Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
पर्यटन
  • एनएमएको चुनावमा जाँडरक्सी खुवाउनेबिरुद्ध अख्तियारमा मुद्धा ! Jul 30, 2017 Arthatantranepal-mountaneering
    काठमाडौ । नेपाल पर्वतारोहण संघ(एनएमए)को आसन्न निर्वाचन आगामि साउन २१ गते हुन गईरहेको छ । यस सन्दर्भमा यतिबेला लाखौं खर्चेर भोट किन्ने र अनावश्यक तडक भडक र महंगा भोज, पार्टीहरु भईरहेको भनेर सर्वत्र निन्दाको स्वर गुञ्जिन थालेको छ । यसै सन्दर्भमा पर्यटन क्षेत्रका चार मजदुर संगठनले पर्यटन क्षेत्रमा बिगतमा झै आसन्न एनएमएको चुनावी सन्दर्भमा भईरहेको गलत कदमप्रती खबरदारी गरेको छ । ...
  • जापानीज संसदीय टोलीद्धारा चन्द्रागिरि भ्रमण Jul 28, 2017 Arthatantra????????????????????????????????????
    काठमाडौ । जापानीज संसदका सदस्यद्धय हिन्को ताकासी र यूको नाकागोवा र नेपालका लागि जापानका राजदुत मसाशी ओगावा लगायतको समूहले आज चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् । भ्रमणमा आएको समूहलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महा–प्रबन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजना स्थलगत भ्रमण गराएका थिए । भ्रमणमा आएको जापानीज टीमले परियोजनाको प्रशंसा गर्दै चन्द्रागिरिको चुचुरोबाट देखिने हिमाल, पहाड ...
  • नेपालका पर्यटकीय केन्द्रहरुमा होटलमा लगानी बढ्यो Jul 28, 2017 Arthatantrahotel diner-
    काठमाडौ । पर्यटन क्षेत्रको विकास र विस्तारको महत्वपूर्ण आधार होटल व्यवसायमा पछिल्लो समय लगानी बढेर गएको छ ।पछिल्लो समय चौधरी ग्रुप, गोल्छा अर्गनाइजेशन जस्ता प्रतिष्ठित व्यापारिक समूह होटल व्यवसायतर्फ आकर्षित भएका छन् भने हिल्टन, मेरियट, सेराटनजस्ता अन्तर्राष्ट्रिय सञ्जाल रहेका ठूला कम्पनीले पनि नेपालमा लगानी बढाएका छन् । पर्यटन क्षेत्रमा अनुकूल वातावरण बनेको ठान्दै व्यवसायीले नेपालमा लगानी बढाए पनि पर्यटन आगमनको सुनिश्चितता ...
  • ग्रिनकार्डधारी पाइलटलाई मासिक १० लाख तलब,अन्यलाई डेढलाख मात्रै ! Jul 27, 2017 ArthatantraAngnoori Sherpa
    काठमाडौ। नेपाल वायु सेवा निगमका उच्च अधिकारीहरूको मिलेमतोमा विज्ञताको नाम दिएर पाईलट आङ्नुरी शेर्पालाई प्रतिमहिना १० लाख रूपैयाँ तलब दिएको खुलाशा भएको छ । विज्ञ भन्दै नवौँ तहमा वरिष्ठ क्याप्टेनका रुपमा नियुक्त गरिएको शेर्पाले अहिले आन्तरिक सेवामा रहेका १७ सिटे चिनियाँ जहाज वाई १२ ई उडाउँदै आएका छन् । उनी जस्तै यही जहाज उडाउने अन्य पाईलटलाई भने निगमले मासिक १ लाख ...
  • राराको प्रबद्र्धन गर्न नमस्ते रारा अभियान चलाइने Jul 26, 2017 ArthatantraRara Lake @ Arthatantra (21)
    मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५का लागि ३५ करोड ५१ लाख ८१ हजार रुपैयाँ विनियोजन गरेको छ । नगरपालिकाले सूचना प्रबिधि र सडक विस्तारलाई मूख्य प्राथमिकतामा राखेको छ । बुधबार गमगढीस्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको नगरसभाले विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानी र पर्यटन क्षेत्रको विकासलाई पनि प्राथमिकता दिइएको नगर प्रमुख हरिजंग शाहीले जानकारी दिए । समृद्ध नगर बनाउनका ...
  • धार्मिक तिर्थस्थल गोसाइँकुण्ड जाने दुई पदमार्ग सञ्चालनमा Jul 25, 2017 ArthatantraGosai kunda lake
    नुवाकोट । जनैपूर्णिमा पर्वको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने दुई पदमार्ग व्यवस्थितरुपमा सञ्चालनमा आएको छ । काठमाडौको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै गोसाइँकुण्ड जाने दुई पदमार्गमा तीर्थयात्रीका लागि आवश्यक व्यवस्थासहित सञ्चालनमा ल्याएको होटल व्यवसायीले बताएका छन् । गोसाइँकुण्ड पुग्न पर्यटकीय मार्ग तथा प्रकृतिको सुन्दरतासँग रमाउन चाहनेलाई यसअघिदेखि नै कायम रहेको काठमाडौंको सुन्दरीजलबाट पैदलमार्फत चिसापानी, कुटुङसाङ, भंगिनगोठ, ...
  • एनएम्एको अबको निर्वाचन पिक खोस्न चाहने र पिक बचाउने समूहबीचको लडाँई ! Jul 25, 2017 ArthatantraZimba Sherpa
    काठमाडौ । आगामि साउन २१ गते हुन गईरहेको नेपालको पर्वतीय पर्यटनको महत्वपूर्ण संस्था नेपाल पर्वतारोहण संघ(एनएमए) नयाँ कार्यसमिति निर्वाचन बारे यतिबेला पर्यटन क्षेत्रमा तातो बहस चलिरहेको छ । एनएम्एको नयाँ नेतृत्वका लागि पर्यटनसँग सम्बद्ध राजनीतिक संगठन र विभिन्न समूहका बीच छलफल भईरहेको छ । यसैबिच पर्वतीय पर्यटन क्षेत्रमा लामो योगदान पुर्याएका पुराना पर्यटन व्यवसायी एवं आगामि कार्यकालका लागि अध्यक्षका प्रत्यासी ...
  • चन्द्रागिरी भालेश्वरमा भारतिय चर्चित गायक कुमार सानु,भने हिमालको काखमा… Jul 17, 2017 Arthatantrakumar sanu at chandragiri
    काठमाडौ । भारतका चर्चित गायक कुमार सानुले आज चन्द्रागिरिको भ्रमण गरेका छन् । भ्रमणमा क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि अवलोकान गर्नु भयो । कन्र्सटका लागि नेपाल आएका ५९ वर्षिय कुमार सानुलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । सानुले चन्द्रागिरि भ्रमण बारे प्रतिक्रिया ...
  • मन्त्रीबाट हटेको ४० दिन पुगेपनि क्वार्टर नछाड्ने यी हुन् पूर्व पर्यटनम… Jul 17, 2017 ArthatantraJitendra_Dev
    काठमाडौ। गत जेठ २३ गते शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका मन्त्रीहरुले मन्त्री क्वाटर छोडे पनि पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले भने अझै मन्त्री क्वार्टर छोडेका छैनन् । मन्त्रीबाट हटेपछि उनी बसेको भी फाइब को क्वार्टरमा सामान राख्नुका साथै साँचो समेत आफैं लिएर हिँड्ने गरेका छन्। नेपाल फोरम लोकतान्त्रिकका उपाध्यक्षसमेत रहेका देवले पुन मन्त्री हुने आशा ...
  • गाउँपालिकालाई पर्यटकीय गन्तव्य बनाउनुमा जोड Jul 16, 2017 Arthatantratourists-in-pokhara
    पोखरा । कास्कीस्थित माछापुच्छ्रे गाउँपालिकाले त्यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनुलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाको आव २०७४\७५ को वार्षिक नीति तथा कार्यक्रम प्रथम गाउँ सभामा प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख कर्ण गुरुङले यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनुका साथै भौतिक एवं सामाजिक विकासका लागि योजना अघि बढाइएको जानकारी दिएका छन् । । गाउँपालिकाको आव २०७४\७५ का लागि रु ३९ करोड ४७ लाख २३ हजार ...