको काम सुरु हुन दुई साता लाग्ने Mar 21, 2017 Arthatantrauf}td a'4 ljdfg:ynsf] sfd aGb
lgdf{0ffwLg uf}td a'4 cGt/f{li6«o ljdfg:ynsf] sfd 7]s]bf/sf] ljjfbn] rf/ lbgb]lv aGb ePkl5 kfls{ª If]qdf ylGsPsf lgdf{0f sfo{df k|of]u ePsf ;jf/L ;fwg . tl:a/ M e/t s];L, a'6jn, /f;;
    बुटवल। ठेकेदारको विवादका कारण चार दिनदेखि ठप्प रहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको काम सुरु हुन दुई साता लाग्ने भएको छ । विमानस्थलको निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र नेपाली सप्लायर्स नर्थ वेस्ट इन्फ्रा नेपालबीच आपसी लेनदेनको विषयमा विवाद भएपछि निर्माणको काम चार दिनदेखि ठप्प भएको हो । चाइनिज कम्पनी र नेपाली कम्पनीबिच हालसम्मको कामको सम्पूर्ण मूल्याङ्कन गरेर लेनदेनको ...
  • ढोरपाटनमा सिकारको याम सुरु : जाने हो तपाईं पनि ? Mar 20, 2017 ArthatantraDhorpatan Hunting starting
    बागलुङ । ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकारयाम सुरु भएको छ । विदेशी सिकारी नाउर तथा झारलको सिकार गर्न आरक्ष आउन थालेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले १० वटा नाउर र तीनवटा झारलको सिकारका लागि अनुमति दिएको छ । नेपाल वाइल्ड लाइफ सफारी, हिमालयन सफारी प्रालि, ग्लोबल सफारी प्रालि र ट्र्याक एन्ड टे«ल्र्स प्रालिले सिकार खेलाउने छन् । बोलपत्र ...
  • गण्डकी र धवलागिरिमा ६५ वटा होम स्टे ! Mar 19, 2017 Arthatantrahomestay
    पोखरा । घरबास (होम स्टे) कार्यक्रमको बजारीकरण एवम् क्षमता अभिवृद्धिका लागि नेपाल पर्यटन बोर्ड, पोखराको आयोजना र ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च कास्कीको सहआयोजनामा आगामी चैत २५ र २६ गते पोखरामा होमस्टे मार्ट तथा कार्यशाला–२०७३ हुने भएको छ । कार्यशालाका सम्बन्धमा जानकारी दिने उद्देश्यले आज यहाँ आयोजित पत्रकारसम्मेलनमा नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराका वरिष्ठ अधिकृत सूर्य थपलियाले विशेषगरी गण्डकी तथा धवलागिरि ...
  • तपाई पनि जाने हैन त ‘गुराँस उत्सव’मा ? Mar 19, 2017 Arthatantrarhododendron laliguras nepal
    बागलुङ । नयाँ वर्ष २०७४ को अवसरमा यहाँ ‘गुराँस उत्सव’ हुनेभएको छ । तीन हजार १२० मिटरको उचाइमा अवस्थित पर्यटकीय लेक घुम्टेमा उत्सव गर्न लागिएको हो । गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना गर्ने उत्सव आगामी चैत ३१ र वैशाख १ गते चल्नेछ । केन्द्रले विगत चार वर्षदेखि नयाँ वर्षको अवसरमा ‘गुराँस उत्सव’ आयोजना गर्दै आएको छ । जिल्लाको पर्यटकीय लेक घुम्टेको ...