Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
पर्यटन
  • आज सगरमाथा दिवस,पाँच हजारभन्दा बढी आरोही सगरमाथा शिखरमा May 29, 2017 Arthatantramount everest
    काठमाडौ । विश्वको सर्वोच्च चुचुरो सगरमाथा (८ हजार ८४८ मिटर अग्लो)मा मानव पाइला पुगेको सोमबार ६४ वर्ष पुगेको छ। न्युजिल्यान्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले २९ मे १९५३ मा पहिलोपटक सगरमाथाको चुचुरो टेकेका थिए। त्यसपछि आरम्भ भएको आरोहण यात्राका दौरान अहिलेसम्म ५ हजारभन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार डिसेम्बर २०१४ ...
  • भैरहवामा अवैध क्यासिनो धन्दा ! May 28, 2017 Arthatantracasino bhw (1)
    भैरहवा । भैरहवामा एउटा मात्र क्यासिनो सन्चालन गर्नेगरी अनुमति पत्र (लाइसेन्स) लिएको हयाप्पी आवर प्रा.लिले २ वटा सन्चालन गरिरहेको छ । हयाप्पी आवरले आफै होटल लाकौंल र होटल नान्समा रुपा इन्टरनेशनल मार्फत क्यासिनो सन्चालनमा छन् । जबकी हयाप्पी आवरले नेपालमा जम्मा जम्मी ४ ठाउमा क्यासिनो सन्चालन गर्ने अनुमति प्राप्त गरेको छ । जसमध्ये झापा, नेपालगन्ज र महेन्द्रनगरमा पहिलेदेखी सन्चालनमा छन् ...
  • गोमा एयरको विमान दुर्घटना छानविन गर्न ५ सदस्यीय आयोग गठन May 28, 2017 Arthatantragomaair-crash
    काठमाडौ। सोलुखुम्बुको तेन्जिङ् हिलारी लुक्ला विमानस्थलमा शनिबार भएको विमान दुर्घटनाको छानविन गर्न आयोग गठन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको अध्यक्षतामा ५ सदस्यीय गठन गरिएको हो । छानविन आयोगको सदस्यहरुमा सैनिक हवाई महानिर्देशनालयका क्याप्टेन, महासेनानी आशिष नरसिंह राणा, तारा एयर प्रा.लीं का बरिष्ट क्याप्टेन बोधराज निरौला, मनाङ् एयर प्रा.ली.का बरिष्ट ईन्जिनियर दिगम्बर राजभण्डारी र संस्कृति पर्यटन ...
  • सगरमाथा आधार शिवर जाने क्रममा सिंगापुरकी पदयात्रीको निधन May 26, 2017 ArthatantraMount everest
    काठमाडौ । सर्वोच्च शिखर सगरमाथाको आधार शिविर जाने क्रममा सिंगापुरकी पदयात्री वाङ कुम लिङ मेइको शुक्रबार निधन भएको छ । ४७ बर्षीया वाङ कुमको पाँच हजार एक सय मिटरको उचाईमा रहेको लवुचेमा चिसोका कारण निधन भएको हो । उनी बुधवारदेखि विरामी परेकी थिईन् । पर्यटक प्रहरी अनुसन्धान शाखाका प्रमुख दिनेश थापाका अनुसार लाङटाङ रिट्रेक कम्पनीबाट पदयात्रामा गएकी वाङ कुमको शुक्रबार बिहान ...
  • ‘आणविक अस्त्रको निश्तेज गरौँ’ भन्ने नाराका साथ शेर्माद्धारा सफल सगरमाथ… May 25, 2017 Arthatantrashusil sherma
    काठमाडौं । विश्व शान्तिको कामना गर्दै ‘आणविक अस्त्रको निश्तेज गरौँ’ भन्ने मुल नाराकासाथ शुुशिल शेर्माले सफल सगरमाथा आरोहण गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा सुशिल शेर्मा सगरमाथ ओरोहण सहयोग समितिले पत्रकार सम्मेलन गरेर नेपाली समय अनुसार शुशिल शेर्माले यही जेठ ५ गते बिहान ८ः ५३ बजे सगरमाथाको टाकुरामा नेपाली झण्डा फहराएर विश्व शान्तिको लागि आणविक हतियार र अस्त्र शस्त्रको अन्त्यको ...
  • नेपाली पर्यटन प्रोडक्टलाई बिश्व बजारमा आधुनिक शैलीमा बेच्ने यो शैली… May 25, 2017 Arthatantrahimalayan mart
    काठमाडौ । जुन १ देखि ४ सम्म राजधानी काठमाडौंमा आयोजना हुन गइरहेको हिमालयन ट्राभल मार्टमा सहभागीहरु आउने क्रम शुरु भएको छ । बिभिन्न देशबाट करीब १ सय जना सहभागिहरुको आगमन भइसकेको छ । मार्टमा बेलायत,अमेरिका,भारत,दक्षिण अमेरकिा,चीन, सिगापुर,श्रीलंका,कोरिया लगायत देशरुबाट सहभागी रहेका छन् । ब्लगरहरु, क्रेताहरु,बिक्रेताहरु नेपालको कला,संस्कृति,प्राकृतिक सुन्दरताको अबलोकन गर्न पनौती,चितवन,पोखरा,लुम्बिनी भ्रमणमा निस्की सकेका छन् । बिभिन्न देशबाट मार्टमा सहभागिरुको आगमनसँगै हिमालयन ...
  • प्रदेश नं. २ को पर्यटकीय बिकासमा एमाले May 24, 2017 ArthatantraNNETA terai madhesh
    काठमाडौँ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले देशको आर्थिक समृद्धिका लागि पर्यटनको विकासमा जोड दिनुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठन प्रदेश नम्बर २ ले आज काठमाडौंमा आयोजना गरेको ‘तराई–मधेसमा पर्यटन विकास र प्रवद्र्धन’ विषयक अन्तक्र्रिया कार्यक्रममा पोखरेलले पर्यटनको विकास गर्न सके देशको मुहार नै फेर्न सकिने धारणा राखे । “जनकपुर, गढीमाई, सिम्रौनजस्ता तराईमा पर्यटकीय सम्भावना भएका क्षेत्र छन्”– उनले ...
  • सगरमाथामा दलाई लामाको झण्डा फहराउने को ? May 24, 2017 ArthatantraMount everest
    काठमाडौ। एक हिमाल आरोहीले आइतबार विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा दलाई लामाको झण्डा फर्फराएर फर्किएका छन् । एक चीन नीतिप्रति प्रतिवद्ध रहेको नेपालमा भएको यस्तो गैरकानूनी कार्यबारे नेपाल सरकारले छानविन सुरु गरेको छ । भारतमा निर्वासित तिब्बतीयन धर्म गुरु दलाई लामाका समर्थकले सगरमाथाको चुचुरोमा पुगेर झण्डा फर्फराएको रिर्पोट नेपाल सरकारको सम्वन्धित निकायहरुमा पुगेको छ । तर, दलाई लामाको झण्डा फरफराउने व्यक्ति ...
  • सामुदायिक वनबाट पच्चीस लाख घरधुरी लाभान्वित, के के छन् फाइदा ? May 24, 2017 ArthatantraWomen carrying wood from community forests that are managed by Community Forest Co-ordination Committees (CFCC). The CFCC's were established with the help of WWF in order to allow communities to manage their forests sustainably. Thagugwara area, Royal Bardia National Park, Western Terai, Nepal.
    काठमाडौँ । सामुदायिक वनको प्रयोगबाट २५ लाख घरधुरी लाभान्वित भएका छन् । वन विभागले दिएको जानकारीअनुसार देशभरका २४ लाख ६१ हजार ५४९ घरधुरी लाभान्वित भएका हुन् । विभागका अनुसार एक करोड १८ लाख ४४ हजार जनताले सामुदायिक वनको प्रयोग गरेका छन् । विभागका सामुदायिक वन महाशाखा प्रमुख अनुज शर्माले देशभर १८ लाख १३ हजार ४७८ हेक्टर क्षेत्रफलमा सामुदायिक वन रहेको जानकारी ...
  • म्यानमारका पर्यटन व्यवसायी पोखरामा May 23, 2017 Arthatantramyanmar tourist in pokhara
    पोखरा । पोखराको पर्यटकीय गतिविधिबारे जानकारी लिन म्यानमारका पर्यटन व्यवसायीका टोलीले पोखराका पर्यटकीय स्थलको अवलोकन गरेको छ । नेपाल पर्यटन बोर्ड र हिमालयन एयरलाइन्सको संयुक्त प्रयासमा म्यानमारका पर्यटन व्यवसायी थिन थिन सिन्ट नेतृत्वको टोलीले काठमाडौंको भ्रमण सकेर आइतबार पोखरा आएको हो । म्यानमारबाट नेपालमा पर्यटकको आगमन बढाउने उद्देश्यका साथ नेपालको काठमाडौं, पोखरा र लुम्बिनी क्षेत्रका पर्यटकीय गतिविधि अध्ययन गर्न आएका सो टोली ...