Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
पर्यटन
  • पर्यटकीय गाउँ लमजुङमा पहिलोपटक प्रहरी पुग्दा स्वागतम् ! Jun 7, 2017 ArthatantraWelcome
    लमजुङ । लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पहिलोपटक प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख पुगेको भन्दै स्थानीयवासीले भव्य स्वागत गरेका छन् । उत्तरी लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पुगेका प्रजिअ र प्रहरी नायब उपरीक्षकसहितको टोलीलाई स्थानीयवासीले भव्य स्वागत सम्मान गरेका हुन् । जिल्ला समन्वय समिति, लमजुङले आयोजना गरेको होमस्टेसम्बन्धी कार्यशालामा सहभागी हुन शुक्रबार पहिलोपटक प्रजिअ युवराज मैनाली र प्रनाउ समीरचन्द्र खरेल सहितको टोली ...
  • पर्यटकलाई लोकल माछा र स्थानीय उत्पादनको स्वागत ! Jun 6, 2017 Arthatantratrout-Fish-in-Nepal
    तेह्रथुम। तेह्रथुममा पर्यटकलाई लक्षित गरी फेदाप गाउँपालिका–२ ओयाक्जुङमा अत्याधुनिक सेवा सुविधासहितको साङ्ग्रिला रिसोर्ट सञ्चालनमा आएको छ। प्राकृतिक मनोरम वातावरणमा खोलाको ताजा माछाको परिकार, स्थानीय उत्पादन र परम्परागत खाना, पौडी पोखरीलगायतका सुविधा रहेको छ। करिब एक करोडको लागतमा खुलेको रिसोर्टमा आउनेको सङ्ख्या दैनिक बढ्दै गएको छ। अर्गानिक स्थानीय उत्पादनको प्रवर्द्धन र पर्यटन विकासमा समेत टेवा पुर्याउने उदेश्यले रिसोर्ट सञ्चालन गरिएको सञ्चालक दुर्गाबहादुर ...
  • इन्टरनेटको राजधानीमा पर्यटकलाइ राहत Jun 5, 2017 Arthatantratourist
    म्याग्दी । निलगिरि हिमालको काखमा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्र खयरबराहमा करिब रु एक करोडको लागतमा धमाधम पूर्वाधार विस्तारको काम भइरहेको छ । स्वदेश तथा प्रवासमा रहेका स्थानीय पाउद्वार र शिखका युवाले आर्थिक सङ्कलन गरी रु ९८ लाख ८६ हजारको लागतमा पूर्वाधार निर्माण कार्य भइरहेको स्थानीय क्या राजु पुनले जानकारी दिए । पुनका अनुसार स्थानीयवासीको सक्रियतामा खानेपानी, शौचालयसहित देशका ...
  • पर्यटनबाट करिब रु ४२ अर्ब आम्दानी Jun 4, 2017 ArthatantraTourist in chitwan
    काठमाडौ। मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट गत आर्थिक वर्ष करिब रु ४२ अर्ब आम्दानी भएको छ । सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार आव २०७२/७३ मा पर्यटन क्षेत्रबाट रु ४१ अर्ब ७६ करोड ५० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको छ । यो आर्जन विदेशी मुद्राको अनुपातमा ५५ लशमलव आठ प्रतिशत, कुल वस्तु निर्यात तथा सेवाबाट ...
  • आरोही फर्किएपछि सगरमाथा आधारशिविर सुनसान Jun 3, 2017 Arthatantramount everest
    सोलुखुम्बु । हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेपछि अहिले सगरमाथा आधारशिविर सुनसान देखिएको छ । सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेकाले सगरमाथा आधारशिविर अहिले सुनसान देखिएको हो । आरोहणको मुख्य मौसम (चैतको दोस्रो हप्तादेखि जेठको दोस्रो हप्तासम्म)यो आधारशिविर हजारौँ आरोहीले भरिएका हुन्छन् । अहिले त्यहाँ सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका फोहर सङ्कलन गर्ने कर्मचारी र अन्य एकाध मजदुर मात्र ...
  • राष्ट्रपतिद्वारा हिमालयन ट्राभल मार्टको शुभारम्भ Jun 3, 2017 Arthatantrahimalayan travel mart 2017
    काठमाडौँ । पर्यटकका लागि नेपाल हिमालको प्रवेशद्वार हो भन्ने सन्देश विश्व पर्यटन बजारमा प्रवाह गर्ने उद्देश्यले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ‘हिमालयन ट्राभल मार्ट २०१७’ सम्मेलन सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल गेट वे टु दी हिमालय’ भन्ने मूल नाराका साथ आयोजित उक्त सम्मेलनको आज यहाँ आयोजित एक समारोहमा शुभारम्भ गरिन् । सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको पर्यटनलाई विश्वसामु प्रवद्र्धन ...
  • अन्नपूर्ण हिमालको आरोहण दिवस मनाइँदै Jun 2, 2017 Arthatantraannapurna climbing
    पोखरा । पर्यटकीय नगरी पोखरालाई विश्वव्यापीरुपमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको अन्नपूर्ण हिमालको आरोहण दिवस शनिबार विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालका रुपमा अन्नपूर्ण प्रथमलाई लिइने र सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मोरिस हर्जोेगले सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो । अन्नपूर्ण हिमाल आरोहण गर्न आएको टोलीको चहलपहलसँगै ...
  • सगरमाथामा अक्सिजन चोरको बिगबिगी,आरोही जोखिममा ! May 31, 2017 Arthatantramount everest
    सोलुखुम्बु । अक्सिजनका सिलिन्डर चोरिएर सगरमाथा आरोहीलाई हैरानी बेहोर्नुपरेको घटनामा वृद्धि हुन थालेको छ । उचाइमा जाँदा खुल्लारुपमा पाइने अक्सिजन घट्दै जाने भएकाले अतिरिक्त अक्सिजन प्रयोगका लागि आरोहीहरुले अक्सिजनका सिलिन्डर लगेका हुन्छन्, केही बेर अक्सिजन नपाएमा छटपटिएर मर्नुपर्ने त्यो ठाउँमा अक्सिजनका सिलिन्डर नै चोरी हुँदा कतिको ज्यानै जोखिममा पर्ने गरेको छ । विदेशी पर्वतारोही र शेर्पाहरुले सगरमाथाका उच्च शिविरमा दिन प्रतिदिन ...
  • पर्यटन व्यवसायी बीके श्रेष्ठको निधन ! May 30, 2017 ArthatantraBK-Shrestha
    काठमाडौ। पर्यटन व्यवसायी एवं पाँचतारे होटल र्याडिसनका प्रवन्ध निर्देशक बीके श्रेष्ठको मंगलबार विहान निधन भएको छ । केही समय अघिदेखि जिब्रोका क्यान्सरबाट ग्रसित श्रेष्ठको आज विहान आफ्नै निवासमा निधन भएको हो । हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल ललितपुरमा उपचाररत श्रेष्ठलाई हिजो मात्र निवासमा ल्याइएको थियो । १९७० को दशकबाट हिमालयन ट्राभल मार्फत पर्यटन क्षेत्रमा लागेका श्रेष्ठले दुई दशक अघि र्याडिसन होटल सुरु गरेका ...
  • अन्तर्राष्ट्रिय आरोही सम्मानित May 30, 2017 ArthatantraMount everest
    काठमाडौँ । अन्तर्राष्ट्रिय सगरमाथा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन सगरमाथाको सफल आरोहण गरेपछि यस घटनाले अन्तर्राष्ट्रिय रुपमा चर्चा पायो । नेपालमा भने सन् २००८ देखि यो दिवस मनाउन सुरु गरिएको हो । सगरमाथा आरोहणको आज ६४ वर्ष पुगेको छ । दसौैँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका ...