Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
पर्यटन
  • नेपाली पयर्टन क्षेत्रमा नयाँ पदमार्गको पहिचान : धौलागिरी स्यान्चुरी ट्… Jan 6, 2017 Arthatantradhaulagiri sancturay trek trail launch
    काठमाण्डौं । नेपाली पर्यटनको क्षेत्रमा एउटा नयाँ पदमार्गको पहिचान भएकोछ । धौलागिरी हिमाल प्रथमको दक्षिणी आधार शिविरसम्म पुग्ने यो नयाँ पदमार्ग म्याग्दी जिल्लाको हो । धौलागिरी स्यान्चुरी ट्रेक नाम दिइएको यो पदमार्गको हिजो एक कार्यक्रमका बीचमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीन बहादुर श्रेष्ठले उद्घाटन गरेका छन् । शिकारी, गोठाला र यार्सागुम्बा टिप्न जानेहरुले हिँड्ने गोरेटो पच्छ्याउँदै नयाँ पदमार्ग अध्ययन गरिएको अध्येता ...
  • लाङटाङ, २०१७ मा घुम्नै पर्ने ठाउँ : न्यूयोर्क टाइम्स Jan 5, 2017 Arthatantralangtang
    काठमाण्डौं । अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले सन् २०१७ मा घुम्नु पर्ने ५२ ठाउँमा नेपालको लाङटाङ क्षेत्रलाई पनि समावेश गरेको छ। संसारका ५२ पर्यटकीय ठाउँमा लाङटाङ पनि समावेश भएको हो। पत्रिकाले नेपाली पर्यटनलाई प्रवद्र्धन गर्न अहिले लाङटाङमा १५ दिनको तामाङ हेरिटेज ट्रेल ट्रेकिङ गर्न सकिने बताएको छ। ‘लाङटाङ राष्ट्रिय निकुञ्जमा खोलिएको तामाङ हेरिटेज पदमार्गबाट जाँदा तामाङहरु जो पहिला तिब्बती घोडा व्यापारी थिए, उनीहरुसँग ...
  • दामनमा दङ्गः हिउँ परेपछि रमाउने आन्तरिक पर्यटकको भीड Jan 3, 2017 ArthatantralxpFdf /dfpFb} ko{6s 
dsjfgk'/sf] bfdgdf k/]sf] lxpFdf /dfpFb} cfGtl/s ko{6s . tl:a/ M gf/fo0f 9'+ufgf, /f;;
    मकवानपुर । बिहान सूर्योदयका बेला दामन सिमभञ्याङमा हिउँमा रमाउँदै टन्नै भेटिए । स्थानीयबासीहरु सहित आन्तरिक पर्यटकहरु हिँउ खेलिरहेका थिए । हिउँसँगै हिमालका अग्ला चुचुराको मनोरम दृष्यले अझै उनीहरुलाइ दङ्ग पारिदिएको थियो । उनीहरुको मनलाई लोभ्याईदियो । कोहि सेल्फी लिईरहेका थिए त कोहि भ्यूटावरबाट दृष्यावलोकन गरिरहेका भेटिन्थे । सुन्दर डाँडाकाँडा र प्राकृतिक मनोरम दृश्यले मनमोहक दामन र सिमभञ्याङ क्षेत्रले जो कोही पर्यटकलाई लालायित ...
  • सन् २०१७ मा २५ लाख विदेशी पर्यटक भित्र्याउने योजना Jan 3, 2017 ArthatantraTourist in nepal
    काठमाण्डौं । श्रीलङ्काले सन् २०१७ मा २५ लाख विदेशी पर्यटकलाई स्वागत गर्ने लक्ष्यसहित पर्यटकीय क्षेत्रको सुरधाका कार्यक्रम हिजो सोमबार सार्वजनिक गरेको छ । सन् २०१६ मा २० लाख पर्यटक भित्र्याउन सफल भएको जानकारी गराउँदै श्रीलङ्काली पर्यटनमन्त्री जोन अमरातुङ्गाले सन् २०१७ को अन्त्यसम्म २५ लाख विदेशी पाहुनालाई स्वागत गरिने जानकारी दिए । सन् २०१६ मा श्रीलङ्का आउने अधिकांश पर्यटक अर्थात १८ लाख पर्यटक ...
  • २०१७ मा घुम्नैपर्ने विश्वको पाँचौं उत्कृष्ट गन्तव्यमा नेपाल, हेर्नुहोस… Jan 3, 2017 ArthatantraNepal photo
    काठमाण्डौं ।  विश्वको प्रख्यात पर्यटन गाइड लोन्ली प्लानेटले सन् २०१७ मा घुम्नुपर्ने उत्कृष्ट पाँच गन्तव्यमा नेपाललाई समावेश गर्दै नेपालमा घुम्नुपर्ने १० वटा गन्तव्य सर्वाजनिक गरेको छ । यो लिष्टमा पहिलोपटक म्याग्दीको पर्यटकीयस्थल पुनहिल समावेश गरेको छ । सन् २०१७ मा घुम्नु पर्ने विश्वका पाँचौं उत्कृष्ट गन्तव्यमा नेपाल परेपछि नेपालभित्रका १० वटा गन्तव्यमा घार गाविसअन्तर्गत पर्ने घोरेपानी तथा पुनहिलमा एकपटक पुग्नैपर्ने भनी ...
  • चन्द्रागिरिको निशुल्क बस सेवा शुभारम्भ (रुट सहित) Jan 2, 2017 Arthatantrachandragiri bus 1
    काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले सञ्चालनमा ल्याएको केवलकारसम्म पुग्न र फर्कन सहजता ल्याउन व्यवस्थापनले उपत्यकाको विभिन्न ठाउँबाट निःशुल्क बस सेवा प्रारम्भ गरेको छ । आइतबार कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले थानकोटस्थित चन्द्रागिरि हिल्स लिमिटेडको परिसरमा निशुल्क बस सेवाको शुभारम्भ गरेका हुन् । निःशुल्क बस सेवाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा चन्द्रागिरि घुम्न आउने पर्यटकहरुलाई ...
  • दिनभर खुलेन टानको आधिकारिक वेबसाइट, कस्ले गर्यो ह्याक ? Jan 1, 2017 Arthatantratrekking agency association of nepal logo
    काठमाडौं । ट्रेकिङ एजेन्सी एसोसियसन् अफ नेपाल (TAAN) को आधिकारीक वेवसाइट भएको छ । आइतबार बिहानदेखि यो साइट खुलेको छैन । साइट नखुल्दा पर्यटक र व्यवसायीहरुले टानको साइटमा राखिएको सूचना एवं जानकारी लिन सकेका छैनन् । ट्रेकिङ व्यवसायीहरुको छाता सङ्गठन टानले आफ्नोबारेमा विभिन्न जानकारीहरु वेबसाइटमार्फत बाड्दै आएको थियो । साइट ह्यक भएको विषयमा टानका अध्यक्ष चन्द्र रिजालले भने ‘ह्याक भएपछि हाम्रो बारेमा वेबसाइटबाट जानकारी ...
  • चन्द्रागिरी डाँडामा हिउँ पर्यो, काठमाण्डौंमा वर्षकै सबैभन्दा बढी चिसो Jan 1, 2017 Arthatantraphoto snowfall
    काठमाण्डौं। काठमाण्डौँको चन्द्रागिरी डाँडामा हिउँ परेको छ। चन्द्रागिरी डाँडा, भालेश्वर मन्दिर, केबल कारको टप स्टेसन लगायतका स्थानमा आइतबार दिउँसो हिउँ परिरहेको चन्द्रागिरी केबलकारका सञ्चालक अम्बिका पौडेलले जानकारी दिए । भारतको जम्मु काश्मिर हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ। शनिबार भारत हुँदै सुदूर पश्चिमबाट नेपाल छिरेको पश्चिमी वायुको प्रभावले हिमाली भेगमा हिमपात भएको छ भने पहाडी क्षेत्रमा ...
  • नेपाल भ्रमण वर्ष युरोप २०१७ सुरु, ४० प्रतिशतसम्म पर्यटकको बृद्धि गरिने Jan 1, 2017 ArthatantraNepal-Tourism-Board
    काठमाण्डौं । नेपाल पर्यटन बोर्डले नेपाली पर्यटकिय गन्तव्यको युरोपमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ ‘नेपाल भ्रमण वर्ष युरोप २०१७’ अभियानको सुरुवात गरेको छ । बोर्डको १८ औं वार्षिकोत्सवको अवसरमा युरोपमा रहेका गैरआवासिय नेपाली, तथा विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा उक्त अभियानको थालनी गरिएको हो। सन् २०१८ को लागि घोषणा गरिएको नेपाल भ्रमण वर्षको पूर्वअभ्यासका रुपमा पनि यो अभियान सुरु गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत९सिइओ० ...
  • नाङ्गै तातोपानीमा नुहाउने जापानी ओफुरो ठमेलमा पर्यटकमाझ लोकप्रिय Dec 31, 2016 ArthatantraOfuro in thamel
    काठमाडौं । ‘ओफुरो’ जापानी नाम हो । तातोपानीको आहाल वा पोखरीमा नुहाउने कार्यलाई जापानमा ‘ओफुरो पस्ने’ भनिन्छ । नेपालमा पनि अब यदाकदा ओफुरोको नामहरु सुनिन थालिएको छ । नेपालको सबै भन्दा बढी पर्यटक आउ/जाउ हुने ठमेलमा यो सेवा उपलब्ध छ । तातो पानीमा नुहाउने चलन परापूर्वकालदेखि नै सुरु भएको हो । चट्टानहरुबाट निस्केको तातोपानीले नुहायो भने विभिन्न खालका चर्म रोगहरु निको ...