Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
पर्यटन
  • यो वर्ष सगरमाथा चढ्न अनुमति लिनेको भीड Apr 16, 2017 ArthatantraMount everest
    सोलुखुम्बु। सगरमाथाका आरोहणका लागि यो वर्ष अनुमति लिने आरोहीको सङ्ख्या अत्याधिक रहेको छ। सगरमाथाको आधार शिविर पुग्न थालिसकेका आरोही करिब एक महिना त्यहाँ बिताएर यही वैशाखको पाँचौ हप्ता मौसम अनुकूल हेरेर सगरमाथा चढ्छन् । मौसम राम्रो भएकै बेला सबै आरोही दोस्रो, तेस्रो वा चौथो शिविरबाट शिखरतर्फ जाने भएकाले चौथो शिविरदेखि शिखिरसम्मका विभिन्न स्थानमा ट्राफिक जाम हुने जोखिम हुन्छ । सगरमाथा आरोहणका लागि ...
  • राजधानीको चन्द्रगिरिमा पहिलो पटक एकै ठाउँमा मान्छे र गोरु जुधे Apr 15, 2017 Arthatantrachandragiri mahotsab (26)
    हरिशरण न्यौपाने,काठमाडौ । राजधानीको चन्द्रगिरिमा संचालित प्रथम चन्द्रागिरी महोत्सवमा पहिलो पटक एकै ठाउँमा हजारौं व्यक्तिहरुको उपस्थितिमा गोरु जुधाई कार्यक्रम भएको छ । नयाँ वर्ष २०७४ को अवसरमा राजधानीको गुर्जुधारा चोकमा रहेको बलम्बु चौरमा आयोजित कार्यक्रममा गोरु जुधाई गरिएको हो । यो गोरु जुधाई राजधानीमा पहिलोपटक आयोजना गरिएको हो । चन्द्रागिरि नगरपालिका र बलामी फिल्म इन्टरटेन्मेन्टको संयुक्त रुपमा आयोजित महोत्सव बैशाख ६ ...
  • पर्यटनका लागि वर्ष– २०७३ उत्साहपूर्ण,हेर्नुहोस के के भए ? Apr 14, 2017 ArthatantraTourist in nepal 1
    काठमाडौ। भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन क्षेत्र २०७३ का लागि उत्साहपूर्ण रहयो । वर्षको सुरुवातमै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणमा देखिएको उत्साहले नेपालको पर्यटनबारे विश्व बजारमा सकारात्मक सन्देश पुग्यो । पर्यटन विभागको विवरण अनुसार ९वैशाख २९ बाट सुरु भएको० २०७३ को वसन्त ऋतुमा चार सय बढीले सगरमाथा आरोहण गरेका थिए । त्यस्तै अन्नपूर्ण, मनास्लु, मकालुलगायत हिमालको १०० जनाले सफल आरोहण ...
  • नागार्जुन नगरपालिकाको मेयरमा पर्यटन ब्यबसायी खत्रीको उम्मेद्वारी ! Apr 13, 2017 Arthatantrakrishnahari khatri
    काठमाडौं । स्थानीय तह निर्वाचनमा पर्यटन व्यवासायी कृष्णहरि खत्री नागार्जुन नगरपालिकाबाट मेयर पदका दावेदार बनेका छन् ।स्थानीयस्तरमा लोकप्रिय रहेका खत्री नेकपा एमालेको तर्फबाट मेयर पदको उममेद्वार बन्ने तयारीमा जुटेका हुन् । नागार्जुन १० का स्थायी बासिन्दा खत्री नेकपा एमाले केन्द्रीय पर्यटन विभागका सदस्य समेत हुन् । उनी २०५४ सालको स्थानीय निकाय निर्वाचनमा साविकको स्युचाटार गाविस अध्यक्षमा नेकपा एमालेका तर्फबाट प्रत्यासी थिए । खत्री स्युचाटार ...
  • रारा तालमा खिचियो हिटलरको गीत (हेर्नुहोस् भिडियो) Apr 13, 2017 Arthatantrahitler
    काठमाडौ । जेठ १२ मा रिलीज हुने नेपाली फिल्म हिटलरको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । गीतमा रारा तालका मनोरम दृश्य छन् । राराका दृश्यले गीतलाई उत्कृष्ट बनाउन मद्दत पुगेको छ । खुशीहरु बढ्दै जान्छ बोलको गीतमा मुख्य कलाकार सोहित मानन्धर र समिया बर्तौलालाई फिचरिङ गरिएको छ । सनुप पौडेल र आकांक्षा बस्यालाको स्वर रहेको गीतमा नरेश भट्टराइको शब्द, लोचन घिमिरेको ...
  • भक्तपुर मेलामा छ करोडको कारोवार Apr 12, 2017 Arthatantramela 1 - Copy
    भक्तपुर । भक्तपुरमा चैत्र २२ गतेदेखी शुरु भएको औद्योगिक, साँस्कृतिक तथा व्यापार मेलाको नौ दिनमा छ करोडको कारोवार भएको छ । उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले बैशाख २ गतेसम्म चल्ने मेलाको नवौं दिनमा छ करोडको कारोवार भएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए । मेलामा बिक्री गरिने सामानहरुमा २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने ब्यवस्था ...
  • ट्राभल नेपालले ल्यायो रेष्टुरेण्ट र शौचालयको सुविधा भएको बस Apr 12, 2017 Arthatantratourist bus in nepal
    काठमाण्डौं । ट्राभल नेपाल बस सर्भिसले नेपाली तथा विदेशी पर्यटकलाई लक्षित गर्दै काठमाडौंदेखि पोखरा तथा लुम्बिनीसम्म अत्याधुनिक बस सेवा संचालनमा ल्याएको छ। ‘उमङ्गको अनुभुति’ भन्ने नाराका साथ आरामदायी र एयर कण्डिसनयुक्त नयाँ पर्यटक बसहरुको सेवा सञ्चालन शुभारम्भ गरिएको कम्पनीले जनाएको छ। सत्ताइस सिट क्षमता भएको उक्त बस चढ्नेले काठमाडौँ–पोखराका लागि १७ अमेरिकन डलर र काठमाडौँ–लुम्बिनीका लागि २५ अमेरिकन डलर भाडा तिर्नुपर्ने छ। यात्रुको ...
  • पोखरामा आजबाट सुरु भयो फेवा महोत्सव, नयाँ वर्षको अवसरमा जाने हैन त ? Apr 11, 2017 ArthatantraPokhara boating Taal Barahi
    कास्की । नेपाली नयाँ बर्षको स्वागतार्थ पोखरामा आज मंगलबारदेखि फेवा नव बर्ष महोत्सव सुरु भएको छ । यो महोत्सवको आयोजना पश्चिमाञ्चल होटल संघले गरेको हो । आजबाट बैशाख २ गतेसम्म फेवा किनारको कोमागाने पार्कमा महोत्सव हुनेछ । महोत्सवको उदघाटन होटल एशोसियसन अफ नेपालका केन्द्रीय अध्यक्ष अमरमान शाक्यले गर्नेछन् भने त्यसअघि झाँकीसहितको र्‍याली निकालिनेछ । खहरेचोकदेखी शुरु हुने र्‍याली हल्लनचोक, बराहीचोक हुँदै ...
  • अमेरिकामा नेपाल शो Apr 9, 2017 Arthatantranepal_show
    काठमाडौ । अमेरिकाको टेक्सस राज्यको फोर्ट वर्थमा ३ हप्ते नेपाल शो २०१७ शुरु भएको छ । प्रदर्शनीमा नेपालमा २ बर्ष अघि गएको भूकम्प प्रभावित कलाकारहरुले तयार गरेका चित्रकला, हस्तकला तथा फोटो समावेश गरिएका छन् । रोटरी फाउन्डेसनका प्रमुख पावल लुकास, फोर्ट वर्थ कला काउन्सिल प्रमुख केरीन विले, स्टोरी साइकल अमेरीकाका निर्देशक राम सिं पोखरेल, फोर्ट वर्थ कला केन्द्रका निर्देशक मार्ला वन ...
  • नेपाल वायुसेवा निमग र एएआरबीच २ नयाँ एयरबस खरिद सम्झौता ! Apr 7, 2017 Arthatantranepal airlines
    काठमाडौ। नेपाल वायुसेवा निगमले अमेरिकन कम्पनी एएआर कर्पोरेसनसँग दुईवटा वाइडवडी जहाज खरीद सम्झौता गरेको छ। निगमका तर्फबाट महाप्रवन्धक सुगतरत्न कंसाकार र एएआरका अन्तर्राष्ट्रिय सप्लार्इ चेन प्रेसिडेन्ट दीपक शर्माले जहाज खरीद सम्झौंतामा हस्ताक्षर गरेका छन्। मन्त्रालय,निगम संचालक समिति र व्यवस्थापनको लामो छलफलपछि सम्झौंतापत्रको बुँदा तयार पारि शुक्रबार हस्ताक्षर भएको बताईएको छ । सम्झौता अनुसार एएआरले एयरवस कम्पनीको ए ३३०–२२० सिरिजका दुर्इवटा वाइडबडी ...