Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
पर्यटन
  • भ्यू टावरको बोलपत्र रद्द गर्दै कामनपा Jul 12, 2017 ArthatantraDff]/ªsf] l;+xb]jL uflj;l:yt ko{6lso s]Gb| h]kmfn]8fF8fdf b[Zofjnf]sgsf ufnL lgdf{0f ul/Psf Eo" 6fj/ . tl:a/ M ;'dg l3ld/]÷/f;;, pnf{af/L -df]/ª_
    काठमाडौँ । सम्झौता भएको १ वर्ष बितिसक्दासम्म काम अघि नबढाएको भन्दै काठमाडौँ महानगरपालिकाले काठमाडौँ भ्यू टावर निर्माता कम्पनीसँगको बोलपत्र रद्द गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले काठमाडौँ भ्यू टावर निर्माता कम्पनी जलेश्वर विकोइ स्वच्छन्दले सम्झौता भएको १ वर्ष पूरा भइसक्दा पनि लक्ष्य अनुसारको प्रगति नगरेको र के भइरहेको छ भनी प्रगति विवरणसमेत नदेखाएपछि ठेक्का रद्द गर्न लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले ...
  • ‘ १/२ वर्ष सगरमाथालाई आराम दिनुप¥यो’:कीर्तिमानी आरोही Jul 11, 2017 Arthatantramount everest
    काठमाडौँ । “सगरमाथामा यसरी नै लापर्बाही गर्ने हो, भने अबको केही वर्षमा फोहरको डङ्गुरले अस्तित्व खतरामा पर्छ,”–सोह्र पटक सगरमाथा चढेका कीतिमानी आरोही पेम्बा दोर्जे शेर्पा भने,“म सरकारलाई आग्रह गर्दछु की सगरमाथालाई १/२ वर्ष आराम ‘रेस्ट’ दिउँ ।” सर्वोच्च शिखर सगरमाथाको अस्तित्वलाई जोगाउन त्यहाँको सबै फोहर सफा गर्नुपर्ने भएकाले आरोहणलाई केही समय रोकी अन्य ‘भर्जिन’ हिमालमा आरोहण सञ्चालन गरिनुपर्ने आरोही पेम्बाको भनाइ ...
  • यात्रा सस्मरण : कैलाश, मानसरोवर पर्यटन विकासमा महत्वपूर्ण गन्तव्य Jul 5, 2017 ArthatantraKailash by Amar adhikari2
    हिन्दूहरुको आराध्यदेव शिवलाई योगका गुरु मानिन्छ । उनी प्रायजसो ध्यान मुद्रामा देखिन्छन् । उनको पूजा लिंगकोरुपमा गरिन्छ । भगवान शिव सौम्य आकृति एवं रौद्रमय दुवैको लागि विख्यात छन् । सृष्टिको उत्पात, स्थिति एवं संहारको अधिपति शिवलाई मानिन्छ । शिवको अर्थ कल्याणकारी हुन्छ । तर उनी सधै लय एवं प्रलय दुवैलाई आफ्नो अधिनमा राख्न सक्छन् भन्ने विश्वास छ । शिवको वासस्थान ...
  • घट्यो हवाई भाडा,अब कहाँ जाँदा कति भाडा तिर्ने ? Jul 5, 2017 ArthatantraPlane
    काठमाडौ । हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाई भाडा घटाएका छन् । नेपाल आयल निगमले केही दिनअघि हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा दर घटाएको हो । निगमले हवाई इन्धनको मूल्य घटाएकाले आन्तरिक भाडादर केही समायोजन गरिएको सङ्घका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए । निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर रु चार घटाएर रु ८२ बनाएको ...
  • बौद्धनाथ क्षेत्रलाई आठ करोड ६१ लाखको बजेट सार्वजनिक Jul 3, 2017 Arthatantraboudhanath
    काठमाडौ। बौद्धनाथ क्षेत्र विकास समितिले आव २०७४र७५ का लागि आठ करोड ६१ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । समितिले चालु खर्चतर्फ रु तीन करोड ९५ लाख ८० हजार तथा पुँजीगत खर्चतर्फ चार करोड ६६ लाख रुपैयाँ विनियोजन गरेको छ । गत वर्षको मौज्दात दुई करोड रुपैयाँ रहेको र टिकट बिक्रीबाट मात्र छ करोड ५० लाख रुपैयाँ आम्दानी हुने ...
  • पर्यटन: बोर्डर टाउन सेल्स मिसन Jul 2, 2017 Arthatantraindian-tourist
    पोखरा । भारतीय पर्यटकलाई नेपाल भ्रमणको निम्ता दिन बिहारको राजधानी पटना पुगेको नेपाली पर्यटन व्यवसायीको टोलीले त्यहाँका पर्यटन व्यवसायी तथा सञ्चारकर्मीसँग अन्तक्र्रिया गरेका छन् । यहाँस्थित पश्चिमाञ्चल होटल सङ्घको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा गत असार १६ गतेबाट ‘चलिए पोखरा’ अभियान सुरु गरिएको थियो । औपचारिक रुपमा ६ वर्ष अघि सुरु भएको यो अभियान यसपटक असार २० गते सम्पन्न हुँदै ...
  • पर्यटकीय केन्द्र ठमेलका स्थानीयले असार १५ मा सडकमै धान रोपे ! Jun 29, 2017 ArthatantraThamel aasar 15
    काठमाडौ। यसपाली ठमेलबासी र ठमेल घुम्न आउने पर्यटकहरुले ठमेलमै बसेर रोपाईं हेर्न पाए । ठमेललाई व्यवस्थित गर्न र सुधार गर्नका लागि काम सुरु गरेको ८३ औं दिन पुग्दा पनि ठमेलको अवस्थामा खासै सुधार नआएपछि ठमेलका स्थानीय र व्यवसायीहरुले सडकमै रोपाईं जात्रा गरेका हुन् । स्थानीयहरुले विहानै उठेर खेतमा गइ बिऊ ल्याएर सडकमा धान रोपे । ठमेलको मुख्य नाका मध्येको एक सोह्रखुट्टे ...
  • स्वयम्भु,हनुमानढोका क्षेत्र र पहुपतिनाथ मन्दिरमा अब निःशुल्क इन्टरनेट … Jun 27, 2017 Arthatantrawifi-free
    काठमाडौ । स्वेदेशी तथा विदेशी पर्यटकहरुलाई थप सुविधा दिनका लागि काठमाडौ महानगरपालिकाले पर्यटकीय महत्व बोकेका सम्पदामा निःशुल्क इन्टरनेट सुविधा बिस्तार गर्ने भएको छ । काठमाडौ महानगरपालिकाका सहप्रवक्ता नवराज ढकालका अनुसार पर्यटकीय महत्व बोकेका सम्पदामा निःशुल्क इन्टरनेटको सुविधा राख्ने र प्रवेश शुल्कमा तिरेको पैसाले नै पर्यटकहरुले उक्त सुविधाको उपभोग गर्न पाउने भएका छन् । तत्कालका लागि स्वयम्भु, हनुमानढोका क्षेत्र, पशुपतिनाथ मन्दिर वरपर ...
  • पाटन सङ्ग्रहालय विस्तार हुँदै Jun 26, 2017 ArthatantraPatan-Museum-online
    ललितपुर । पाटन सङ्ग्रहालय विस्तार हुने भएको छ । अहिले केशवनारायण चोक र मूल चोकमा मात्रै रहेकामा सुन्दरी चोकसम्म फैलाउन लागिएको हो । सङ्ग्रहालयका प्रमुख सुरेश लाखेका अनुसार सुन्दरी चोकको माथिल्लो तलामा सङ्ग्रहालय फैलाउन लागिएको हो । अहिले प्रकाश संयोजनको काम भइरहेको छ । “एक /दुई महिनाभित्रै आगन्तुकका लागि सङ्ग्रहालय खुल्ला हुनेछ,” लाखेले भने । सङ्ग्रहालयमा भएका सामग्री फैलाउने भन्दा पनि ...
  • पाइलट बाबा: भगवान् शिवको पवित्र स्थल चन्द्रागिरि प्राकृतिक सौन्दर्यले … Jun 23, 2017 Arthatantrababa
    काठमाडौ। चन्द्रागिरि–पाइलटबाबाले चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् । अनौपचारिक भ्रमणमा आएका बाबालाई चन्द्रागिरि हिल्स लिमिटेडका संचालक अम्बिका प्रसाद पौडेल र महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागतगर्दै परियोजनाको स्थलगत भ्रमण गराएका छन् । चन्द्रागिरिमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै बाबाले भगवान् शिवको पवित्र स्थल चन्द्रागिरि प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको र यहाँको भ्रमणले आफु अत्यन्तै मोहित बनाएको उल्लेख गरे । चन्द्रागिरिहिल्स लिमिटेडका अनुसार ऐतिहासिक, ...